भुपु विद्यार्थी श्री समावि ठोरी

  • Home
  • Nepal
  • Thori
  • भुपु विद्यार्थी श्री समावि ठोरी

भुपु विद्यार्थी श्री समावि ठोरी school is an educational institution designed to provide learning spaces and learning environments f

अनलाइन कक्षाको आवश्यक                  सूचना।अभिभावक  तथा विद्यार्थीहरुसँग  तपसिलको मिति ,समयमा अनलाइन कक्षाको लागि प्रय...
11/08/2021

अनलाइन कक्षाको आवश्यक
सूचना।
अभिभावक तथा विद्यार्थीहरुसँग तपसिलको मिति ,समयमा अनलाइन कक्षाको लागि प्रयोगात्मक अभ्यास गर्नु परेकोले एन्ड्रोइड मोबाइल सहित उपस्थित भइदिनु हुन सुचित गरिन्छ।
मिति कक्षा
२०७८/०४/२८ ४ र ५
२०७८/०४/२९ नर्सरी,केजी,१,२ र ३
२०७८/०४/३१ ६
२०७८/०४/३२ ७
२०७८/०५/०१ ८
२०७८/०५/०२ ९
२०७८/०५/०४ १०
समय:- बिहान ७:०० बजे देखि
आआफ्नो रुटिङ बमोजिम आउनुपर्ने छ।
आगामी भाद्र ७ गते देखि अनलाइन कक्षा संचालन गर्ने लक्ष्य रहेको छ।
कक्षा ११ र १२ को लागि अर्को सुचना गरिनेछ।
यो पोष्ट हेर्नुहुने महानुभावहरुले शेयर तथा मौखिक जानकारी मार्फत अभिभावक तथा विद्यार्थीसंग सुचना पुर्याइदिनुहुने छ भन्ने आशा र बिश्वास लिइएको छ।
प्र अ
केशवप्रसाद रेग्मी

कक्षा १२ को परीक्षा तालिका
21/07/2021

कक्षा १२ को परीक्षा तालिका

20/07/2021

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने पन्तले जानकारी दिए ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

परीक्षा सय पूर्णांककै

माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै गराउने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको बोर्डले जनाएको छ ।

बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।

भर्ना खुल्यो!भर्ना खुल्यो!!भर्ना खुल्यो!!!यस श्री सरस्वती मा बि गौतमनगर ठोरी पर्सामा कक्षा नर्सरी देखि कक्षा ९ सम्म शैक्...
22/06/2021

भर्ना खुल्यो!भर्ना खुल्यो!!भर्ना खुल्यो!!!

यस श्री सरस्वती मा बि गौतमनगर ठोरी पर्सामा कक्षा नर्सरी देखि कक्षा ९ सम्म शैक्षिक सत्र २०७८ का लागि नयाँ भर्ना मिति २०७८/०३/०७ देखि खोलिएको ब्यहोरा जानकारी गराइन्छ।
अभिभावकले बिद्यालयमा बिहान ७:०० बजे देखि १० बजे सम्म स्वास्थ्य मापदण्ड अपनाइ ,सामाजिक दुरी कायम गरि आफ्ना नानीबाबुको भर्ना गर्न सकिने ब्यहोरा जानकारी गराइन्छ।
भर्नाको लागि आवश्यक कागजातहरु
नर्सरीको लागि जन्म दर्ताको प्रतिलिपी
अन्य कक्षाको लागि जन्म दर्ताको प्रतिलिपी सहित तल्लो कक्षा उत्तिर्ण गरेको लब्धांक पत्र/ ग्रेड सिटको प्रतिलिपी ,र स्थानान्तरण ,चारित्रीक प्रमाणपत्रको प्रतिलिपी ।
साथै हाल ठोरीमा उपलब्ध नहुने बिद्यार्थीहरुले तलको लिंक खोलेर बिद्यालयमा आवश्यक कागजात सहित बुझाउने शर्तमा अनलाइन भर्ना आवेदन समेत गर्न सक्नेछन् ,अन्य जानकारीको लागि बिद्यालयमा सम्पर्क गर्नुहुन।https://docs.google.com/forms/d/e/1FAIpQLSf1KPckrUNXLXQi3YYJVQPS65lBf9R6DbCvUd44RA-word0og/viewform?usp=pp_url
प्रधानाध्यापक
केशव प्रसाद रेग्मी
श्री सरस्वती मा. बिद्यालय
गौतमनगर,ठोरी-२,पर्सा।
सम्पर्क नं. ९८५५०४८४३१

