24/04/2026
संगीत शिक्षा र यस्को प्रबर्द्धनको लागि उदयपुर बेल्टारमा पहिलो चोटि दर्ता गराउन जाँदै गर्दा एक जना कर्मचारिले भन्नु भएको थियो,
"तपाइँले नपत्याउँदो जोखिम लिँदै हुनुहुन्छ "
मैले उहाँलाई भनेको थिएँ, म विशुद्ध नेपालि संगीत प्रतिष्ठानको लागि ईमान्दार पुर्वक आफ्नो भुमिका निर्वाह गर्नेछु ।
तर उहाँले फेरि भन्नु भएको थियो, " तपाइँका कृतिहरुको बेल्टार बसाहालाई भ्यालु हुनेछैन"
मैले हाँसेर जवाफ दिएको थिएँ, र पनि म निराश हुनेछैन ।
समयवश आज दुई बर्ष हुनका लागि दिनहरु हतारिरहेका छन, त्यतिका दिन सम्म मैले के पाउन सकेँ भन्दा पनि के दिन सकेँ भन्ने कुराहरु प्रति म ध्यानस्थ छु,
बिनायो म्युजिक एकेडेमि स्थापनाकाल देखि आज सम्म सोहि स्थितिमा छ। संगीतका लागि विनायोले दिएको योगदान उदयपुर आइडल लगायत बिभिन्न लाइभ कन्सर्ट मध्येका बिनायो म्युजिक एकेडेमिको प्रस्तुतिहरुले पुष्टि गर्छ ।
यस्का लागि बिभिन्न पत्रकार एवं मिडियाहरुलाई आफ्नो विज्ञापन दिन पनि चाहिन। मैले त्यस परिसर सेरोफेरोका लागि केहि पोष्टरहरु टाँसेर आफै सुचना दिने केहि कामहरु भने गरेको थिएँ, यस्का लागि मलाई मेरा पृय भाईहरुले ठुलो सहयोग गर्नु भएको छ ।
आज -
मैले गजबले यस बिनायो म्युजिक एकेडेमिले दिएको शिक्षा र विद्यार्थिहरुको मुल्याङ्कन गरिदिएको छु, निरन्तर संगीत शिक्षा लिएर विदाई हुनेहरुलाई मैले आफ्ना दस्तावेजहरुमा समावेश गरेको छु, उहाँहरुलाइ लाख बधाई एवं धन्यवाद !
साथै धेरै नानिबाबुहरु लगायत किशोर वयस्क सबैखाले शिक्षार्थिहरु जो जो लामो समय सम्म संगीत शिक्षा लिएर संगीत प्रतिष्ठानको नियम उल्लङ्घन गरि त्यस्का मासिक शुल्क र भर्ना शुल्क सम्म नचुकाई जानेहरुलाई पनि धन्यवाद नै दिन चाहन्छु । लगभग दुई तिन जना भन्दा बेसिको मासिक नलिएको जानकारि गराउन चाहन्छु।
शुल्क माग्ने क्रममा भोलि या पर्सि ल्याइदिन्छु भन्दै अन्तमा निस्केर जानेहरुको एक गट्ठा विद्यार्थिहरु सँग चित्त दुखाउन चाहिन ।
अर्को अर्थमा -
बेल्टारलाई संगीत एकेडेमि दिने एउटा जो सपना थियो पुरा भयो। यो मेरो लागि सबै भन्दा ठुलो कुरा हो। मलाई बेल्टार हाङबजारका कलाकार भाईहरुले ऐतिहासिक गुण लगाउनु भएको छ। त्यो म पक्कै नतिरि छाड्ने छैन ।
र -
अन्तमा अब बिनायो म्युजिक एकेडेमि बेल्टारमा कति सम्म रहन सक्ला या नसक्ला, नसकेको खण्डमा पनि कसैले गुनासो नगरिदिनुहोला र सकेको खण्डमा म आफुलाई भाग्यमानि सम्झनेछु ।