22/06/2026
यस विद्यालयकाे सहायक प्रधानाध्यापक पदमा यस विद्यालयकी शिक्षिका श्री दिनेशकुमारी प्रसाई मिति २०८३/०३/०१ काे वि.व्य.स.काे निर्णय अनुसार नियुक्ति हुनु भएकाे छ । सहायक प्रधानाध्याफक जस्ताे गरिमामय पदमा नियुक्ति हुनु भएकाेमा हार्दिक वधाई तथा सफल कार्य कालकाे शुभकामना!
श्री प्रणामी माध्यमिक विद्यालय परिवार
आठराई-४,ईवा,सिम्ले,तेह्रथुम ।
18/06/2026
बिहानीकाे प्रार्थना सभामा देखिएकाे झलक
08/06/2026
नेपाल शिक्षक महासंघ तेह्रथुमका पूर्व अध्यक्ष एवं इसिवु माविका पूर्व प्रअ स्वर्गीय रामप्रसाद तिम्सिनाकाे स्वर्गवासकाे कामना गर्दै अाज विद्यालयमा १ मिनेट माैनधारण गरि श्रद्धाञ्जली अर्पण गर्दाका झलकहरु
04/06/2026
यस विद्यालयका प्राथमिक शिक्षक ऋषिराम भट्टराईलाई जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना । उहाँकाे शैक्षिक जीवन सफलता र उत्तराेत्तर प्रगतिकाे कामना व्यक्त गर्दछाैं ।
विद्यालय परिवार
20/05/2026
यस विद्यालयका माध्यमिक तह गणित विषय शिक्षक पवन न्याैपाने सरलाई जन्म दिनकाे वेहद शुभकामना साथै दीर्घायुकाे कामना ।
18/05/2026
तेह्रथुम जिल्ला आठराई गा.पा.-४,ईवा, ढुङ्गेमा बि.स.२०१६ सालमा जन्म भै केही वर्ष अगाडि(लगभग ३ वर्ष) मात्र वसाइँ सरी कमल गा.पा.-७ झापामा बसाेबास गर्दै आउनु भएका यस विद्यालयका अक्षयकाेष दाता तथा अत्यन्तै इमान्दार तथा सचेत यस विद्यालयका पूर्व अभिभावक मिति २०८३/०१/३१ गते देखि सम्पर्क बिहिन भइ मिति २०८३/०२/०३ मा घर देखि केही दुरी टाढा कमल खाेलाकाे नजिक मृत अवस्थामा भेटिएकाले स्व.सीताराम राया प्रति विद्यालय परिवार हार्दिक श्रद्धाञ्जली तथा शाेकाकूल परिवारजन प्रति समवेदना व्यक्त गर्दै यस विद्यालयमा आज मिति २०८३/०२/०४ गते १ मिनेट माौन धारण समेत गरियाे ।
विद्यालय परिवार
28/04/2026
शैक्षिक शत्र २०८३ काे सबैमा शुभकामना !
आज मिति २०८३/०१/१५ बाट विद्यार्थी भर्ना शुरु भएकाे हुदाँ अभिभावकज्यूहरू आफ्ना नानीबाबुकाे विद्यालय भर्ना गर्न विद्यालय प्रशासनसँग सम्पर्क गर्न अनुराेध छ । पठनपाठन भने वैशाख २१ बाट सुरु हुने जानकारीका लागि सबैमा सादर अनुराेध छ।
विद्यालय प्रशासन
९८५२६७९८०९
२०८३ वैशाख १५
25/04/2026
ग्रेड वृद्धि परीक्षा 2082 मा सहभागी विद्यार्थीहरु ।
आठराई समाचार डट कम Amrit Budhathoki