09/05/2021

भनिन्छ, दुःख बाजा बजाएर आउँदैन । तर, नेपालमा कोरोनाभाइरसको महामारी बाजा बजाएरै आयो । कोरोना संक्रमण घट्यो भनेर हामीले हाम्रो जीवनशैली र दिनचर्यालाई बेरवाह बनाइरहँदा छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित तुल्याइसकेको थियो । तर, हामी त्यसबाट सचेत भएर सिक्नतिर लागेनौं । यो विषम परिस्थिति आउनुपूर्व नै सावधानी अपनाऊ है, प्रतिकारका लागि तयार होऊ है भन्ने संकेत महामारीले दिए पनि हामी तमासे बनेर बस्यौं ।

भारत र अन्य सुविधा सम्पन्न देशले भोगेको कारुणिक अवस्थाको हामी दर्शकमात्र बन्यौं तर त्यसबाट पाठ सिक्नतिर भने लागेनौं । महामारीको भयावह दृश्य देख्दा पनि हामीले यति लापरवाही गर्यौं कि बेसार पानीको ध्वाँस दिएर हजारौं जनतालाई आज उपचार र अक्सिजनका लागि तड्पिन बाध्य बनायौं ।

गत वर्ष चीनबाट सुरु भएको महामारीले संसार चहारीसकेको छ । गत वर्ष समयमै लकडाउन त भयो तर कुनै विवेकविना नै । जसका कारण कति जनताले खान नपाएर सडकमै ज्यान गुमाए भने कतिले सिटामोल र जीवनजल नपाएर जीवन गुमाए । समयमै सीमा व्यवस्थित गर्न नसक्दा लाखौं संक्रमित भए भने हजारौंले ज्यान गुमाए । आज फेरि वर्ष दिन नबित्दै त्यही अवस्था दोहोरिएको छ । जनताले अक्सिजन र उपचारको अभावमा ज्यान गुमाउन थालेका छन् ।

भारतमा महामारी बढेसँगै संकेत दिइसकेको थियो कि अब पालो नेपालको । तर हाम्रा शासक यति विज्ञ भए कि मानौं यहाँ कोरोनाजस्ता भाइरसलाई ‘छु मन्तर’मा उडाइदिने अस्त्र नै छ । भारतमा अक्सिजन र उपचार नपाएर बाटो बाटोमा छट्पटाउँदै ज्यान गुमाएकाहरुको कथा हेर्दै बस्यौँ हामी तर त्यही अवस्था यहाँ आयो भने के गर्ने भनेर तयारीमा जुटेनौं । न सीमामा कडाइ भयो, नत विमानस्थलमा । नत महामारीसँग प्रतिकार गर्न जनशक्ति र संरचना नै तयार भयो । जनता पनि तिनै शासकका पछि पछि झण्डा बोक्दै दौडिनमै व्यस्त भयौं । शासक भने कुर्सीका लागि अगल–बगल चहार्न मै व्यस्त बने ।

कोरोनाभाइरसको दोस्रो लहरले हामीलाई घेरिसकेको छ । आज अस्पतालहरुमा बेड पाउन मुस्किल छ । दोस्रो लहर पहिलाको भन्दा निकै घातक सावित भएको छ । रुघा, खोकी, ज्वरो निको हुनै लागेको अवस्थामा पनि अचानक अक्सिजनको लेभल घट्ने अनि तत्काल अस्पताल र उपचार भएन भने बिरामीको ज्यानै जान सक्ने अवस्था देखिएको छ ।

