25/08/2026
आज मिति २०८३/०५/०९ गते मङ्गलबारका दिन यस् बिद्यालयको शिक्षक अभिभावक संघका अध्यक्षको सभाध्यक्षतामा अभिभावक भेला तथा कक्षा १ देखि १० सम्मका छात्र/छात्राहरूको नतिजा विश्लेषण कार्यक्रम भब्य रूपमा सप्पन्न गरियो ।
नतिजा विश्लेषण पश्चात् बिषय नलागी उत्तीर्ण हुन सफल छात्र/छात्राहरुलाई हौसला तथा प्रोत्साहनको लागि पुरस्कार वितरण साथै साप्ताहिक रूपमा सन्चालन हुने अतिरिक्त क्रियाकलापमा प्रथम , द्वितीय , तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल छात्र/छात्रालाई प्रोत्साहन स्वरुप सभाध्यक्ष श्री सुब्ब सिं घलान लगाएत अन्य अतिथिको सहजीकरण मा पुरस्कार वितरण आकर्षक ढंगले सप्पन्न गरियो ।
उतिर्ण भइ पुरस्कार ग्रहण गर्न सफल सम्पूर्ण छात्र/छात्रालाई बधाई 👋👋👋 साथमा धेरै धेरै धन्यवाद ! अझ तपाईहरुको मेहनत ,लगनशीलताको कमी नै छ आफ्नो सहि समयमा पढ्ने समयलाई ब्यबस्थापन गरेर अगाडि बढ्दा सफलताको शिखर चुम्न सकिन्छ तसर्थ सफल /असफल हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुले जिम्मेवारीका साथ आफुलाई तयारी गराएर पढाईमा निरन्तरता दिएमा सफल अवश्य भइन्छ तसर्थ सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुलाई अनुशासित भएर, मेहनत गरेर, समयको ख्याल गरेर , नियमित रूपमा बिद्यालय उपस्थित भएर आफ्नो कमिकम्जोरी सुधार गर्न अनुरोध गर्दछौ।
अन्तत:आजको कार्यक्रमलाई आकर्षक ,मनोरञ्जनात्मक , अन्तरक्रियात्मक बनाउन सहयोग गर्नुहुने आदरणीय अभिभावक ज्युहरु, अतिथिगण, शिक्षक सहकर्मी साथीहरू र प्यारा प्यारा विद्यार्थी भाइबहिनीहरुमा हार्दिक आभार प्रकट गर्दछौं ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐
🙏 बिद्यालय परिवार 🙏