Mahendra Secondary School, Waling-5

Mahendra Secondary School, Waling-5 Mahendra Secondary School, a government-aided public school which runs the classes from Montessori t

SEE 079 को हालसालै प्राप्त नतिजामा C वा C ग्रेड भन्दा कम final grade आएका कुनै दुई विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्या...
19/07/2023

SEE 079 को हालसालै प्राप्त नतिजामा C वा C ग्रेड भन्दा कम final grade आएका कुनै दुई विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीहरूले यथासक्य छिटो दुई प्रति पासपोर्ट साइजको फोटो, अनलाइन प्रिन्टेड ग्रेड शीट, नियमित SEE को प्रवेशपत्रको फोटोकपी र परीक्षा दस्तुर सहित विद्यालयमा लेखापाल सर (9846721489) सँग सम्पर्कमा रही परीक्षा फाराम भर्न अनुरोध छ।

All the best wishes to the SEE Graduates!  It's time for your enrollment as 11 graders....
13/07/2023

All the best wishes to the SEE Graduates! It's time for your enrollment as 11 graders....

08/07/2023

SEE को ग्रेडवृद्धि परीक्षा नदिंदा के हुन्छ ?
धेरै विद्यार्थीको जिज्ञासाको समाधानको लागि!
---
1.6 भन्दा कम छ,के गर्ने?
*ग्रेड वृद्धि दिनै पर्छ। जुन जुन विषयमा सैद्धान्तिकमा कम ग्रेड छ र जुन आफुलाइ सजिलो जस्तो लाग्छ, ती मध्ये बढिमा दुई विषय छानी छानी ग्रेड वृद्धि दिने,GPA 1.6 भन्दा बढ्‌न पनि सक्छ ।

1.6 आएको छैन, तर पनि नदिंदा के हुने ?
*केही हुन्न। SEE पूरा गरेकै हो। ग्रेडसीट र प्रमाणपत्र पाइन्छ।कक्षा ११ पढन पाईंदैन तर प्राविधिक तर्फको pre-diploma level पढ्‌न पाइन्छ।

1.6 कटेको छ, दिउँ कि नदिउँ ?
*यो तपाईंको इच्छा ! नदिए पनि ११ पढन पाइन्छ।कक्षा ११/१२ राम्रो पढ्‌ने,त्यहाँ राम्रो GPA ल्याउने।

1.6 कटेपछी नदिँदा भविष्यमा ग्रेडसीटले काम गर्छ त ?
*ग्रेडसीट तपाईंको योग्यता हो।काम लाग्छ।तर केही क्षेत्र/जागिरमा GPA 2 भन्दा कम छ भने असर गर्छ। जस्तै: खरिदारको लागि GPA न्युनतम 2 भन्छ।प्राविधिक तर्फको डिप्लोमा हेरि हेरि कुन कुन विषयमा के कति ग्रेड न्युनतम चाहिने हो त्यो पुग्नु पर्छ।त्यसैले बढाउन सकिन्छ भने दिनु राम्रो हो।कक्षा ११/१२ का जुनै पनि विषय पढन चाहिँ रोकावट छैन।

#ग्रेडवृद्धि दिंदै गरेर कक्षा ११/१२ पढिरहँदा हुन्छ ?
*तपाइको GPA 1.6 कटेको छ भने हुन्छ।।साउनमैं कक्षा ११/१२ को पढाइ हुन्छ।अनि ग्रेडवृद्धिको नतिजा भदौ अन्तिममा आउला। पढ़िरहने, बढ्यो भने ठिक छ, बढेन त छँदैछ।

#ग्रेडवृद्धि दिंदा घट्यो भने के हुन्छ ?
*केही हुँदैन।घट्यो भने पहिलेकै ग्रेड कायम हुन्छ।बढ्यो भने बढेर आउँछ।

06/07/2023

SEE परीक्षा 2079 मा यस महेन्द्र माध्यमिक विद्यालय वालिङ् ५, स्याङ्जामा वालिङ न पा का सामुदायिक विद्यालयहरू मध्ये उत्कृष्ट 3.65 अर्थात् कथित A+ ग्रेड सहित उत्तीर्ण हुने आशिष कुँवर बाबु सहित 41 जना परीक्षार्थी मध्ये 37 जनालाई हार्दिक बधाई। 4 जना बाबुनानी हरुलाई थप प्रयास गरी सफलताको शुभकामना। अभिभावकहरुको विश्वास गुम्न नदिने प्रण गर्दै आगामी दिनमा पनि सबैको साथ र सहयोग को अपेक्षा गर्दछौं। विद्यार्थी भाइबहिनीहरू लगाएत शिक्षक साथीहरु, अभिभावक वर्गहरु लगाएत सम्पूर्ण सहयोगी मनहरु प्रति हार्दिक आभार। साथै भोलि बिहान 11 बजे सम्पुर्ण SEE मा सम्मिलित विद्यार्थी भाइबहिनीहरुलाई विद्यालयमा उपस्थिति हुनको निम्ति अनुरोध गर्दछौं।
धन्यवाद।