प्रसङ्ग संक्रमणको

निरन्तर टाउको दुखाई र औषधि खाए पनि नघट्ने ज्वरोको सामनापछि अब यो भाइरल ज्वरो होइन है भन्ने लागेर मैले श्रीमानलाई छाउनी अस्पतालमा कोभिड परीक्षणका लागि लगेँ । नभन्दै उहाँको कोभिड रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट आउनुभन्दा अगावैबाट उहाँमा सास फेर्न समस्या हुन थालिसकेको थियो । अक्सिजन लेभल ९३ हुँदै ८६ सम्म आउन थाल्यो । रुघाखोकी निको भइसकेको अवस्थामा पनि ज्वरो र टाउको दुखाई भने घटबड भइराख्नुले केही संकेत गरेको रहेछ । हुन त म आफै पनि स्वास्थ्यकर्मी भएकाले यसमा निरन्तर निगरानी भने राखिरहेको थिएँ ।

हतारहतार हामी एउटा प्राइभेट हस्पिटल पुग्यौं । जहाँ हामीलाई हाम्रो अवस्थाको बारेमा थाहा पाउन झन्डै ४ घण्टा जति लाग्यो । कोरोना पोजेटिभ बिरामीले पाएको दुःख देख्दा घरमाथिको छाना उडाएजस्तो भयो । हस्पिटलको व्यवहारले झनै बिरामीको मनोबल कमजोर भएको प्रस्ट देखेँ मैले । किनकि म लामो समयदेखि स्वास्थ्य कर्ममा सक्रिय भएकाले बिरामीको मनोभाव छाम्न सक्छु । तर यो समय म कुनै पनि अस्पताल र कलेजसँग आवद्ध नभएकाले पायक पर्ने अस्पताल, अझ भन्नुपर्दा निकै नाम चलेको अस्पताल पुर्याएको थिएँ श्रीमानलाई ।

तत्काल एक्स–रे गर्न आग्रह गरेँ । बिरामीको एक्स–रेले मुटुको चित्र त देखायो तर मुटुभित्रको पीडा र रोदन खिच्न भने सकेन ।

हामी पोजेटिभ केस थियौं । यो नलुकाउँदा धेरै दुःख पाइयो, अझ भन्नुपर्दा अस्पतालले बिरामीलाई जसरी व्यवहार गर्नुपर्दथ्यो, त्यो विल्कुलै थिएन । फेरि रोग लुकाउन एक त हाम्रो मानवताले दिएन, अर्को, स्वास्थ्यजस्तो संवेदनशील विषयमा यो लुकाउनु निकै घातक हुन्थ्यो पनि ।

हामी सबै यस्तो भ्रममा हुन्छौ कि ‘म र मेरो परिवारलाई त यस्तो रोग नै लाग्दैन र लागिहाले पनि मृत्युसम्म पुग्नु नै पर्दैन । समाचारमा आएका सबै तथ्य अरुकै लागि हुन्’ भन्ने ठान्छौं । हो यही भ्रम हस्पिटलमा आएका केही व्यक्तिहरुसँग पनि पाएँ मैले । उक्त अस्पतालको इमर्जेन्सीमा पनि बेडको उपलब्धता नभएपछि मेरा कागजरुपी पैसा मूल्यहीन बनेका थिए । अनि बिरामीलाई घरै फर्काउने निधो गरेँ ।

त्यो अवस्था यस्तो थियो कि बिरामीको उपचार गर्न बनेका अस्पतालबाटै कोरोना संक्रमित बिरामी उपचार नपाएर घर फर्किदै थिए । त्यो बेला अस्पताललाई भन्दा बढी राज्य संयन्त्रलाई धिक्कार्न मन लाग्यो ।

