28/03/2026
अब बन्छ देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन सरकारका महत्वपूर्ण निर्णयहरू ❗️❗️
🔺️नेता र उच्चपदस्थको सम्पत्ति छानबिनका लागि १५ दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गरिने
🔺️ सरकारले २०४८ देखी ८२ सम्मका उच्चपदस्थ अधिकारीको सम्पत्ति छानविन गर्ने
🔺️अबको ३० दिन भित्र बालेन सरकारले सबै मन्त्रालयको संख्या घटाएर जम्म १७ मा झार्ने निर्णय
🔺️जेनाजी घाइते /सहिद परिवारलाई बालेन सरकारले सय दिन भित्र सरकारी वा निजि क्षेत्रमा योग्यता अनुसारको रोजगारी दिने
🔺️सरकारले कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आगामी शैक्षिक सत्रदेखि आन्तरिक परीक्षा लिन नपाइने नियम ल्याउने भएको छ।
🔺️सरकारी कर्मचारीले कुनैपनि दलगत गतिबिधि गर्न नपाउने,यदि गरे प्रचलित कारबाही हुने संगै ट्रेडयुनियन खारेज गर्ने।
🔺️सरकारले भदौ २४ गतेको घटनाको छानबिन गर्न एक हप्ताभित्र उच्च स्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।
🔺️महिलाहरूका लागि सातै प्रदेशमा निःशुल्क 'ब्लु बस' सञ्चालन गर्ने सरकारको घोषणा
🔺️६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थीका संरचना हटाउने ।
🔺️सहकारीको पैसा फिर्ता १०० दिनमा सुरू गर्ने
🔺️नागरिकलाई सरकारी सेवा लिन धेरै कार्यालय धाउनुपर्ने दिनको अन्त्य गर्ने, जसका लागि नागरिक सेवा सञ्चालन गर्ने।
07/03/2026
बहुमत र दुई-तिहाइ बहुमत — छोटकरीमा बुझौँ:
१) बहुमत (Simple Majority)
कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत हुन्छ।
नेपालको प्रतिनिधि सभामा कुल २७५ सांसद छन्।
👉 १३८ जना वा सोभन्दा बढी = बहुमत
बहुमतले के गर्न सक्छ?
• सरकार बनाउने
• प्रधानमन्त्री चयन गर्ने
• साधारण कानून पास गर्ने
• बजेट पारित गर्ने
➡️ सरकार चलाउन बहुमत पर्याप्त हुन्छ।
⸻
२) दुई-तिहाइ बहुमत (Two-Thirds Majority)
कुल सांसदको २/३ (लगभग ६६%) समर्थन भए दुई-तिहाइ बहुमत हुन्छ।
👉 १८४ जना वा सोभन्दा बढी = दुई-तिहाइ बहुमत
दुई-तिहाइले के गर्न सक्छ?
• संविधान संशोधन
• ठूलो राष्ट्रिय निर्णय (जस्तै प्रदेश सिमाना)
• उच्च पदाधिकारीमाथि महाभियोग लगाउने
➡️ देशको ठूला र गम्भीर निर्णय गर्न दुई-तिहाइ आवश्यक हुन्छ।
यसपाली 🔔को बहुमत आउने पक्का देखियेको छ।
23/02/2026
पोखरा देखि काठमाडौ आउदै गरेको बस त्रिशुली नदिमा दुर्घटनामा मृत्यु भएका १९ जना मध्ये ९ को सनाखत
21/02/2026
अहिलेको चुनाबमा 🌞र ⭐️ताराका भोटहरु चिफ्लिन सक्छ चिफ्ल्यो भने फाईदा कस्लाई हुन्छ त ? कि 🌳 लाई कि त 🔔 लाई, चिफ्लिने कारण के छ त भन्दा खेरि चिन्ह उस्तै उस्तै देखिन्छ विशेष गरि आँखा कम देख्ने बुढा बुवा बुढी आमाहरुले चिफ्लाउने प्रबल संभावना देखिन्छ। Dim Bahadur BM Facebook Following ゚viralfbreelsfypシ゚viral
17/02/2026
सालीलाई जिस्काए पछि भेनाले मुक्का हाने, यस्लाई साली प्रतिको भेनाको माया भन्ने बुझौ!
17/10/2025
बधाई छ नेपाल क्रीकेट टीम🇳🇵🇳🇵
नेपालले छनोट खेलहरुमा अपराजित रही विश्वकपमा स्थान पक्का गराउँदै उपाधि चुमेको छ 🏆🏏♥️💪🇳🇵
11/10/2025
एउटै गाउँको एस्तो एउटा प्रेम जोडि जो सामाजिक तथा मानसिक पीडा कै कारण कर्णाली नदिमा संगै हाम फाली सदाका लागि अस्तायो !
आफ्नो boyfriend संगै गाउँ छाडेर भागेकी २० बर्षिय कर्मा बोहरा चिन्न नसकिने अबस्थामा सडेको भेटिईन ! उनले घाँटिमा लगाएको सिक्रीले पहिचान खुल्यो !
हुम्ला जिल्लाको चंखेली गाउँपालिका -४ माथिल्लो पाली बस्ने हर्क बोहराकी अन्दाजी २० बर्षीय छोरी कर्मा बोहरा र सोही गाउँका अन्दाजी २३ बर्षका हंस बुढाथोकी ले असोज ११ गते कर्णाली नदिमा संगै हाम फाली बेपत्ता भएका थिए ! बेपत्ता भएको १२ दिन पछि असोज २३ गते बाजुरा जिल्लाको हिमाली गाउँपालिका -६ झुगाला स्थित कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा भेटिएको शव उनै २० बर्षिय कर्मा बोहाराको भएको पुष्ठि भएको हो ! भने उनका प्रेमि अन्दाजी २३ बर्षका हंस बुढाथोकी अझै बेपत्ता रहेको उनका आफन्तले जान्कारी दिनुभएको हो !
हंस र कर्मा लामो समय देखि प्रेम सम्बन्ध मा रहेका थिए तर उनिहरुका परिवार बाट भने स्विकार्य मा नरहेको स्थानीय बताउछन् ! त्यस पछि उनिहरु गाउँ नै छोडेर भागे परिवारले फोन कल गरे सम्पर्क भएन उनिहरु गाउँ भन्दा धेरै टाढा पुगि सकेका थिए गाउँ नै छोडेर आएपछी अब हामी कहाँ जाने ! जाने ठाँउ हरायो हाम्रो भन्दै संगै कर्णाली नदिमा हाम फाली सदाका लागि बिदा हुने बाटाे रोजेको बुझिएको छ !
कर्माको शव दुई ढुंगावीच चिन्न नसकिने गरि सडेगलेको थियो
प्रहरीले प्लास्टिकमा पोको पारी कोल्टी अस्पतालमा पुर्याएको उक्त शव हेर्न हुम्ला बाट उनका बुवा हर्क बोहरा बाजुरा पुगि अस्पतालमा पोको पारी राखिएको सव खोलेर हेर्दा मेरै छोरी हुन भनी शवको प्रष्ट पहिचान खुलेको हो ! उनीहरुले घाँटीमा लगाएको सिक्री र शारीरिक बनावटका आधारमा नै सनाखत गरेका हुन !
यो कलियुग मा पनि मायाँको निमित्त प्राणा त्याग्ने बहिनि कर्मा को आत्माले शान्ति पाओस् !
यो घटनाले प्रष्ट पार्छ कि यो संसारमा माया भन्दा ठूलो केही छैन । मायाले नै यो संसार टिकेको छ।😢