06/07/2023

प्यारा विद्यार्थी भाइबहिनीहरु तिमीहरू एसईई नतिजाको पूर्व सन्ध्यामा छौ । नतिजा तिमीहरूको मिहिनेत बराबर कै पक्कै आउने छ। तर नतिजा राम्रो आएन भनेर कति पनि विचलित नहुनु है!

एसईई फगत एउटा सामान्य परीक्षा मात्र हो । यस्ता परीक्षा तिमीहरूले विद्यार्थी जीवनमा कयौँ पटक दिइसकेका छौ, अझै दिने छौ । एसईई परीक्षाले मात्र तिमीहरुको भविष्य निर्धारण गर्ने होइन नि ! देवकोटा, पारिजात, आइन्स्टाइन, हर्क साम्पाङ्ग, सन्दुक रुइत आदि विश्वप्रसिद्ध व्यक्तिहरुको ग्रेड कुन थियो थाहा छ ? नेल्सन मण्डेलाको अंग्रेजीमा कुन ग्रेड आएको थियो ? हर्क साम्पाङ्गले कुन डिभिजनमा एसएलसी पास गरेका थिए अनुमान गर्न सकिन्छ र ?

परीक्षा जे जस्तो भए पनि मिहिनेत गर्न नछोड, सफलता तिमीहरुलाई खोज्दै आउने छ । हामीलाई थाहा छ एक दिन तिमीहरूमध्ये कोहि हर्क साम्पाङ्ग र बालेन जस्तै असल नेता बन्ने छौ जसलाई विज्ञानका सिद्धान्तको कुनै असर हुने छैन, कोही ट्यागोर र सेक्सपियर जस्तै विश्वप्रसिद्ध साहित्यकार हुने छौ जसलाई गणितका सुत्रले रोक्ने छैन । कोही माइकल ज्याक्सन जस्तै चर्चित डान्सर बन्ने छौ त कोही दोस्रो ‘लेडि विथ द ल्याम्प’ हुनेछौ जसका सामु व्याकरण, लेखा र अर्थशास्त्रले पनि घुँडा टेक्ने छन्।

माड्साब

A shot taken after the completion of English and Nepali Handwriting Training for Students of 3-10 Graders from 2080-03-0...
01/07/2023

A shot taken after the completion of English and Nepali Handwriting Training for Students of 3-10 Graders from 2080-03-08 to 13... With two facilitators... Impressive one

कक्षा ११ को नतिजा प्रकाशन, सम्पुर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई।
27/06/2023

कक्षा ११ को नतिजा प्रकाशन, सम्पुर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई।

फूलबारीमा फूलहरू🌹🌹Photo credit 💳  Govinda sir
27/06/2023

फूलबारीमा फूलहरू🌹🌹
Photo credit 💳 Govinda sir

24/06/2023

आज शनिबारको दिन भएपनि Handwriting सुधार तालिम चलिरहेकाले कक्षा 3,4,5 लाई बिहान 10 बजे, 6,7,8 लाई बिहान 11:30 बजे र कक्षा 9,10 लाई दिउँसो 1 बजे विद्यालयमा उपस्थित गराइदिनु हुन सम्पुर्ण अभिभावक ज्यूहरुमा अनुरोध छ।
धन्यवाद।

प्रेरणादायी शब्दहरू:
22/06/2023

प्रेरणादायी शब्दहरू:

आज नियमित स्टाफ बैठकमा भ्रमण टोली का सदस्यहरूको समिक्षात्मक टिप्पणी सहितको प्रस्तुतिकरण।।।
15/06/2023

आज नियमित स्टाफ बैठकमा भ्रमण टोली का सदस्यहरूको समिक्षात्मक टिप्पणी सहितको प्रस्तुतिकरण।।।

शिशु र १ कक्षामा पढ्ने विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्नु भएकोमा वडा नं ५ कार्यालय परिवार प्रति विद्यालय परिवार...
15/06/2023

शिशु र १ कक्षामा पढ्ने विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्नु भएकोमा वडा नं ५ कार्यालय परिवार प्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

Address

Jagatbhanjyang
Waling

Alerts

Be the first to know and let us send you an email when Mahendra Secondary School, Waling-5 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mahendra Secondary School, Waling-5:

Shortcuts

Share

Category