बाटो निकै भिडभाड थियो । महामारी फैलिइसकेकाले कतै लकडाउन हुन्छ भन्ने सुनिन्थ्यो त कतै अब लकडाउन हुँदैन भन्ने सुनिन्थ्यो । तर मेरो नजरमा ती सबै चलायमान वस्तुहरु अनि आवाजहरु स्थिर थिए । त्यो कोलाहलको बीचमा पनि मैले मेरो मुटुको धड्कन प्रष्ट सुनिरहेको थिएँ । म यस्तो संसारमा पुगेँ कि जहाँबाट टाढाटाढासम्म निकासको ढोका नै देखिनँ । केही समय आफैसँग लड्दै आफैलाई सान्त्वना दिन थालेँ । म डगमगाउन हुन्न, न त थाक्नु नै हुन्छ, म हार्नु हुन्न, मैले पूर्णरुपमा आफ्नो जिम्मेवारी निभाउनु छ । यतिका वर्ष गरेको कर्म अब यहाँ लगाउने निधो गरेँ ।

घरमा अक्सिजनको सिलिन्डर र आवश्यक औषधिको जोहोका लागि सहयोग मागेँ र आफ्ना सबै चिनेजानेका अस्पताल र साथीभाइहरुसँग खाली बेडको लागि हारगुहार गरेँ । एक घण्टाको अवधिमा जति ठाउँमा सम्पर्क गरेँ तर कतै बेड खाली छ भन्ने जवाफ पाइनँ । त्यो अवस्था निकै भयानक थियो मेरा लागि । लाचार बनेकी एक स्वास्थ्यकर्मी थिएँ म । आफैलाई धिक्कारेँ । आँखा अगाडि काल देख्न थालेँ । मनमा पीडा मडारिइरहेको थियो तर मेरो अवस्थालाई बिरामीले थाहा नपाउन् भनेर लुकाउन खोजिरहेको थिएँ । मलाई मेरो धर्तीको पाप नलागोस्, त्यो समय मैले आफूलाई लाचार विवशताले घेरिएको एक पात्रको रुपमा पाएँ र यस्तो देशमा जन्मिएकोमा धिक्कारेँ पनि ।

अस्पतालसम्मको त्यो सास्ती

घरमै राखेर बिरामीलाई औषधि, नेबुलाइजर अनि अक्सिजन आफैले सुरु गरेँ । त्यसपछि बिरामीलाई केही राहत भएजस्तो देखियो । तर, अक्सिजनको लेवल घटिरहेको हुँदा जसरी पनि अस्पताल पुर्याउनु पर्ने देखिन्थ्यो । त्यो निकै खतरापूर्ण अवस्था थियो । कोभिडका बिरामीको उपचारमा संलग्न हुन नपाए पनि अन्य थुप्रै रोगका बिरामीको उपचारमा संलग्न भएकाले म बिरामीहरुको अवस्थाबारे जानकार थिएँ ।

आफन्त र साथीहरुबाट एकै समयमा खबर आयो कि ३÷४ वटा अस्पतालमा १÷१ बेडमात्र खाली भएको र आफुले बुक गरेको । हामीले ती अस्पतालमध्ये एपीएफ अस्पताललाई रोज्यौं । अब लैजाने कसरी ? एम्बुलेन्सलाई खबर गर्दा सबैले समय लाग्ने बताए । लगत्तै दाइलाई खबर गर्यौं, उहाँले आफ्नै गाडीमा पुर्याइदिने बताउनुभयो । राहतको सास फेर्यौं ।

