20/07/2021
8 बर्षको लामो यात्रा आज बाट टुङ्गिएको छ ।
यो यात्रामा अनगिन्ती उतार चडाब हरु आए , रमाइला पल हरु आए , मुस्किलका मौसमहरु पनि आए !
डट्दै लड्दै ,सहकार्य गर्दै हरेक चुनौतिको सामाना गरियो ।
स्थापना काल देखिनै स्थानिय ठाउमा नम्बर 1 मुकाम हासिल गर्दै सुखद यात्रा गरियो ।
यस यात्रामा सहाकार्य गर्नुहुने सम्पुर्ण सघ सस्था , बिध्यालय, शैक्षिक निकाय हरुलाइ धन्यवाद दिन चाहन्छु ।
हातेमालो गर्दै मेरो यस यात्रालाइ हाम्रो यात्रा बनाउन सहयोग गर्नु हुने सम्पुर्ण शिक्षक शिक्षिका हरुलाइ हृदयदेखिनै आभार र धन्यवाद दिन चाहन्छु ।
यो 8 बर्षको अबधिमा विभिन्न बिधामा ट्युसन , कोचिङ्ग , कम्प्युटर शिक्षा लिन बिश्वास गरि आउनु हुने हजारौ बिधार्थी भाइ बहिनी ,साथी हरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
धेरै तिता मिठा पल हरु को जन्मथलो बन्यो ।
धेरै जनाको उच्च शिक्षा र उज्ज्वल भविष्य बन्नमा सहयोगी बन्न पाएको मा खुसी छु ।
करिब करिब 2 बर्ष देखि बिश्वनै आक्रान्त पारेको कोबिड को चपेटामा मेरो अतिप्रीय यो सस्था गुमाउनुपर्दा मन दुखित बनेको छ ।
समय बलवान् छ भन्छन , समय ले सोही माहोल फर्काएछ भने म स्वदेश फर्केर अझ बृहत अझ ब्याहारिक तरिकाले सुचारु गर्ने छु ।
तब सम्मलाइ अतिप्रीय Noname Tuition & Language Centre बन्द भएको सुचित गर्दछु । 😕
धन्यवाद !