24/09/2026
अत्यन्त जरुरी सूचना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ८ गतेदेखि केही दिनसम्म भारी वर्षा, हावाहुरी तथा चट्याङ पर्न सक्ने सम्भावना रहेको हुँदा पूर्वसतर्कताका लागि सूचना जारी गरिएको छ।
यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार तथा तुलसीपुर उपमहानगरपालिका को सुचना अनुसार असोज ८ र ९ गते विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ।
यस विषम परिस्थितिमा आफ्ना बालबालिकालाई घरमै सुरक्षित राख्नुहुन तथा जोखिमयुक्त स्थानमा नजानु र नबस्नुहुन सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूमा हार्दिक अनुरोध गर्दछौँ।
विद्यालय प्रशासन
ग्रेट अरनिको इङलिस सेकेन्डरी स्कुल