स्वयम्भुदेखि बलम्बुसम्मको बाटो १० मिनेटको होला । तर, इमर्जेन्सी लाइट बाल्दै जाँदा पनि हामीलाई बाटो छिचोल्न १ घण्टा ३० मिनेट लाग्यो । बाटोभरी साइरन बजाइरहेका एम्बुलेन्स थिए तर बाटो छिचोलिसक्नु थिएन । सोही दिन अर्थात् वैशाख १४ गते सरकारले १६ गतेबाट निषेधाज्ञा लगाउने निर्णय गरेको थियो र त्यही कारण गाउँ फर्किनेको भिड थियो त्यो । गाडीको जाम यति थियो कि सायद कलंकीबाट थानकोट पुग्न एउटा गाडीलाई ५ घण्टाभन्दा कम समय पक्कै लागेन ।

केही समय पहिले चाइना र सिंगापुरको भ्रमण गरेकी मलाई त्यहाँको बाटोघाटो र गाडीको याद आयो । एम्बुलेन्सको लागि छुट्टै खोलिएको खाली बाटोको महत्त्व यतिबेला बुझेँ । सोचेँ, यहाँ कतिले बाटोकै कारण ज्यान गुमाए होलान् ? एउटा बिरामी जसको प्रत्येक सेकेण्ड कति मूल्यवान हुन्छ । कठै मेरो देश, दया पनि लाग्यो ।

रात परिसकेको थियो, एपीएफको गेटमा बिरामी लिन एम्बुलेन्स आयो । बिरामीलाई गेटसम्म लिन आउने र आफन्तहरुलाई संक्रमण नहोस् भनेर त्यहीँबाट फिर्ता गर्ने अस्पतालको व्यवस्थाले त्यतिनै बेला सास आयो । लाग्यो अब बाँचिन्छ ।

भित्र बिरामीहरु खचाखच थिए । मेरो बिरामीलाई छिटोछिटो अक्सिजन दिन सुरु गरियो, मनिटर जोडियो, औषधि चलाउन सुरु गरिहाल्यो । भर्खरैसम्म छट्पटाइरहेको मेरो बिरामीले आनन्दले सास फेरेको देखेँ, तब मैले पनि लामो सास तानेँ र अन्य बिरामीतिर नजर डुलाएँ ।

सेता सिपाहीप्रति नमन

बिहानको सरसफाई सकिएपछि सबैलाई गुड मर्निङ भन्ने मिठो स्वर सुनियो । अघिल्लो दिनको दौडधुप र अस्पताल चहार्दाको तनावले थकित मेरो शरीरमा आफै ड्यूटीमा छु कि जस्तो महसुस भयो । त्यो मिठो आवाजले ममा शीतलताको रक्त संचार गराएको थियो ।

‘सिस्टर सबनम बेड नम्बर ७ को पर्दा हटाई दिनुस् त, सीसीटीभीमा हामीले उहाँलाई देख्न सकिरहेका छैनौं ।’

सिस्टर पर्दा हटाएर सीसीटीभीतिर पोजिसन दिँदै हातको इशाराले ‘भयो ?’ भन्छिन् । उताबाट आवाज आउँछ– भयो धन्यवाद ।

२०० जनाभन्दा बढी बिरामीलाई दिनको ४ पटकसम्म खाना खुवाउने, उनीहरुको स्वास्थ्यको लागि २४ घण्टा पीपीई सेटभित्र पसिना चुहाउँदै ड्यूटी गर्ने डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीहरुको स्याँ स्याँ र फ्याँ फ्याँले मभित्र मिश्रित भावनाहरु आइरहेका थिए । सरकारी अस्पताल (सशस्त्र प्रहरीको अस्पताल)मा देखिएको टेक्नोलोजीको प्रयोगकै कारण उपचाररत बिरामी र चिकित्सक नर्सलगायतले सहज महसुस गरिरहेका थिए । सरकारी अस्पताल यतिसम्म व्यवस्थित । त्यो देखेर लाग्यो आखिर गरे के नहुने रहेछ त ? थुप्रै अस्पतालमा आफूले गरेको ड्यूटीका दिन र हिजोमात्रै एक निजी (सुविधासम्पन्न भनिएको) अस्पतालको दृश्य झलझली अगाडि आयो ।

