03/19/2025
जी अगस्ते : धर्म के हो?
आर कुमार :
धर्म केहि हैन ! धर्म दर्शन हो दार्शनिकको एउटा तर्क हो , धर्म सबैथोक हो , धर्म नियम हो धर्म कानुन हो ,
धर्म मानव जाति लाइ मानवता सिकाउने पाठ हो, तर व्यक्तिगत स्वार्थको कारण धर्म को नाममा तर्क दिएर
हामि सबैलाइ भ्रमित पार्ने काम भयो , अहिले धर्म को नाउमा त्यो एउटा गुट हुन् पुगेको छ ।
जी अगस्ते : धर्म राम्रो कि नराम्रो कुरा हो ?
आर कुमार :
केहि राम्रो केहि नराम्रो हो , यो एक कानुन नैतिक शास्त्र हो , कुनै देशको संबिधान देशको परिस्थि अनुसार सन्सोधन गरिन्छ ,
किन कि कतिपय पुराना कुराहरु अहिले का पिढिहरु ले मान्न नसक्ने समय अनुसार कुरा नमिल्ने हुन्छ त्यसैले संबिधान शंसोधन गइन्छ ,
धर्म मा त्यो नगर्दा कति कुराहरु अहिले को विचार सग नमिलेर यो मान्न छोड्न सक्छन।
जी अगस्ते : अध्यान्मिक र धर्म मा के फरक छ?
आर कुमार :
तपाइँ के लाइ धर्म भन्नु हुन्छ ? मेरो बिचारमा मानवता नै धर्म हो, अरु त गुट मात्र हो आफ्नो अनुयाई हरुको सख्या बढाएर
शक्ति प्रदर्शन गरेर अर्को धर्म को गुट लाइ दबाउने एउटा सस्था जस्तो मात्र लाग्छ । अध्यात्मिकले स्वोतन्त्र दिन्छ हामि जन्मिदा
हाम्रो मन मस्तिस्क जस्तो खालि थियो त्यस्तै बनाइदिन्छ , न उसलाई कुनै धर्म को मतलव हुन्छ न कुनै राज नैतिक को न समाजको
अध्यात्मिक ले मानिसलाई पूर्ण रुपमा स्वोतन्त्र बनाउछ , तर धर्म ले मन मस्तिस्क खालि गर्नु को साटो त्यसमा धेरै कुराहरु थप्दै लान्छ ,
एउटा मानसिक दास बनाउछ , आफ्नो सोच्ने सक्ति नै समाप्त पार्दिन्छ, धर्म मा जे लेखेको छ त्यहि उसको लागि सत्य हुन्छ
चाहे त्यो नराम्रो होस् या झुठो होस् ।
धर्मको लागि सबै कुरा त्याग्न तयार हुन्छ , मर्न मार्न तयार हुन्छन।
जी अगस्ते : मान्छेहरु त भन्छन देउता को पुजा गरेर फलानो मेरो काम बन्यो, परमेश्वर को प्रार्थना गरेर मेरो रोग निको भो यो सम्भव छ त ?
आर कुमार :
यो सम्भव छ कुनै पनि काम गर्दा यदि उसको इच्छा सक्ति कम्जोर छ उसलाई त्यो काम राम्रो होला भन्ने बिस्वास भएन भने त्यो काम बन्दैन ,
यदि उसलाई कुनै देउता प्रति बिस्वास छ उसले त्यस देउताको पुजा गरेपछि उसलाई बिस्वास हुन्छ मेरो काम अब राम्रो हुन्छ भनेर
आत्म बिस्वास बढ्छ देउताको नाम मा उसको इच्छा सक्ति ले यो काम गर्छ। रोग निको गर्न नि यस्तै आत्म बल बलियो हुनु पर्दछ।