कृषि ज्ञान - Krishi gayan

कृषि ज्ञान - Krishi gayan

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कृषि ज्ञान - Krishi gayan, Education, Motichowk-8 Dhangadhi kailali Nepal, .

30/03/2026

जडिबुटी उत्पादन र प्रसोधन ; सम्भावनाको उच्च बिन्दुको उधोग

बुझ्नको लागी भारतको जडिबुटी उधोग र अबसरबाट सुरु गरौं ।

१. भारतको जडिबुटी बजारको शक्ति र सफलता

​भारत अहिले विश्वकै दोस्रो ठुलो जडिबुटी उत्पादक देश हो । यसको सफलताका केही मुख्य पक्षहरू यस्ता छन्:

​विशाल खेती र उत्पादन:

भारतमा करिब ६.५ लाख हेक्टर जमिनमा जडिबुटी खेती हुन्छ। यसले गर्दा भारतले वार्षिक झन्डै ६ खर्ब ६० अर्ब नेपाली रुपैयाँ बराबरको कारोबार गर्छ।

​निर्यात र आम्दानी:

भारतले वार्षिक ५,००० करोड भारु भन्दा बढीको जडिबुटी विदेश निर्यात गर्छ।

​रोजगारीको अवसर:

यो क्षेत्रले भारतमा झन्डै ५० लाख मानिसहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिएको छ।

​सञ्चालकको हैसियत:

जडिबुटीकै जगमा उभिएका पतञ्जली जस्ता कम्पनीका मालिकहरू आज विश्वका डलर अर्बपतिहरूको सूचीमा छन्। यसले जडिबुटी खेतीमा कति धेरै आर्थिक शक्ति छ भन्ने कुरा प्रमाणित गर्छ।

​२. नेपाल र भारतको भूगोल र उत्पादनमा फरक

​भारत र नेपालको भूगोल फरक भएकाले हामीले उनीहरूसँग प्रतिस्पर्धा होइन, आफ्नो "विशेषता" मा जोड दिनुपर्छ:

​भारतको विशेषता:

भारतमा धेरैजसो खेती गर्मी ठाउँमा हुने जडिबुटी (जस्तै: अश्वगन्धा, तुलसी, एलोभेरा) को हुन्छ। उनीहरूले धेरै मात्रामा उत्पादन गरेर सस्तोमा बेच्छन्।

​नेपालको विशेषता:

नेपालको पहाड र हिमालमा पाइने जडिबुटी (जस्तै: यार्सागुम्बा, चिराइतो, सतुवा, पाँचऔँले) संसारमै दुर्लभ र महँगा मानिन्छन्। हाम्रो जडिबुटीमा औषधि बनाउने तत्व (Active Ingredients) भारतको भन्दा धेरै बढी हुन्छ।

​मूल्यको फरक:

भारतले धेरै परिमाणमा बेचेर पैसा कमाउँछ भने नेपालले थोरै तर धेरै महँगो मूल्यमा बिक्ने "प्रिमियम" जडिबुटीबाट धेरै नाफा कमाउन सक्छ।

​३. नेपालमा जडिबुटी खेतीको सम्भावना र फाइदा

​बाँझो जग्गाको सदुपयोग:

नेपालका पहाड र हिमालमा अहिले धेरै जग्गा बाँझो छ। त्यहाँ तरकारी फलाउन गाह्रो हुन सक्छ, तर जडिबुटी प्राकृतिक रूपमै राम्रो फल्छन्।

​अत्यधिक मुनाफा:

साधारण तरकारी भन्दा जडिबुटीको मूल्य ५० देखि १०० गुणा बढी हुन्छ। उदाहरणका लागि, एक किलो आलुको तुलनामा एक किलो सतुवा वा चिराइतोको मूल्य कयौँ गुणा बढी पर्छ।

​विश्वव्यापी माग:

युरोप, अमेरिका र चीनमा नेपालका पहाडी जडिबुटीको माग उच्च छ। हामीले कच्चा पदार्थ मात्र नबेचेर, नेपालमै साना प्रशोधन केन्द्र खोल्न सके आय झनै बढ्छ।

​स्थानीय रोजगारी:

गाउँका युवाहरूलाई खाडी मुलुक जानुको साटो आफ्नै पाखा-पखेरामा जडिबुटी खेतीमा लगाउन सकिन्छ।

