प्रतिनिधि सभा निर्वाचन २०८२

  • Home
  • Nepal
  • Bhaktapur
  • प्रतिनिधि सभा निर्वाचन २०८२

प्रतिनिधि सभा निर्वाचन  २०८२ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रतिनिधि सभा निर्वाचन २०८२, Bhaktapur.

26/04/2026
20/04/2026

यस्तो बन्यो राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय टिम
रवि लामिछाने- सभापति
स्वर्णिम वाग्ले- उप सभापति
कविन्द्र वुर्लाकोटी- महामन्त्री
भुपदेव साह- महामन्त्री
विपिन आचार्य- सहमहामन्त्री
लिमा अधिकारी- कोषाध्यक्ष
वसु माया तामाङ- सहकोषाध्यक्ष्य
मनिष झा- प्रवक्ता
गणेश पराजुली- सचिवालय सदस्य
दिपक बोहरा- सचिवालय सदस्य
बिराज भक्त श्रेष्ठ- सचिवालय सदस्य
शिशिर खनाल- सचिवालय सदस्य
सोभिता गौतम- सचिवालय सदस्य
हरि ढकाल- सचिवालय सदस्य
सागर ढकाल- सचिवालय सदस्य
सरिता श्री ज्ञवाली- सचिवालय सदस्य

06/04/2026

आफ्नो विचार राख्नुस् त...

रास्वपाको समानुपातिकबाट ५७ जना सांसद बन्ने, टुंगियो नाम !        ゚
15/03/2026

रास्वपाको समानुपातिकबाट ५७ जना
सांसद बन्ने, टुंगियो नाम !


09/03/2026

प्रतिनिधिसभा निर्वाचन–२०८२ मा नेकपा एमालेले अप्रत्याशित रूपमा कमजोर नतिजा व्यहोरेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्न उठाउँदै एमालेका पदाधिकारी तहकै नेताहरूले पार्टीको नीति, नेतृत्व र कार्यशैलीको गम्भीर समीक्षा गर्नुपर्ने आवाज उठाउन थालेका छन्।

२०७९ को निर्वाचनमा ७९ सिट जितेको एमाले यसपटक प्रत्यक्षतर्फ जम्मा सात सिटमा सीमित भएको छ। आइतबार रातिसम्मको मतपरिणामअनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मिलाएर पनि एमाले करिब २५ सिट आसपासमा सीमित हुने देखिएको छ। यसलाई एमालेको ०४८ सालयताकै सबैभन्दा कमजोर परिणामका रूपमा विश्लेषण गरिएको छ।

रुपन्देही–२ बाट पराजित एमाले उपाध्यक्ष विष्णु पौडेलले चुनावी परिणामपछि पार्टीभित्र गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। उनले जनअपेक्षाअनुसार पार्टीको नीति, नेतृत्व र संगठनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। पौडेलको यो अभिव्यक्तिपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस झन् बलियो बन्दै गएको छ।

पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले भने अझ कडा टिप्पणी गर्दै पार्टी जोगाउन अध्यक्ष ओलीले पद त्याग्नुपर्ने बताएका छन्। उनले अहिलेको चुनावी परिणामको मुख्य जिम्मेवारी नेतृत्वले लिनुपर्ने तर्क गर्दै अब पनि पार्टीभित्र आत्मसमीक्षा नगरे आन्दोलन नै समाप्त हुने चेतावनी दिएका छन्।

‘आजको समस्याको समाधान खोज्ने हो भने अध्यक्ष ओलीले आन्दोलन जोगाउन पद छोड्न तयार हुनुपर्छ,’ पाण्डेले भने, ‘अहिलेको परिणामले लगभग सर्वनाशको स्थिति देखाइसकेको छ। अब पनि सच्चिएनौँ भने पार्टी र आन्दोलन दुवै सत्यानाशको बाटोतिर जानेछ।’

एमालेका अन्य नेताहरूले पनि पार्टीभित्र नीति, नेतृत्व र शैलीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले चुनावी परिणामलाई गम्भीर धक्का भन्दै आवश्यक परे नेतृत्वको विकल्पबारे पनि छलफल हुन सक्ने संकेत दिएका छन्।

‘यो निकै गम्भीर धक्का हो,’ ज्ञवालीले भने, ‘जहाँ नीति परिवर्तन गर्नुपर्ने छ त्यहाँ नीति परिवर्तन हुन्छ, जहाँ शैली परिवर्तन गर्नुपर्ने छ त्यहाँ शैली परिवर्तन हुन्छ। यदि नेतृत्वको भूमिकाबारे प्रश्न उठ्छ भने त्यसको पनि समीक्षा हुन्छ।’

एमालेको अप्रत्याशित हारपछि जिल्ला तहका नेताहरूले समेत नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन थालेका छन्। मकवानपुर जिल्ला कमिटीका अध्यक्ष श्रीधर पोखरेलले पार्टीको खराब नतिजाको जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन्। उनको राजीनामापछि जिल्ला कमिटीले उपाध्यक्ष हृदम लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

पोखरेलले पार्टीलाई सही दिशामा अघि बढाउन अध्यक्षदेखि शीर्ष नेतृत्वसम्मले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। आवश्यक परे नेतृत्व तहले नै राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ।

एमाले केन्द्रीय प्रचार विभागका संयोजक मीनबहादुर शाहीले भने चुनावी परिणामबारे पार्टीले औपचारिक रूपमा समीक्षा गर्ने बताएका छन्। उनले जनताबाट आएको जनादेशलाई सम्मान गर्दै उपयुक्त समयमा पार्टीको फोरममा विस्तृत समीक्षा गरिने बताएका छन्।

हाल एमालेभित्र हारको कारणबारे बहस तीव्र हुँदै गएको छ। पार्टीभित्रको आन्तरिक विवाद, नेतृत्वशैली, जनतासँगको दूरी र नयाँ राजनीतिक शक्तिको उदयलाई हारको मुख्य कारणका रूपमा विश्लेषण गर्न थालिएको छ।

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when प्रतिनिधि सभा निर्वाचन २०८२ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share