कोरोनाविरुद्धको लडाईमा ती सेता वस्त्रधारीहरु आफ्ना शस्त्रअस्त्र सबै चलाइरहेका थिए । मलाई पनि उनीहरुसँगै त्यही कर्ममै छु जस्तो लागिरहेको थियो ।

मेरो बिरामी भएको ब्लकमा २५ जना बिरामी हुनुहुन्थ्यो । जहाँ धेरैका कुरुवा (साथी) थिएनन् । कसैको सबैजना संक्रमित भएका, केही घरमा आइसोलेशनमा त केही अन्य अस्पतालमा भएको थाहा पाएँ । कोही भने आफन्तलाई आफू संक्रमित भएको थाहा नदिइै अस्पताल बसेका थिए । मन खिन्न भयो । हिजो गरेको नर्सिङ पेशालाई आज सेवामा लगाउँ भनेर मलाई मेरो अन्तरमनले आवाज दियो । र दोस्रो दिनदेखि सेता सिपाईहरुसँगै म पनि बिना पीपीई युद्ध मैदानमा होमिएँ ।

श्रीमानको स्याहारसँगसँगै उनीहरुको सेवामा थिएँ म । कति बिरामी आफै शौचालय जान नसक्ने अवस्थामा थिए, कोही कसैको सहारा खोजिरहेका थिए भने कोही बिरामी नै अर्को बिरामीको सहयोग गरिरहेका थिए । जसलाई पर्यो उसैलाई थाहा हुन्छ भनेजस्तै एक अर्काको पीडा उनीहरु महसुस गरिरहेका थिए ।

बिहान तातोपानी तताएर दिने, हस्पिटलले बाँडेको खाजा खानालाई बेड बेडमा पुर्याइदिने, उनीहरुको भाइटलहरु चेक गर्दै २५ वटै बेडको एकै ठाउँमा राखी सिस्टरहरुलाई मद्दत गर्न थालेँ म । वार्डमा सिस्टरहरु आउन नभ्याएको समय भाइवरमा रिपोर्ट पठाउने गरेँ । रातमा दिनमा बिरामीको ड्रिप परिवर्तन गर्ने, स्लाइनपानी रोकिए त्यसलाई चलायमान गर्ने, भर्खर भर्ना भएकालाई हस्पिटलको कार्यविधि, सेवा र सुविधाको बारेमा जानकारी दिने कार्यमा अस्पताल र स्वास्थ्यकर्मीहरुलाई सघाउन पाउँदा म आनन्दित थिएँ ।

मैले आफ्नो पेशागत धर्म छोड्न सकिनँ । ममात्र हैन, एकजना संक्रमित डाक्टर देखेँ जो आफ्नी आमासँगै भर्ना भएर बसेका थिए । उनको एक हातमा क्यानुला थियो भने अर्कोे हातले अक्सिजन सिलिन्डर घिसार्दै बिरामीको छेउमा पुर्याउँथे ।

रातमा यसो निदाउन खोज्यो, कोही ‘सरी ल !’ भन्दै उठाउँथे र भन्थे– हेर्नु न स्लाइन पानी रोकियो, अक्सिजनको मात्रा देखाएन, बान्ता भयो, ट्वाइलेट जानुपर्यो, स्लाइन बन्द गर्दिनु न ।

यस्ता आवाजले मलाई बोलाइरहेका हुन्थे । उनीहरुलाई मैले गरेको सहयोग देखेर मेरो बिरामी पनि खुशी हुनुहुन्थ्यो, र म मेरा सेता सिपाहीहरुलाई केही भए पनि सहयोग गर्न पाएकोमा खुशी थिएँ ।

