नेपाली भाषा कक्षा, भियना, अष्ट्रिया

नेपाली भाषा कक्षा, भियना, अष्ट्रिया भियना सरकारद्वारा सञ्चालन तथा सहयोग प्राप्त नेपाली भाषा कक्षा पूर्ण रूपमा निःशुल्क रहेको छ।

29/06/2026
28/06/2026

नमस्कार🙏

नेपाली भाषा कक्षामा आगामी शैक्षिक सत्रदेखि AHS (Gymnasium) मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि पनि छुट्टै कक्षा सञ्चालन हुने जानकारी गराउन पाउँदा हामी अत्यन्त उत्साहित छौं।

अबदेखि Volksschule र AHS (Gymnasium) का विद्यार्थीहरूको कक्षा फरक–फरक दिनमा तथा छुट्टाछुट्टै समूहमा सञ्चालन गरिनेछ, जसले विद्यार्थीहरूको उमेर, शैक्षिक स्तर र आवश्यकताअनुसार प्रभावकारी रूपमा भाषा सिकाइलाई सहयोग पुर्‍याउने विश्वास लिएका छौं।

कक्षाको समय, स्थान तथा अन्य आवश्यक विवरणहरू सम्बन्धित निकाय Bildungsdirektion बाट प्राप्त हुनेबित्तिकै ( सम्भवत September मा मात्र निर्णय हुनेछ) यहाँहरूलाई जानकारी गराइनेछ।

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सहयोग र सहभागिताका लागि सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।

Adresse

Vienna, Austria
Vienna
1210

Webseite

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von नेपाली भाषा कक्षा, भियना, अष्ट्रिया erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Verknüpfungen

Hervorgehoben

Teilen