केही मनका कुरा

केही मनका कुरा केही मनका कुरा

कबिता हाे,म लड्न हुदैन शब्द वाचन ।
22/12/2025

कबिता हाे,म लड्न हुदैन शब्द वाचन ।

Watch, follow, and discover more trending content.

21/12/2025

हाे,म लड्नु हुदैन ,
म लड्दा म सँग धेरै कुरा लड्छन् ।
मेरो ईच्छा शक्ति ,
भराेसा लड्छ।
म भित्र काे जाेश जाँगर
अनि उमंग लड्छ ।

शत्रुर हरु त खुशि हाेलान,
तर मेराे स्वाभिमान लड्छ ।
अरु लाई खुशि पार्न लड्नु छैन मलाई ,
म लड्दा मेरो आत्मसम्मान लड्छ ।
त्यैसले
हाे,म लड्नु हुदैन ।।

केही गरेर देखाउनु छ,
अरुलाई ।
केही अधुरा सपना पूरा गर्नु छ,
आफ्नो लागि ।
कसैका नजरमा दाेषि नबनि
निर्दाेष साबित गराउनु छ ।
त्यैसले ,
हाे , म लड्नु हुदैन ।।

थाहा छ मलाई एक दिन लड्नु नै छ,
त्यति बेला मलाई दुःखने छैन ।
आगाे ले पाेल्दा नि छट्पट्याउने छैन ।
भैतिक शरीर मात्र लड्ने छ ,
त्यो भन्दा अगाडि लड्न मन छैन ।
त्यसै ले,
हाे,म लड्न हुदैन ।।

21/12/2025
22/11/2025

गजल

हिलाम्य छु तर धुँदिन म

कती रुनु भो रूदीन म
मन को कुरा यो फुदिन म ।
कसलाई सुनाउँ यो मनको मैलो
हिलाम्मे छु तर धुँदिन म ।

म भई को धुलो हुँ ठिकै छु।
आकाश को जुन हूदीन म ।
कसलाई सुनाउँ यो मनको मैलो
हिलाम्मे छु तर धुँदिन म ।

गुलाफ को फूल त्यो मुस्कुराई रहेछ।
मेरालागी सिस्नु भो छूदिन म ।
कसलाई सुनाउँ यो मनको मैलो
हिलाम्मे छु तर धुँदिन म ।

04/11/2025

प्रिय साथि हरु सबै मा नमस्कार , म टि एन
अधिकारी प्रेमि काे तर्फबाट । याे पेज मा जति
पनि लेखहरु लेखिन्छन ती सबै लेखिएका लेखहरु कसैकाे
साभार गरिएका हुने छैन् । कृपया मनदेखि मन पराई दिनुहुन
अनुरोध गर्दछु । कहि कतै गल्ती भए माफ गरिदिनु हाेला ।

Address

Calea Vitan 55-59, București 031282
Bucharest
ANJALI123

Telephone

+9779866364809

Website

Alerts

Be the first to know and let us send you an email when केही मनका कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to केही मनका कुरा:

Shortcuts

Share