काभ्रेका एकजना बुवा भन्दै हुनुहुन्थ्यो ‘यो महामारीमा धेरैले धर्म छोडे तर धर्म नछोड्ने तिमीहरु मात्रै हौ ।’ यी वाणीले स्वास्थ्यकर्मीहरुको मनोवल बढाउँथ्यो । मैले अरु बिरामीहरुलाई तातोपानी तताएर दिइरहँदा तिम्रो बिरामीलाई छिटो सञ्चो होस् भनि आशिर्वाद दिनुहुन्थ्यो ।

हस्पिटलमा दिनदिनै जटिल प्रकृतिका बिरामीहरु आउन थालेपछि र मेरो बिरामीमा केही सुधार आएपछि मैले त्यस्ता बिरामीलाई बेड छोड्नुपर्छ भन्दै रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने हस्पिटलको नियमलाई सम्मान गर्दै आफ्नो रिस्कमा डिस्चार्ज मागेँ । विगत दुई हप्तादेखि कोरोना संक्रमित श्रीमान र अस्पताल बसाईमा अन्य बिरामीको पनि रेखदेख गरेकी ममा संक्रमण देखिएन । आज घरमा छु तर अस्पतालको वार्डबाट बिरामीहरुले बोलाइरहेको आवाजले झस्काइरहेको छ ।

हामी अहिले अण्डाको भित्री भागको अवस्थामा छौं, जसरी अन्डाले भित्रैबाट बल लगाएर बोक्रा फुट्दा जीवन पाउँछ, त्यसैगरी कोरोनाका बिरामीले पनि आत्मबल दर्हो पारेर आफै कोशिस गर्ने हो भने यो परिस्थितिलाई अवश्य जित्न सकिन्छ ।

के साँच्चै हाम्रो देश पशुपतिनाथले नै धानेको देश हो त ? देशका अभिभावकहरु हाम्रो मन मस्तिस्कमा हैन ढुंगामा नाम कोर्न लालायित छन् । तर, यो विषम परिस्थितिको सामना गरिरहेका हस्पिटलभित्रका सेता सिपाहीहरुको त्याग, समर्पण र मेहनतको कुनै मूल्य छ ?

कहिले कुर्सीको लडाईँ त कहिले कमिसनको । अहिले फेरि खोपका लागि भएको राजनीति ! साँच्चै मेरा देशका शासक देख्दा मलाई लाज लाग्छ । तर, यो महामारीमा शासकको मुख नहेरी, आफ्नो परवाह नगरी संक्रमितको उपचारमा डटेर लागेका मेरा प्रिय सेता कोटधारी साथीहरु देख्दा भने मेरो शिर गर्वले उँचो हुन्छ । शासकहरुले धर्म छाडे पनि मेरा सेता कोटधारी साथीहरु हो, कहिल्यै धर्म नछाड्नू !

हार्दिक धन्यवाद SLC ब्याच २०७१ लाई !२०७७/१२/२८ गते भएको आगलागीबाट पिडितको भवन निर्माण सहयोगार्थ उक्त ब्याचबाट संकलन भएको...
18/04/2021

हार्दिक धन्यवाद
SLC ब्याच २०७१ लाई !

२०७७/१२/२८ गते भएको आगलागीबाट पिडितको भवन निर्माण सहयोगार्थ उक्त ब्याचबाट संकलन भएको रकम ३७३१० रुपैया सो ब्याचको प्रतिनिधित्व गर्ने बिकास क्षेत्री ,आशा थापा मगर र ललिता तमाङ्गले भवन निर्माण समिती संयोजक धिर सिंह घिमिरेलाई हस्तान्तरण गरेकोमा,
भवन निर्माण कार्य शुरु छ,
आगामी दिनमा यस्तै सहयोगी भावनाको निरन्तरता रहिरहोस ,सवैमा सहयोगी मन ,आत्मा,हात अघि बढी रहुन!!