​निष्कर्ष:
भारतले "परिमाण" (Quantity) मा जोड दिन्छ भने नेपालले "गुणस्तर" (Quality) मा जोड दिनुपर्छ। हाम्रा हिमाल र पहाडहरू प्राकृतिक रूपमै 'औषधि कारखाना' हुन्, मात्र हामीले यसलाई व्यावसायिक रूप दिन आवश्यक छ।

24/03/2026

मलको प्रयोग:
========
✅ मल जमिनमा हाल्नु अगाबै माटोको जाच गराउनुस , माटोको जाच अनुसार के मल कति हाल्ने सल्लाह गर्नुस |
✅ मल हाल्नु अगाबै जमिनमा लगाएको बालीको रंग , बृदि अवस्था र उत्पादन हेर्नुहोस |
✅ तत्प्रचात बाली बिसेषको आधारमा नाफामुलक हिसाबले गुणस्तरीय मल को समुचित मात्रा र सहि प्रयोग र बिधिले प्रयोग गर्नुहोस |

नोट : अर्काले भनेको , सुनेको आधारमा मलको प्रयोग हैन , बिरुवाको माग र प्रकार कुन मलको हो सो हिसाबले गर्नुस , उत्पादन लागत बढ्ने र माटो को गुणस्तर बिग्रने हिसाबले जथाभाबी मलको प्रयोग नगर्नुहोस |

- राजेन्द्र देवकोटा

Photos from कृषि ज्ञान - Krishi gayan's post 22/03/2026

🍆भान्टामा सबैभन्दा धेरै नोक्सानी पुर्‍याउने किरामध्ये फलकाे गबाराे (Shoot & Fruit Borer) प्रमुख हो।
👉 यो किराले नयाँ हाँगा (shoot) र फल (fruit) भित्र पसेर खान्छ, जसले गर्दा
❌ हाँगा ओइलाउने
❌ फल भित्रै कुहिने
❌ उत्पादन र गुणस्तर दुवै घट्ने समस्या देखिन्छ।
👉️ लक्षणहरू
हाँगा अचानक ओइलाउनु
फलमा सानो प्वाल र फोहोर (फ्रास) देखिनु
काट्दा फलभित्र किरा देखिनु
👉️ नियन्त्रण उपाय (जैविक र प्रभावकारी)
🟢 फेरोमेन ट्र्यापको प्रयोग
मात्रा: १ कठ्ठामा २–३ वटा ट्र्याप
⏱️ समय: बाली रोपेको 20–25 दिनपछि राख्ने
🔁 फेरोमेन लुर परिवर्तन: 25–30 दिनमा
📉 फाइदा: किराको संख्या घट्छ, विषादी प्रयोग कम हुन्छ
🟢 संक्रमित हाँगा र फल हटाउने ।
🟢 नीमजन्य विषादी प्रयाेग गर्ने ।
नीम तेल 3–5 ml/L पानीमा घोलेर छर्कने ।

🟢 जैविक विषादी (Biopesticides)
Bacillus thuringiensis (Bt)
👉 किराको बच्चा (लार्भा) मा धेरै प्रभावकारी
मात्रा: 1–2 ग्राम / लिटर पानी
⏱️ 7–10 दिनको फरकमा छर्कने

#जैविकखेती #भान्टाखेती

27/02/2026

इ. एम. कम्पोष्ट बनाउने तरिका
===================
📌 कम्पोष्ट मल बनाउन १-२ दिन अगाडी ई.एम १ लिटर, सख्खर, १ के.जी, ट्राइकोडर्मा १०० मि.लि. र स्युडोमोनस १०० मि.लि. १०० लिटर पानीमा मिसाइ हावा नपस्ने गरी प्लाष्टिकको ड्रममा बन्द गरी शितलमा राखि छोड्नु पर्दछ ।

📌 कम्पोष्ट बनाउने दिन प्राङ्गारिक बस्तुहरुलाई ३० से.मि. को तह बनाएपछि इ.एमको झोल मिश्रण ३०—४० प्रतिशत चिस्यान हुने गरी छर्नपर्छ |

