Shree Sagarmatha Secondary School, Bhorleni

Shree Sagarmatha Secondary School, Bhorleni Shree Sagarmatha Secondary School is located in Chaudandigadhi Mun.-3,Udayapur. Established in 2050BS

मिति २०८३/०३/११ गतेका दिन कक्षा ५,६ र ७ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिबृद्धिको लागि भएको अन्तरक्रिया का...
26/06/2026

मिति २०८३/०३/११ गतेका दिन कक्षा ५,६ र ७ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिबृद्धिको लागि भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थी, शिक्षक, वि.व्य. स. अध्यक्ष र शि.अ. सं. अध्यक्ष

नगरपालिकाद्वारा आयोजित लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रममा सहभागी हुँदै कक्षा ८,९ र १० का छात्रा/ छात्रहरू
24/06/2026

नगरपालिकाद्वारा आयोजित लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रममा सहभागी हुँदै कक्षा ८,९ र १० का छात्रा/ छात्रहरू

यही जेठ २९ गते विद्यालयमा आयोजित अतिरिक्त कृयाकलाप अन्तर्गत गायन प्रतियोगिता कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रथम ...
13/06/2026

यही जेठ २९ गते विद्यालयमा आयोजित अतिरिक्त कृयाकलाप अन्तर्गत गायन प्रतियोगिता कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रथम कक्षा १० का उज्वल भित्रीकोटी, द्वितीय कक्षा ८ की समिक्षा बिक र तृतीय कक्षा ९ का योजन बिक भए ।

धन्यवाद ज्ञापनउदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं.–४ शनिबारे बजार निवासी समाजसेवी तथा शिक्षाप्रेमी हिरा मगर ज्यूले...
12/06/2026

धन्यवाद ज्ञापन
उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं.–४ शनिबारे बजार निवासी समाजसेवी तथा शिक्षाप्रेमी हिरा मगर ज्यूले यस श्री सगरमाथा माध्यमिक विद्यालय, भोर्लेनीलाई रु. १० हजार बराबरको ४ थान सिलिङ पङ्खा प्रदान गरी विद्यालयको शैक्षिक तथा भौतिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएकोमा विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
यहाँको यस सहयोगले विद्यार्थीहरूलाई सहज, स्वच्छ तथा अनुकूल वातावरणमा अध्ययन–अध्यापन गर्न थप सहयोग पुग्ने विश्वास लिएका छौँ। शिक्षा क्षेत्रप्रति देखाउनुभएको सद्भाव, सामाजिक उत्तरदायित्व तथा सहयोगी भावनाको विद्यालय परिवार उच्च सम्मान गर्दछ।
यस पुण्य कार्यका लागि आदरणीय हिरा मगर ज्यूप्रति विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, अभिभावक तथा सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि शिक्षा तथा समाजसेवाका क्षेत्रमा यहाँको निरन्तर सक्रियता र प्रगतिका लागि शुभकामना समेत व्यक्त गर्दछौँ।
-विद्यालय परिवार
श्री सगरमाथा माध्यमिक विद्यालय, भोर्लेनी
चौदण्डीगढी नगरपालिका–३, उदयपुर

ग्रेडवृद्धि परीक्षामा सहभागी हुने यस विद्यालयका परीक्षार्थीहरूको लागि यो सूचना
04/06/2026

ग्रेडवृद्धि परीक्षामा सहभागी हुने यस विद्यालयका परीक्षार्थीहरूको लागि यो सूचना

भोलि जेठ १९ गतेदेखि बिहान ६:१५ देखि मध्यान्ह १२ बजेसम्म विद्यालयमा पठनपाठन हुने
01/06/2026

भोलि जेठ १९ गतेदेखि बिहान ६:१५ देखि मध्यान्ह १२ बजेसम्म विद्यालयमा पठनपाठन हुने

सूचना           सूचना     सूचनायही मिति २०८३ साल जेठ ४ गते सोमबार बिहान १०:३० बजे विद्यालयमा उपस्थित हुनेगरी सम्पूर्ण अभ...
16/05/2026

सूचना सूचना सूचना
यही मिति २०८३ साल जेठ ४ गते सोमबार बिहान १०:३० बजे विद्यालयमा उपस्थित हुनेगरी सम्पूर्ण अभिभावक ज्यूहरूलाई पत्राचार गरिएकोमा केही पत्रहरूमा प्राविधिक त्रुटी हुन गई उपस्थित मिति फरक पर्न गएकोले त्यसमा हामी क्षमाप्रार्थी छौँ । साथै उपस्थित मिति २०८३/०२/०४ गते सोमबार बिहान १०:३० बजे नै रहेको जानकारी गराउन चाहन्छौं ।

गत शैक्षिक वर्षको कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी सा...
12/05/2026

गत शैक्षिक वर्षको कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी साथै अनुशाषित र नियमित विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरियो ।

30/04/2026

विद्यार्थी भर्ना अभियान २०८३
मिति: २०८३/०१/१७
क्याचमेन्ट एरिया: तुर्लुङ्टार

Address

Chaudandigadhi Mun.-4, Udayapur
Udayapur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Sagarmatha Secondary School, Bhorleni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category