05/12/2025
यस विद्यालयमा वि सं २०४६ सालदेखि निरन्तर सेवारत पूर्व प्रधानाध्यापक साथै हालका सहकर्मी शिक्षक नारायणप्रसाद भट्टराई फेदाप गाउँपालिकाअन्तर्गतका प्राथमिक तहका शिक्षकहरू मध्ये सर्वोत्कृष्ट शिक्षकको रूपमा छनोट हुनुभई सम्मानित हुनुभएको छ। उहाँलाई हाम्रो यस विद्यालयको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकको तर्फबाट हार्दिक बधाई तथा शुभकामना दिदै आउँदा दिनहरूमा थप उन्नति प्रगति सु- स्वास्थ्य दीर्घायुको कामना गर्दछौँ।