📌 ई.एम.पानी छरी सकेपछि जोरनको प्रयोग ५—१० से.मि. जति राख्ने र फेरी पानी हाली चिस्यान बनाउने । प्राङ्गरीक वस्तुको हरेक तह पछि इ.एम. मिश्रण पानी र जोरन पछि सादा पानी राख्दै तह तह बनाउँदै जानु पर्छ |

📌 यो मलको थुप्रो १—१.५ मि. को उचाइ सम्म राख्नु पर्दछ र चाङ लगाउन सकेपछि प्लाष्टिकले छोप्नु पर्दछ | | कम्पोष्ट मल बनाउन सकभर सोझै घाम पानी नलाग्ने ठाउँमा बनाउनु पर्दछ ।

📌 कम्पोष्ट बनाउने स्थान र समय तातोपना अनुसार ई.एम. को प्रयोगले ४०—६० दिन भित्रै स्तरीय कम्पोष्ट मल बनाउन सकिन्छ र एक लीटर ई.एम.ले ५०० के.जी सम्म कम्पोष्ट मल बनाउन सकिन्छ |

22/02/2026

Studying crops, losing brain cells 🌾🧠

17/02/2026


** किरा नियन्त्रणका लागि पहेलो पासो (Yellow Sticky Trap) र निलो पासो (Blue Sticky Trap) बारे जानकारी **

१. #पहेँलो पासो (Yellow Sticky Trap)
- पहेँलो रङले धेरैजसो उड्ने कीराहरूलाई आकर्षित गर्छ।

- कुन कीराका लागि?
- सेतो झिँगा (Whiteflies), लाही (Aphids), फालुवा (Leaf miners), र फलफूल कुहाउने झिँगाहरू।

कहाँ प्रयोग गर्ने?
- गोलभेंडा, काँक्रो, करेला, र अन्य तरकारी बालीहरूमा।

२. #नीलो पासो (Blue Sticky Trap)
केही विशेष कीराहरू पहेँलोभन्दा नीलो रङतर्फ बढी आकर्षित हुन्छन्।

कुन कीराका लागि?
- मुख्यतया थ्रिप्स (Thrips) कीराको नियन्त्रणका लागि यो अचुक मानिन्छ।

कहाँ प्रयोग गर्ने?
- खुर्सानी, सिमी, र फूल खेतीमा जहाँ थ्रिप्सको प्रकोप बढी हुन्छ।

यी पासोहरू किन प्रयोग गर्ने? (फाइदाहरू)

- विषादीरहित: यसमा कुनै हानिकारक रसायन हुँदैन, त्यसैले अर्गानिक खेतीका लागि यो सर्वोत्तम छ।

अनुगमन (Monitoring): खेतमा कुन कीराको संख्या कति छ र कहिलेदेखि लाग्न थाल्यो भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ।

सस्तो र सजिलो: यसलाई राख्न र व्यवस्थापन गर्न धेरै खर्च र मेहेनत लाग्दैन।

#प्रयोग गर्ने सही तरिका
उचाइ: पासोलाई बिरुवाको टुप्पोभन्दा केही इन्च माथि (करिब १०–१५ सेमी) झुण्ड्याउनुपर्छ। बिरुवा बढ्दै जाँदा पासोको उचाइ पनि बढाउँदै लैजानुपर्छ।

संख्या: सामान्यतया १ रोपनी जग्गामा १० देखि १५ वटा पासो राख्नु उपयुक्त हुन्छ।

15/02/2026

काउलीमा Hollow Heart समस्या
Hollow heart भनेको के हो ?
काउलीको गाभा (curd) भित्र भाग खोक्रो (खाली ठाउँ) हुनु नै होलो हार्ट हो। बाहिरबाट काउली राम्रो देखिए पनि काट्दा भित्र खाली वा प्वाल परेको देखिन्छ। यो रोगजन्य नभई मुख्यतः पोषण र व्यवस्थापनसम्बन्धी समस्या हो।

लक्षणहरू
काउलीको गाभा भित्र खोक्रो भाग देखिनु

मुख्य कारणहरू
बोरन (Boron) को कमी
नाइट्रोजनको अत्यधिक प्रयोग
असमान सिँचाइ (कहिले धेरै, कहिले कम पानी)
छिटो बढ्ने जातको काउली
उच्च तापक्रममा बाली बढ्नु

