05/31/2026
हाम्रा मान्य ज्यू को पारा उहि हो हि !
unofficial page
05/31/2026
हाम्रा मान्य ज्यू को पारा उहि हो हि !
05/31/2026
हार्दिक बधाई छ पुजा मुखिया ! 🎉💐 congratulations 🎉🍾🎊
निषाद समुदायबाट नेपालको पहिलो महिला डाक्टर Dr पूजा मुखिया | नेपाल मेडिकल काउन्सिल द्वारा लिइएको MBBS परीक्षा सफलता पूर्वक पास भएकी छिन् ।
05/31/2026
यो उडी उडी विरोध गर्ने कुन पार्टीकी माननीय हुन् ? नाम के हो ?
05/31/2026
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रविधिमा आधारित बनाउन ‘फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली’ परीक्षणका रूपमा सुरु गरिएको छ। पहिलो चरणमा यो प्रणाली थापाथली क्षेत्रमा लागू गरिएको हो।
नयाँ प्रणालीमार्फत सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिबिना नै सवारी साधनको निगरानी गरिनेछ। कृत्रिम बुद्धिमत्ता, सीसीटीभी क्यामेरा र स्मार्ट ट्राफिक लाइटको सहायताले रेड लाइट उल्लंघन, लेन मिच्ने, तीव्र गतिमा सवारी चलाउनेलगायतका गतिविधि स्वतः पहिचान हुने व्यवस्था गरिएको छ।
यसअघि नियम उल्लंघन गर्ने सवारीलाई ट्राफिक प्रहरीले सडकमा रोकेर कारबाही गर्ने अभ्यास थियो। अब भने केन्द्रीय नियन्त्रण कक्षबाटै निगरानी गरी नियम उल्लंघन पुष्टि भएपछि सम्बन्धित सवारीधनीका नाममा ई–चलान जारी गरिनेछ।
ई–चलानमार्फत जरिवाना तथा सूचना सिधै सवारीधनीसम्म पुग्ने भएकाले कारबाही प्रक्रिया छिटो, पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको छ। यसले चालक र ट्राफिक प्रहरीबीच हुने प्रत्यक्ष विवाद कम गर्ने तथा अनियमितता नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार परीक्षण चरणमा यो प्रणाली थापाथलीसँगै बानेश्वर–माइतीघरजस्ता अत्यधिक सवारी चाप हुने क्षेत्रमा पनि विस्तार गरिनेछ।
प्रविधिमा आधारित प्रणालीले ट्राफिक जाम न्यूनीकरण, सडक अनुशासन कायम र नियम कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ। प्रणाली पूर्ण रूपमा लागू भएपछि सवारीधनीहरूले आफ्नो सवारी दर्ता विवरण, मोबाइल नम्बर र सम्पर्क विवरण अद्यावधिक राख्नुपर्नेछ।
ट्राफिक प्रहरीले विवरण अद्यावधिक नराखे ई–चलानसम्बन्धी सूचना प्राप्त गर्न समस्या हुन सक्ने जनाएको छ। काठमाडौंको ट्राफिक व्यवस्थापनलाई स्मार्ट प्रणालीतर्फ अघि बढाउने यो कदमलाई महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ।
05/30/2026
नेपालको पहिलो अर्थ मन्त्री र आजका अर्थ मन्त्री |
नाम पत्ता लगाउने जिम्मा हजुरको...
05/30/2026
हाम्रो आफ्नै देशमा उत्पादन भएको बिजुली प्रयोग गर्ने हामी भन्दा हाम्रो बिजुली किनेर प्रयोग गर्नेहरूले पो सस्तोमा बिजुली प्रयोग गर्ने अवस्था त बनेन ? यसो डाटा खोजौं त ।
बिजुली बेचेर भन्दा मुल्य कम गरेर र देशमै बिजुली खपत गराएर त्यसबाट सस्तोमा उत्पादन र उपभोग गर्नु\ गराउनु पर्ने नीति ठिक हुन्छ भनेर पहिले पनि भनियो । अब ५० युनिट माथी बिजुली खपत गर्नेलाई १३% भ्याट लगाएपछि सामान्य प्रयोगकर्ताको त खर्च बढ्यो नै उद्योगहरूको उत्पादन लागत कति बढ्छ ? त्यसबाट उत्पादित सामाग्री सिधै महङ्गो पर्न गएन ? अनि कसरी अरुसँग प्रतिस्पर्धा गर्न सक्छ ? कुनै कोणबाट पनि यो नितीमा तपाईं र तपाईंको समर्थक (म पनि तपाईं प्रति आशावादी हुँ) जस्तै सकारात्मक हुन सकिन Swarnim Waglé सर म । - amrit baniya
05/29/2026
बजेट, राष्ट्रसेवक कर्मचारीको तलब
05/28/2026
यति सबैलाइ कारबाहि गर्ने हो भने के होला ? सम्भब छ त कारबाहि गर्न ?
05/27/2026
कुन ठिक छ ?
05/27/2026
सरुवा गर्नेहरु कै सरुवा !!!
ट्रेड युनियनका नाममा राजनीतिक दलका भातृ संगठन खोलेर कहिल्यै काठमाण्डौँ नछाड्ने नेतागिरी गर्ने २० जना सुब्बा साब कर्मचारी नेतालाई सरकारले विभिन्न दुर्गम जिल्लामा सरूवा गरेको छ।
पहिला यी सुब्बा साबहरुले सिडिओ कै सरुवा गर्ने तागत राख्थे …