Rabikala Secondary School

Rabikala Secondary School A Public Secondary School located in Phaktanglung Rural Municipality, Taplejung district, Koshi province, Nepal

विजयादशमी तथा शुभ दीपावली २०८३ को पावन अवसरमा सम्पूर्णमा श्री रविकला माध्यमिक विधालय फक्ताङ्लुङ गाउपालिका -१, सावादिनको ...
09/10/2026

विजयादशमी तथा शुभ दीपावली २०८३ को पावन अवसरमा सम्पूर्णमा श्री रविकला माध्यमिक विधालय फक्ताङ्लुङ गाउपालिका -१, सावादिनको तर्फबाट हार्दिक हार्दिक शुभकामना 🙏🏻✨

09/10/2026

विजयादशमी तथा शुभ दीपावली २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै आज हामीले विद्यालयमा नाचगान, रमाइलो तथा खुसी साटासाटका साथ दसैँ–तिहार बिदाइ कार्यक्रम सम्पन्न गर्‍यौँ। 🎶💃

यस रमाइलो अवसरमा सम्पूर्ण शिक्षक, विद्यार्थी तथा प्यारा नानीबाबुहरूबीच आपसी प्रेम, सद्भाव र खुसी बाँड्दै चाडपर्वको उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भयो।

सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏🌸

09/10/2026

सूचना !
विषय: चाडपर्वको बिदा सम्बन्धी सूचना।
प्रस्तुत विषयमा यस विद्यालमा फक्ताङ्लुङ गाउँपालिकाको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार मिति २०८३ साल असोज २६ गतेदेखि कार्तिक २९ गतेसम्म बडादसैँ, तिहार तथा छठ पर्वको (हिउँदे बिदासहित) बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
साथै, मिति २०८३ साल कार्तिक ३० गते प्रदेशभर सार्वजनिक बिदा रहेको हुँदा मिति २०८३ साल मंसिर १ गतेदेखि विद्यालयको नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराइन्छ।
तसर्थ, सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई निर्धारित मितिमा विद्यालयमा उपस्थित भई नियमित शैक्षिक गतिविधिमा सहभागी हुन अनुरोध गरिन्छ।
यस अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा बडादसैँ, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

- विद्यालय प्रशासन

🎓📚 प्रथम त्रैमासिक परीक्षा–२०८३ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम 🏆🎉आज आयोजित प्रथम त्रैमासिक परीक्षा–२०८३ क...
09/10/2026

🎓📚 प्रथम त्रैमासिक परीक्षा–२०८३ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम 🏆🎉

आज आयोजित प्रथम त्रैमासिक परीक्षा–२०८३ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा यस त्रैमासिक परीक्षामा प्रथम, द्वितीय, तृतीय तथा अन्य स्थान हासिल गर्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 💐👏

साथै, अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई निराश नभई आगामी दिनमा अझ मेहनत, लगनशीलता र आत्मविश्वासका साथ अध्ययन गर्न हार्दिक अनुरोध गर्दछौँ। सफलता निरन्तर प्रयास र मेहनतबाट प्राप्त हुन्छ। 📖✍️🌟

यस सुखद अवसरमा सम्पूर्ण विद्यार्थी, आदरणीय अभिभावकज्यूहरू तथा शुभचिन्तकहरूमा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना! 🙏🌺🪔

यी चाडपर्वहरूले सम्पूर्णको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र खुसी ल्याऊन्। 🎊❤️

धन्यवाद! 🙏

🎓🏆🌸

08/10/2026

विद्यालयमा शिक्षक र विद्यार्थीको सहभागितामा करेसाबारिमा आलु,साग र लसुन रोपाई 🌱फुलबारी निर्माण र गोडमेल कार्य सम्पन्न गरियो 🙏🏻🍃

Wishing a very Happy Birthday to Miksa  Limbu, our dear student of grade 8 ! 🎂May your special day be filled with joy, l...
07/10/2026

Wishing a very Happy Birthday to Miksa Limbu, our dear student of grade 8 ! 🎂
May your special day be filled with joy, laughter, and wonderful memories. 🌸✨
🎁 Keep smiling, keep learning, keep dreaming and keep growing! 🌟
May you continue to shine brightly and achieve all your dreams. 💫
Happy Birthday, Miksa ! 🎈

Wishing a very Happy Birthday to Nuhangma Limbu, our dear student of grade 5 ! 🎂May your special day be filled with joy,...
06/10/2026

Wishing a very Happy Birthday to Nuhangma Limbu, our dear student of grade 5 ! 🎂
May your special day be filled with joy, laughter, and wonderful memories. 🌸✨
🎁 Keep smiling, keep learning, keep dreaming and keep growing! 🌟
May you continue to shine brightly and achieve all your dreams. 💫
Happy Birthday, Nuhangma! 🎈

आज विद्यालयमा त्रैमासिक परीक्षा सम्पन्न पछि, डिभिजन वन कार्यालय, ताप्लेजुङ र सव–डिभिजन वन कार्यालय, मिक्वाखोलाको आयोजनाम...
30/09/2026

आज विद्यालयमा त्रैमासिक परीक्षा सम्पन्न पछि, डिभिजन वन कार्यालय, ताप्लेजुङ र सव–डिभिजन वन कार्यालय, मिक्वाखोलाको आयोजनामा वातावरण शिक्षण/सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। उक्त अवसरमा विद्यालयलाई १३ थान डस्टबिन (बकेट) तथा विभिन्न प्रजातिका ६० वटा बोटबिरुवा उपलब्ध गराइएको छ। साथै, सम्बन्धित कार्यालयहरूको सहजीकरणमा विद्यालय परिसरमा वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरियो।
यस महत्वपूर्ण सहयोगका लागी डिभिजन वन कार्यालय, ताप्लेजुङ र विद्यालयमा पाल्नु भएका सम्पुर्ण सरहरुप्रती विद्यालय परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ।
वातावरण संरक्षणप्रतिको हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिँदै यस शैक्षिक सत्रमा पनि “एक शिक्षक, एक विरुवा” कार्यक्रम सञ्चालन गरियो।

फक्ताङ्लुङ गाउँपालिकाको वार्षिक शैक्षिक कार्यतालिकाअनुसार शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षा विद्यालयमा आजदेखि...
28/09/2026

फक्ताङ्लुङ गाउँपालिकाको वार्षिक शैक्षिक कार्यतालिकाअनुसार शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षा विद्यालयमा आजदेखि सुचारु भएको छ।
परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको हार्दिक शुभकामना!

Wishing a very Happy Birthday to Rohin limbu , our dear student of grade 3! 🎂May your special day be filled with joy, la...
24/09/2026

Wishing a very Happy Birthday to Rohin limbu , our dear student of grade 3! 🎂
May your special day be filled with joy, laughter, and wonderful memories. 🌸✨
🎁 Keep smiling, keep learning, keep dreaming, and keep growing! 🌟
May you continue to shine brightly and achieve all your dreams. 💫
Happy Birthday,Rohin! 🥳🎈

Address

Phaktanglung-1, Sawadin
Taplejung

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Rabikala Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category