नियन्त्रण तथा व्यवस्थापन उपायहरू
बोरन प्रयोग
बोराक्स 10–15 किलोग्राम प्रति हेक्टर माटोमा मिसाउने
वा 0.2–0.3% बोरनको घोल (2–3 ग्राम/लिटर पानी) पातमा छर्कने
सन्तुलित मल प्रयोग
नाइट्रोजन, फस्फोरस र पोटास सन्तुलनमा प्रयोग गर्ने
अत्यधिक युरिया प्रयोग नगर्ने
नियमित सिँचाइ
पानीको मात्रा एकनास राख्ने
उपयुक्त जात र मौसम छनोट
स्थानीय सिफारिसअनुसारको जात प्रयोग गर्ने

08/02/2026

प्राङ्गारिक मल भनेको के हो ?
प्राङ्गारिक मल भनेको बोटबिरुवाका अवशेष, गोठालो मल (गोबर), हरियो मल, कम्पोष्ट, भर्मी–कम्पोष्ट जस्ता प्राकृतिक पदार्थ कुहाएर तयार गरिएको मल हो। यसमा रासायनिक पदार्थ प्रयोग हुँदैन, त्यसैले यो माटो र वातावरणमैत्री हुन्छ।

🌱 प्राङ्गारिक मलका फाइदाहरू
माटोको उर्वराशक्ति बढाउँछ – माटोमा जैविक पदार्थ थपेर माटोलाई उर्बर बनाउँछ।
माटोको बनावट सुधार गर्छ – माटो नरम, खुकुलो बनाउँछ र पानी धान्ने क्षमता बढाउँछ।
बोटबिरुवालाई दीर्घकालीन पोषण – पोषक तत्व बिस्तारै उपलब्ध गराउँछ।
सूक्ष्म जीव सक्रिय बनाउँछ – लाभदायक जीवाणु बढेर बाली स्वस्थ हुन्छ।
पर्यावरणमैत्री – माटो, पानी र हावालाई प्रदूषण गर्दैन।
लागत कम – घरमै उपलब्ध स्रोतबाट बनाउन सकिन्छ।
उत्पादनको गुणस्तर राम्रो – अन्न, तरकारी, फलफूल स्वादिलो र सुरक्षित हुन्छ।
चिरञ्जिवि पुरी
कृषि प्रसार अधिकृत

Photos from कृषि ज्ञान - Krishi gayan's post 02/02/2026

🐛परजीवी जुकाबाट लाग्ने महत्त्वपूर्ण रोगहरू ......
============================



01/02/2026

धानको पराल कम्पोस्ट माटोको जैविक पदार्थ सुधार गर्ने प्रभावकारी तरिका हो। माटोमा थप्दा, यसले कार्बन र पोषक तत्वको मात्रा बढाउँछ, बिस्तारै नाइट्रोजन, फस्फोरस र पोटासियम जस्ता आवश्यक तत्वहरू निस्कासन गर्छ। यसले माटोलाई समृद्ध मात्र बनाउँदैन तर यसको संरचना पनि सुधार गर्छ, जसले गर्दा यसलाई खुकुलो र जराको वृद्धिको लागि राम्रो हावा चल्छ। कम्पोस्टबाट निस्कने जैविक पदार्थले माटोको पानी धारण गर्ने क्षमता बढाउँछ, जुन विशेष गरी सुख्खा वा बलौटे माटोमा लाभदायक हुन्छ। यसको अतिरिक्त, धानको पराल कम्पोस्टले लाभदायक माटोका सूक्ष्मजीवहरूको गतिविधिलाई बढावा दिन्छ जसले खद्य तत्व चक्र र समग्र माटो स्वास्थ्यमा मद्दत गर्दछ। समग्रमा, धानको पराल कम्पोस्ट समावेश गर्नाले बालीहरूको लागि थप उर्वर, लचिलो र माटोमा स्वस्थ वातावरण सिर्जना गर्दछ।

26/01/2026

Spodoptera litura को एकीकृत व्यवस्थापन (IPM) उपायहरू

🐛 Spodoptera litura नियन्त्रण उपायहरू
Cultural Method
गहिरो जोताई गरेर पुपा नष्ट गर्ने
खेत सफा राख्ने, झारपात हटाउने
बाली चक्र (crop rotation) अपनाउने
अत्यधिक नाइट्रोजन मल प्रयोग नगर्ने

