EPS korean center

  • Home
  • EPS korean center

EPS korean  center EPS KOREA

29/05/2025

यस पटक देखि श्रम करार गर्न इपिएस कार्यालय, ग्वार्काेमा स्वयंम उपस्थित हुनु पर्ने भएकाेले अाफ्नाे EPS ID मा श्रम करार पठाएकाे (Sent labor Contract) देखाइसकेपछि इपिएस कार्यालय, ग्वार्काेमा जानुहाेला ।

साथै भैसेपाटीकाे पूर्व राेजगार तालिमकाे अनलाइनबाट निवेदन दिनुहाेला ।

25/05/2025

प्रश्न: कामदार छनौट प्रक्रिया (Issue) मा MEDIATION भए के हुन्छ?

उत्तर: कोरियन कम्पनिहरुले EPS माध्यमबाट विदेशी कामदार नियुक्त गर्न चाहेमा आफ्नो क्षेत्रीय Job Center कार्यालयमा कामदार माग आवेदन गरेका हुन्छन्। यसरी माग गर्दा उमेर,‌ लिङ्ग, तौल, उचाई, राष्ट्रियता आदिको आधारमा कामदार माग गरेका हुन्छन्। यदि कम्पनिले १ जना कामदार मागेमा Job Center ले ३ जना उस्तै प्रकारको फाइल कम्पनिलाई पठाउँछ र कम्पनिले त्यसमध्ये १ जना मात्र कम्पनिले छनौट गर्छ। जस्तै कम्पनिले २० देखि २५ वर्ष उमेरका व्यक्तिहरू भनेर मागेमा यहि भित्रका फाईल जाने हो। जब यो फाईल कम्पनिसम्म पुग्छ, र छनौट प्रक्रियामा हुन्छ त्यस बेला कामदारको EPS ID मा Mediation देखाउने हो। र १ जना छनौट भएपछि अरु दुई जनाको Mediation हट्ने हो।

अब Mediation हटेपछि अर्को कम्पनिमा फाईल जान्छ कि जाँदैन र Issue हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि छन्। Manufacture र Agriculture तर्फ प्राय: १ पटक Mediation भएपछि फेरि पटक पटक फाईल कम्पनिसम्म पुग्ने गरेको छ भने १ पटकको Issue मा Mediation मात्र भएको फाईलहरु पनि अर्को पटकको Issue मा Issue भएका पनि छन्। तर यस सम्बन्धी कुनै आधिकारिक सुचना वा जानकारी छैन, Mediation भएका फाईल १००% पुनः चल्ने भन्ने चाहिँ होइन। तर गएका दिनहरुमा धेरै जनाको चल्ने गरेको छ। तर Shipbuilding तर्फ भने Mediation भएता पनि पुनः फाईल चलेको बुझिएको छैन। यदि Shipbuilding मा पटक पटक Mediation भई Issue भएका कोहि हुनुहुन्छ भने कमेन्ट गर्नुहोला।
धन्यवाद।
copied

01/01/2024

कोरियन भाषा परीक्षाका लागि पुनः आवेदन माग

काठमाडौँ । उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुनः आवेदन खुलाएको छ ।

उच्च अदालत पाटनले शुव्रmबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएपछि आइतबार पुनः आवेदन खुुला गरेको हो । सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागीले पुस १६ देखि १८ सम्म आवेदन दिन सक्ने छन् । शाखाका अनुसार सिप बिल्डिङको भाषा परीक्षाका लागि ३५ हजार ७०८ वटा आवेदन परेका थिए ।

यो कामका लागि तीन हजार ९८९ जना उत्तीर्ण भएका छन् । अब आवेदन दिने ३० हजारभन्दा बढी थपिन्छन् । श्रम मन्त्रालयले भने अदालतको यो आदेश र सरकारको नर्णय कोरियाको नियमविपरीत भएको यसअघि नै प्रतिक्रिया दिइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

31/12/2023

HAPPY NEW YEAR
2024
ALL OF YOU

कसैको केही मिस्टेक भएको छ भने  सच्याउने सुचना आएको छ
24/12/2023

कसैको केही मिस्टेक भएको छ भने सच्याउने सुचना आएको छ

12/12/2023

यो चै अमरेश को सम्पत्ति छानबिन को माग है

11/12/2023

प्रचन्डको पनी audio आयो है सुन्नुस

सिप बिल्डिङ्ग क्षेत्रका परीक्षामा सहभागी परीक्षार्थीहरुले पेश गरेका ध्यानाकर्षण सम्बन्धमा ईपीएस शाखाको महत्वपुर्ण प्रेस ...
11/12/2023

सिप बिल्डिङ्ग क्षेत्रका परीक्षामा सहभागी परीक्षार्थीहरुले पेश गरेका ध्यानाकर्षण सम्बन्धमा ईपीएस शाखाको महत्वपुर्ण प्रेस विज्ञप्ति जारी भएको छ

10/12/2023

2023 को डिसेम्बर १७ देखि २० सम्मको पर्पोजल फ्लाइट आएको छ है हेर्नुस तलको लिन्कमा क्लिक गरेर

(2023-12-17 to 20)Proposed lists of Rw (Manu)

सम्पुर्णलाई   शुभकामना   🙏आज बाट हुन गईरहेको SHIP BUILDING अन्तर्गतको SKILL TEST मा भाषा परिक्षामा उतिर्ण सम्पुर्णको परी...
09/12/2023

सम्पुर्णलाई शुभकामना 🙏

आज बाट हुन गईरहेको SHIP BUILDING अन्तर्गतको SKILL TEST मा भाषा परिक्षामा उतिर्ण सम्पुर्णको परीक्षा सफल होस् भन्ने कामना गर्दछौं ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when EPS korean center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share