Dorpa Chiuri-danda

Dorpa Chiuri-danda

Share

share important information with everyone.

Nepalilink | Global Nepali News from UK 05/08/2020

ब्रिटिश आर्मीको भर्ती खुल्यो
गत वर्ष अन्तिम चरणमा आउट हुनेलाई मौका

नेपाली लिङ्कअगस्ट ५, २०२०
facebook sharing buttontwitter sharing button

लण्डन । बेलायती सेनाको लागि नेपालमा भर्ती खुला गरिएको छ । कोभिड १९ महामारीका कारण यसपटक सधैंजस्तो आवेदन खुला नगरेर गत वर्ष अन्तिम चरणमा पुगेर बाहिरिनेहरुलाई मात्र अवसर दिइने भएको छ ।

ब्रिटिस आर्मी मुख्यालयले ‘रिक्रुट इन्टेक २०२१’ अन्तर्गत ४ सय ३२ जनाको लागि बेलायती सेनामा भर्ती खुलाएको हो । सिंगापुर पुलिसमा समेत १ सय २० जना छनोट गरिनेछ ।

ब्रिटिस आर्मी मुख्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत भर्तीको सूचना सार्वजनिक गरेको छ । गत वर्षको अन्तिम छनोटबाट बाहिरिएकाहरूलाई सम्पर्कमा रहन भनिएको छ ।

विगतका वर्षहरुमा ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्समा भर्ती छनोटका निम्ति धरान र पोखरामा रजिस्ट्रेसन फारम भराएर क्षेत्रीय छनोट गरिन्थ्यो । यसरी छनोटमा परेकाहरूलाई पोखरामा केन्द्रीय तथा अन्तिम छनोटमा प्रतिस्पर्धा गराउने गरिन्थ्यो । कोभिड–१९ ले गर्दा यो पटक इन्टेक–२०२० केन्द्रीय छनोट स्पर्धाबाट बाहिरिएकालाई मात्र अवसर दिइएको हो ।

पोखरामा हुने केन्द्रीय छनोटमा शारीरिक छनोटमा २ हजार मिटर दौड, १५ किलोको डोको बोकाइ, २० किलोको बोरा उचालेर बोक्ने, ४ किलोको मेडिसिन बल थ्रो (फ्ँयाक्ने) लगायत हुन्छन् । शैक्षिक छनोटमा अंग्रेजी भाषातर्फ सुनाइ, बोलाइ, लेखाइ, पढाइ, गणित (हिसाब), मेडिकल टेस्ट र अन्तिम अन्तर्वार्ता रहन्छ।

‘इन्टेक–२०२०’ मा प्रतिस्पर्धीमध्ये अन्तिम चरणबाट करिब २ हजार ५ सय जना बाहिरिएको अनुमान ग छ । त्यसमध्ये एनआरए (नो री–एप्लाई/पुन: आवेदन दिन नपाउनेमा) परेकाहरु भर्ती हुन पाउनेमा पर्ने छैनन् ।

मेडिकल टर्म, अनुशासन, कागजात जस्ता कारणले अन्तिम छनोटबाटै बाहिरिएका भए पनि फेरि भिड्न पाउँदैनन् ।

पछिल्लो समय बेलायतले ब्रिटिस सेनामा नेपालबाट भर्ती हुनेको संख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती लिने गरेकोमा गत वर्षबाट ४ सय ३२ जना भर्ती लिन थालिएको छ । अहिले ब्रिटिस गोर्खामा फस्ट रोयल गोर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र छन् ।

सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि क्रमश: नेपालबाट भर्ती संख्या बढाउन थालेको जनाइएको छ ।

143
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

साहित्यकार दुर्गाप्रसाद पोख्रेलको नवीनतम मुक्तक संग्रह लोकार्पण
१४ घन्टा अगाडि

चित्त, चिन्ता र चिता
१७ घन्टा अगाडि

बेलायतमा ९० मिनेटमै कोभिड परीक्षणको नतिजा
१ दिन अगाडि
हाम्रो सिफारिस

सहज बन्दै बेलायतको वर्क परमिट प्रक्रिया
अगस्ट २, २०२०

गोर्खाको तस्विरअंकित पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने बेलायतको तयारी
जुलाइ २७, २०२०