यान्त्रिक / भौतिक उपाय
बिहान वा बेलुकी लार्भा हातैले टिपेर नष्ट गर्ने
अण्डा गुच्छा देखिएमा तुरुन्त हटाउने
फेरोमोन ट्र्याप: 4–5 थान/रोपनी (प्रौढ किरा नियन्त्रण र निगरानीका लागि)

जैविक (Biological) उपाय 🌿
NPV (Spodoptera NPV):
👉 250 LE/हेक्टर (बेलुकी छर्कनु राम्रो)
Bacillus thuringiensis (Bt):
👉 1–1.5 g/लिटर पानी
नीम आधारित औषधि (Azadirachtin 1500–3000 ppm):
👉 2–3 ml/लिटर पानी
उपयोगी कीरा (परजीवी बाम्बे, Trichogramma) संरक्षण गर्नु

रासायनिक (Chemical) उपाय 💊
👉 लार्भा सानो (1st–2nd instar) हुँदा बढी प्रभावकारी
कीटनाशक मात्रा
Emamectin benzoate 5 SG 0.3–0.4 g/लिटर
Chlorantraniliprole 18.5 SC 0.3 ml/लिटर
Spinosad 45 SC 0.3 ml/लिटर
Indoxacarb 14.5 SC 1 ml/लिटर
Lambda-cyhalothrin 5 EC 0.5 ml/लिटर

एउटै औषधि बारम्बार प्रयोग नगर्नु (resistance हुन सक्छ)
छर्काइका सुझाव
बेलुकी समयमा छर्कनु (किरा सक्रिय हुन्छ)
पातको तलपट्टि राम्रोसँग भिज्ने गरी छर्कनु
७–१० दिनको अन्तरमा आवश्यक अनुसार दोहोर्याउनु

26/01/2026

बटनिङ भनेको के हो ?
काउलीमा मुख्य फूल (curd) ठूलो नबनी सानो, कडा र समयभन्दा अगावै बन्ने अवस्थालाई बटनिङ भनिन्छ। यसले उत्पादन र बजार मूल्य घटाउँछ।

बटनिङ हुने मुख्य कारणहरू
गलत जात छनोट
मौसमअनुसार नमिल्ने जात लगाउँदा।
बिरुवा धेरै पुरानो वा कमजोर हुनु
३०–४० दिनभन्दा बढी उमेरको नर्सरी बिरुवा सार्दा।
पोषक तत्वको कमी
विशेषगरी नाइट्रोजन 👎 को कमी।
चिसो वा तापक्रमको तनाव
अत्यधिक चिसोमा असमय रोपाइँ।
सिँचाइको कमी वा अनियमितता
सुख्खा तनाव परेमा।
बिरुवा धेरै नजिक रोप्नु
ठाउँ नपाउँदा वृद्धि अवरुद्ध।
कीरा तथा रोगको प्रकोप
बोट कमजोर भई फूल सानो हुन्छ।

बटनिङ नियन्त्रण तथा रोकथाम उपाय
मौसमअनुसार सही जात छनोट गर्ने
तराई/पहाड अनुसार सिफारिस जात प्रयोग गर्ने।
उमेर पुगेको स्वस्थ बिरुवा मात्र सार्ने
२५–३० दिनको, ४–५ पात भएको बिरुवा।
सन्तुलित मल प्रयोग गर्ने
गोबर मल + सिफारिस मात्रामा युरिया, DAP, पोटास।
आवश्यक परे टप ड्रेसिङमा युरिया।
समयमै र नियमित सिँचाइ गर्ने
पानी जम्न नदिने, तर सुख्खा पनि नहुने।
उचित दूरी कायम गर्ने
साधारणतया ४५ × ४५ से.मी. (जातअनुसार फरक हुन सक्छ)।
उचित समयमा रोपाइँ गर्ने
असमय चिसो वा गर्मीबाट जोगाउने।
कीरा–रोगको नियमित निगरानी र नियन्त्रण
आवश्यक परे जैविक वा सिफारिस विषादी प्रयोग।

Want your school to be the top-listed School/college?

Culinary Team

Attire

Telephone

Website