12/03/2023
भीषण बलिदानीपूर्ण संघर्ष मार्फत वैकल्पिक शक्तिको अब्बल दाबी गर्ने माओवादीको व्यवहार पनि त्यही गुणा हुन जरुरी छ! नत्र भने जनता मारेर खाने खुनी निरंकुश राजतन्त्र, देश लुटेर खाएर एसियाकै नामुद कुख्यात भ्रष्ट कहलिएका कांग्रेस, एमाले र राप्रपाहरू भन्दा के मानेमा भिन्नता रहन्छ?
सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निजी कम्पनीलाई भाडामा दिने भनेर गरेको जनमत सर्वेक्षण एमालेको यती समूह पोस्ने काम हो । विभागीय मन्त्री तथा माओवादीका आशालाग्दा मन्त्री सुदन किराँतीको यस्तो पाङ्दुरे प्रस्ताव आउनु घृणास्पद हो!
बरु सरकारले प्रतिबन्धित बस्तुहरू
- गाँजा खुलाओस्
- किसानलाई निर्वाध रूपमा गैंडा पाल्न देओस्
- रक्तचन्दनको खेती गर्न देओस्
- हरिण मृग घोरल थारल जस्ता बहुमुल्य पशु पाल्न देओस्!
- सयौं बहुमुल्य जडिबुटी तथा पशुपालन गर्न खुला गरोस्!
एउटा निश्चित मापदण्ड बनाएर राज्यले खुला गरोस् ता कि जनताको जीवनस्तर तुरुन्तै सप्रेर जाओस्! किसानले पाखामा अम्लिसो रोपेर, करेसामा एउटा सागको पात र घरमा कुखुराको चल्ला बेचेर किसानको दैनन्दिन जीवन चल्दैन!
बहुमुल्य वस्तु उत्पादनमा अवैध ठहर्याएर नागरिकलाई जेल कोच्ने कानुन खारेज गर्नुपर्छ! तुरुन्तै एउटा समिति बनाएर जंगली जीवजन्तू पाल्न र बहुमुल्य बनस्पति कसरी किसानले संरक्षण र उत्पादन गर्न सक्छन् भनेर देखिने कानुनी अड्चन फुकाउनु पर्छ । हिजो निरंकुश प्रेत सत्ताले बनाएको जनतामारा कानुन गणतान्त्रिक व्यवस्थामा पनि लागू हुनु दुःखद् छ ।
- एउटा गैंडाको खाग करोडौं मूल्य पर्ने रहेछ अनि किसानलाई किन पाल्न नदिने?
- कस्तुरीको विना करोडौं पर्ने रहेछ अनि किसानलाई किन पाल्न नदिने?
- एउटा गाँजाबाट कपडा बन्छ, अमूल्य औषधि बन्छ र अर्बौंअर्ब कमाउन सकिन्छ भने किन उत्पादन गर्न रोक्ने?
- अर्बौं मूल्यको रक्तचन्दन नागरिकलाई रोप्न दिएर आर्थिक सवलिकरणमा किन नजुटाउने?
- राज्य प्रज्वलनशील पदार्थ जस्तो होइन जनताप्रति संवेदनशिल बनोस्! बन्देज र निस्तेजको भ्रममा होइन निखारता र निपूर्णतामा जोड देओस्!