04/04/2024
नेपाली केन्द्रीय विभाग यस विषयको अक्सफोर्ड - प्रिन्सिपल
नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा सञ्चालित दर्शनाचार्य (एमफिल) कार्यक्रमको १५ औँ संस्करणको विद्यार्थी अभिमुखीकरण कार्यक्रम विभागीय प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा आज त्रिभुवन विश्वविद्याल स्थिति घडी भवनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्राचार्य प्रा.डा. ध्यानेन्द्रबहादुर राईले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै भन्नुभयो 'नेपाली विषयको अक्सफोर्ड-क्यामरिज जे भने पनि नेपाली केन्द्रीय विभाग रहेकाले तपाईँहरूले यसलाई अवसरको रूपमा लिनुहोस्।"
बरिष्ठ प्राध्यापक तथा पूर्वविभागीय प्रमुख प्रा.डा. देवीप्रसाद गौतमले पाठ्यक्रमको उद्देश्य र समग्र रूपरेखाको बारेमा प्रकाश पार्दै दर्शनाचार्यको पाठ्यक्रम सूचनामूलक नभएर संज्ञानात्मक रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी प्राध्यापकका तर्फबाट बरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले विद्यार्थीहरूलाई स्वागत गर्दै प्राध्यापक ज्ञान बाँड्ने साधन नभएर सहजकर्ता सेतुमात्र रहेको कुरा बताउनु भयो ।
सहप्रा.डा. रजनी ढकालले स्वागत गर्नुभएको यस कार्यक्रमको सञ्चालन प्रा.डा. नारायणप्रसाद गड्तौलाले गर्नु भएको थियो । यस कार्यक्रममा प्रा.डा. महादेव अवस्थी, सहप्रा.डा. कृष्णप्रसाद भण्डारी (मुमुक्क्षु), सहप्रा.डा. नेत्रमणि दुवेदी (एटम), सहप्रा.डा. दुर्गाबहादुर घर्ती, उपप्रा.डा. लेखराज खतिवडा, उपप्रा.डा. अशोक थापा र उपप्रा.डा. बालाकृष्ण अधिकारीको उपस्थिति रहनाका साथै विभागीय कर्मचारी महेश तिवारी, सन्तोषकुमार यादव, निलुफर बञ्जरा, मोहनबहादुर कार्की र दिलबहादुर लामाको उपस्थिति रहेको थियो ।
बाईस जना नवआगन्तुक विद्यार्थी उपस्थिति उक्त कार्यक्रममा छात्र-छात्राले आआफ्नो परिचय र कार्यरत क्षेत्रका बारेमा बताएका थिए । वि.स. २०६६ देखि विभागमा दर्शनाचार्य कार्यक्रम सञ्चालनमा आएको थियो । उक्त कार्यक्रममा सेवारत तथा सेवानिवृत्त वरिष्ठ प्राध्यापकदेखि सहप्राध्यापक र उपप्राध्यापको सहभागी रहेको छ । उप-प्राध्यापकत्रय खतिवडा, थापा र अधिकारी यस कार्यक्रममा नवप्रवेशी शिक्षक हुन् ।
स्रोतः https://cdn.tu.edu.np/news/429
18/09/2023
13/09/2023
31/08/2019
26/03/2018
06/09/2014