पुजनिय गुरुलाई जन्म दिनको धेरै धेरै शुभकामना 🙏🙏🌹🌹
28/03/2021

पुजनिय गुरुलाई जन्म दिनको धेरै धेरै शुभकामना 🙏🙏🌹🌹

आमाबाबु बिहिन बालबालिकालाई छात्रवृत्तिको ब्यवस्था
07/03/2021

आमाबाबु बिहिन बालबालिकालाई छात्रवृत्तिको ब्यवस्था

कक्षा ११ को रजिष्ट्रेसन तथा कक्षा १२ को २०७८ को बोर्ड परीक्षा नियमित तथा आंशिक र ग्रेड वृद्धि परीक्षाको आवेदन खुल्यो।सम्...
17/02/2021

कक्षा ११ को रजिष्ट्रेसन तथा कक्षा १२ को २०७८ को बोर्ड परीक्षा नियमित तथा आंशिक र ग्रेड वृद्धि परीक्षाको आवेदन खुल्यो।सम्बन्धित बिद्यार्थीहरुले यही २०७७/११/२५ भित्र आवेदन फाराम भर्न सुचित गरिन्छ।बिस्तृत जानकारीको लागि बिद्यालयमा सम्पर्क गर्न सुचित गरिन्छ।
Avishek Bista
Shyam Pandit
Saraswati Ghorsaine
Sreezaa Daahal
Prem Paudel
Saugat Chettri
Roshan Bista
Roshan Bista
Rajesh Pandit

कक्षा ११/१२ दुबैमा प्रत्येक बिषयमा न्युनतम D+ प्राप्त गरि उत्तीर्ण भएका बिद्यार्थीहरुले २०७७/१०/२९ भित्र तपसिल बमोजिमको ...
08/02/2021

कक्षा ११/१२ दुबैमा प्रत्येक बिषयमा न्युनतम D+ प्राप्त गरि उत्तीर्ण भएका बिद्यार्थीहरुले २०७७/१०/२९ भित्र तपसिल बमोजिमको कागजात बुझाउन सुचित गरिन्छ। साथै ग्रेडिङ भन्दा अघिल्लो ब्याच का कक्षा ११/१२ उत्तीर्ण भएकाहरुलाइ समेत ।
तपसिल
१. SEE वा SLC को ग्रेडसिट वा मार्कसिट
२.११ कक्षा उत्तीर्ण को ग्रेड्सिट वा मार्कसिट
३.१२ कक्षा उत्तिर्णको ग्रेड्सिट वा मार्कसिट
४.प्रवेश पत्र
५.आबश्यक दस्तुर
उक्त समय भित्र प्राप्त न भए ट्रान्स्कृप्ट ,प्रोभिजन,माइग्रेसन प्रमाणपत्र उपलब्ध हुन कठिन हुने ।
Susil Pandit
सगुन क्षेत्री
Suku Tamang
Rihans Tamang
Sunil Mijar
ममता मगर

कक्षा ११ को अन्तिम परीक्षाको आवेदन भरेका ग्रेड वृद्धि ,आंशिक तथा नियमित परीक्षार्थी २०७७ को लागि परीक्षा  कार्यक्रम तथा ...
02/11/2020

कक्षा ११ को अन्तिम परीक्षाको आवेदन भरेका ग्रेड वृद्धि ,आंशिक तथा नियमित परीक्षार्थी २०७७ को लागि परीक्षा कार्यक्रम तथा समय तालिकाको सुचना

01/11/2020

राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको कक्षा ११ को परीक्षा यहि कार्तिक २३ गते देखि बिद्यालयमै लिने ब्यबस्था गरिने भएकोले सम्पुर्ण कक्षा ११ का परीक्षा आवेदन फाराम भरेका आंशिक,ग्रेड वृद्धि तथा नियमित परीक्षार्थीहरु बिद्यालयको सम्पर्कमा आउन सुचित गरिन्छ।

Address

Thoree-2 Gautamnagar
Thori

Alerts

Be the first to know and let us send you an email when भुपु विद्यार्थी श्री समावि ठोरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category