02/07/2026
विषय : शिक्षक आवश्यकता सम्बन्धी सूचना ।
प्रस्तुत सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाई झापाको प.सं.२०८२१०८३ (वि.प्र.शाखा) च.नं. २११२ मिति २०८३।०३।१२ गतेको प्राप्त अनुमतिपत्र तथा यस विद्यालयको मिति २०८३।०३।१२ गते बसेको वि.व्य.स. समितिको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको मा.वि तहको तृतीय श्रेणी कम्प्युटर विज्ञान विषयको शिक्षक करारमा नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट तपशिल अनुसारको विवरण सहित सूचना प्रकाशन भएको मितिले १५ दिन (शिक्षक सेवा आयोगबाट करार सूचीमा सूचीकृत व्यक्तिको लागि मात्र) भित्रमा तोकिएको समयमा निवेदन दिन यो सूचना प्रकाशित गरिएको छ ।
#अध्ययन #पदपूर्ति #कर्मचारी