कोभिडले अधुरै रहे दूतावासका यी महत्वपूर्ण कार्यक्रम
जुलाइ १४, २०२०
ताजा अपडेट्स
नेपालमा कोरोनाबाट थप दुईको मृत्यु, संक्रमित संख्या २१ हजार नाघ्यो
भारतमा कोरोना संक्रमितको संख्या १९ लाख नाघ्यो
लेबनान विस्फोटमा मृत्यु हुनेको संख्या एक सय नाघ्यो
विश्वभरी कोरोनाबाट ७ लाख भन्दा बढीको मृत्यु
ब्रिटिश आर्मीको भर्ती खुल्यो
ट्रेन्डिङ

लण्डनस्थित ब्रिगेडियर जनरल कुमार थापाको जिम्मेवारी रत्नबहादुर गोदारलाई

तमु समाज यूकेले लन्डनमा किन्यो घर

सहज बन्दै बेलायतको वर्क परमिट प्रक्रिया

एनआरएनए यूकेले गण्डकी प्रदेश सरकारलाई दियो अक्सिजन मेसिन

गेसो सरकारविरुद्ध सशक्त बन्दै, ११ सदस्यीय संघर्ष समिति गठन

Nepali Link Ltd
34 Fairfield Grove, SE7 8TY
Ph: (44)7411654388
Email: [email protected]
फलो गर्नुहोस्
© 2020 nepalilink.com, All rights reserved.

Nepalilink | Global Nepali News from UK Nepali link | Global Nepali News from UK

31/07/2020

An update from Nepal on Gurkha recruiting for 2021.

Dear Potential Recruits (who attended Recruit Intake (RI) 20 Regional and Central Selection). British Gurkhas Nepal will be contacting individual Potential Recruits who are going to be called forward for the RI 21 Central Selection in January 2021. You will be called by a Recruit Cell Staff (SRO or ARO) between 3rd – 14th August 2020 to ascertain your willingness to apply for British Army and Gurkha Contingent Singapore Police Force.

We will call you or/and your guardian on the telephone number you have provided on RI 20 Registration. Please respond to our call during this period even you are not willing to attend this selection. If you have changed your phone number or you are out of the country, please email your new number on this email address ([email protected]).

We will attempt to contact you several times. If we are unable to contact you then we assume that you are not interested to attend this selection or you have chosen a different path. We will then call the next reserve.

The Call Forward List will be published on 1st September 2020 with further instruction.

Thank You

ब्रिटिश गोर्खा भर्ती २०२१ प्रक्रिया सम्बन्धी सूचना

प्रिय सम्भावित रेक्रु्टहरु, (जो RI २० क्षेत्रीय र केन्द्रिय छनौटमा उपस्थित भए)

जनवरी २०२१ मा हुने RI २१ को केन्द्रिय छनौटमा बोलाईने हरेक पि. आर. हरुलाई हामी फोन सम्पर्क गर्नेछौ । रेक्रु्ट छनौट विभागका एक कर्मचारी (SRO वा ARO) ले तपाईलाई ०३ देखि १४ अगष्ट २०२० को बीचमा तपाईको ब्रिटिश र सिंगापुर पुलिसमा भर्ति इच्छुकता निश्चितता गर्न फोन सम्पर्क गर्नु हुनेछ।

तपाइले RI २० दर्ताको बेला उल्लेखित गर्नु भएको टेलिफोन नम्बर हामी तपाई वा/र तपाईको अभिभावकलाई सम्पर्क गर्नेछौं। कृपया यो छनोट प्रक्रियामा सहभागि हुन यदि इच्छुक नभएता पनि यो अवधिमा हाम्रो कलको जवाफ दिनु होला। यदि तपाईले आफ्नो फोन नम्बर परिवर्तन गर्नु भएको छ या देश बाहिर हुनुहुन्छ भने कृपया आफ्नो नया नम्बर यो ई-मेल ठेगानामा पठाई दिनु होला । ([email protected])

हामी तपाईलाई सम्पर्क गर्ने धेरै कोशिस गर्नेछौं। यदि तपाईलाई सम्पर्क गर्न असमर्थ भएमा हामीलाई लाग्नेछ की तपाई यो छनोट प्रक्रियामा सहभागी हुन इच्छुक हुनुहुन्न वा तपाईले अर्कै बाटो रोज्नु भयो। तत्पश्चात हामी रिजर्भमा रहेका अर्का व्यक्तिलाई सम्पर्क गर्नेछौं।

कल फरवार्ड लिस्ट अधिक जानकारीका साथ ०१ सेप्टेम्बर २०२० का दिन प्रकाशित गरिनेछ ।

धन्यवाद।

30/05/2020

Fun with boys..

Want your school to be the top-listed School/college in Singapore?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Singapore