25/05/2026
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो!!!
यस श्री Maiwakhola Secondary School मैवाखोला माध्यमिक विद्यालय तेम्बेमा शैक्षिक सत्र २०८३ सालको लागि साधारण तथा प्राविधिक धार (बाली बिज्ञान) मा कक्षा-९ देखि कक्षा -११-१२ सम्मका लागि भर्ना खुल्यो।
20/05/2026
मैवाखोला गाउँपालिकाद्वारा समग्र मैवाखोला गाउँपालिकाको शैक्षिक विकासमा टेवा पुऱ्याउनका निम्ति आज मिति २०८३ साल जेठ ६ गते २ नं वडाको संयोजन तथा व्यवस्थापनमा साथै मैवाखोला गाउँपालिका शिक्षा युवा तथा खेलकूद शाखाको आयोजनामा, आम अभिभावक ज्यूहरुको उत्साहपूर्ण उपस्थितिमा,गाउँपालिका अध्यक्ष श्री विजयप्रकाश वनेम ज्यूको प्रमुख आथित्यमा साथै २ नं वडा अध्यक्ष श्री नरेन्द्र लिम्बु ज्यूको अध्यक्षतामा र अभिभावक शिक्षा सहजकर्ता श्री तोयानाथ चापागाईं ज्यूको सहजीकरणमा यस श्री मैवाखोला माध्यमिक विद्यालय तेम्वेमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
# आजको कार्यक्रममाआम अभिभावक ज्यूहरुको उत्साहजनक उपस्थितिले यस पालिकाको साथै यस विद्यालयको समेत शैक्षिक उन्नयनमा एउटा नयाँ आयाम थपेको महसुस भएको छा
18/05/2026
श्री मैवाखोला माध्यमिक विद्यालय तेम्बेमा मैवाखोला गाउँपालिका ताप्लेजुङको आयोजनामा हुने अभिभावक शिक्षा कार्यक्रम सम्बन्धि सूचना
16/05/2026
गत मिति २०८२ माघ २३ गतेदेखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिका ताप्लेजुङ्गमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिकास्तरीय ताप्लेजुङ जिल्ला प्रतियोगिता-२०८२ अन्तर्गत विभिन्न विधामा छनौट भएका खेलाडी विद्यार्थीहरुको नामावली
15/05/2026
माध्यमिक शिक्षा परीक्षा SEE २०८२ को पूरक परीक्षाको आवेदन फाराम भर्ने भराउने सम्वन्धि सूचना
14/05/2026
माध्यमिक शिक्षा परीक्षा (SEE)-२०८२
पूरक परीक्षाको समय तालिका
12/05/2026
शैक्षिक सत्र २०८२ अन्तर्गत यस विद्यालयवाट SEE परीक्षामा सहभागी भएका १४ जना विद्यार्थीहरुको नतिजा यसप्रकार छ ।
प्राविधिक तर्फ : -
१ पल्लव वनेम 2.86
२ युना लिम्बु 2.71
३ आयुसा तेम्बे 2.81
४ इशा लिम्बु NG
साधारण तर्फ :-
१ डिम्पल तामाङ 3.12
२ यामकुमारी लिम्बु 3.10
३ विनम लिम्बु 2.95
४ नुमा तेम्वे 2.63
५ सजिना लिम्बु 2.75
६ सन्दिप तामाङ 2.64
७ आयुस ओख्राबु 2.53
८ आयुस्मा तेम्वे 2.57
९ सौजन्य गोताम 2.58
१० सन्देश शेर्पा NG
जम्मा सहभागी परीक्षार्थी १४ जना
उत्तीर्ण विद्यर्थी १२ जना
उत्तीर्ण प्रतिशत ८५ .७१ %
माध्यमिक शिक्षा परीक्षामा सहभागी भई उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै अन्य अवर्गीकृत विद्यार्थीहरुलाई समेत मिति २०८३ असार १ गतेवाट हुने ग्रेडवृद्धि परीक्षाको लागि भरपूर तयारी गर्न हुन जानकारी गराईन्छ ।
10/05/2026
श्री मैवाखोला माध्यमिक विद्यालय, मैवाखोला-२ तेम्वेको ,"४७ औँ अभिभावक दिवस तथा छात्रावास भवन उद्घाटन समारोह" मिति २०८३ वैशाख २७ गते आईतवार सम्पन्न भएको छ । यस कार्यक्रम वीच शैक्षिक सत्र २०८२ सालको परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई कक्षागत पुरस्कार वितरण साथै अघिल्लो शैक्षिक सत्र- २०८१ को कक्षा १ देखि १२ सम्मका साधारण र प्राविधिक तर्फको विद्यार्थीहरुलाई अक्षयकोष छात्रवृत्ति अक्षयकोषकै विधानतः रु १ लाख ५० हजार रुपैयाँ समेत वितरण गरियो । विद्यालयको आमन्त्रणलाई स्वीकार गरी यस कार्यक्रममा आफ्नो गरिमामय आथित्यता जनाउनुहुने मैवाखोला गाउँपालिकाका श्रद्देय अध्यक्ष ज्यू , शिक्षा तथा खेलकूद शाखा प्रमुख ज्यू लगायत अन्य अतिथि महानुभाव ज्यूहरू साथै आम अभिभावक ज्यूहरु तथा सम्बद्ध सम्पूर्ण सरोकारवाला ज्यूहरु प्रति विद्यालयको तर्फवाट हार्दिक आभार प्रकट गर्दछौ ।
highlights # दिनाङ्क :- २०८३ वैशाक २७ गते आईतवार
स्थानः- श्री मैवाखोला मा.वि.को सभाहल