Mitrata Higher Secondary School

Mitrata Higher Secondary School श्री मित्रता माध्यमिक विद्यालय

यस बिद्यालयकी नि मा बि अङ्ग्रेजी शिक्षक देबी कुमारी शर्मालाई ढिलै भए पनि जन्मोत्सवको अपार  शुभकामना। यहाँको जांगर र उर्ज...
29/09/2026

यस बिद्यालयकी नि मा बि अङ्ग्रेजी शिक्षक देबी कुमारी शर्मालाई ढिलै भए पनि जन्मोत्सवको अपार शुभकामना। यहाँको जांगर र उर्जा कहिल्यै नघटोस । सुखी हुनु खुसी हुनु सुस्वास्थ्य दिर्घायु र उन्नति प्रगतिको कामना सहित जन्मोत्सवको अनगिन्ती शुभकामना ।
#देबी_कुमारी_शर्मा ♥️♨️♨️💙



#मित्रता_माध्यमिक_बिद्यालय

सूचना ! सूचना !! सूचना !!!सबै भन्दा पहिला सुरक्षित जीवन अनि मात्र जिन्दगीका अन्य पाटो
24/09/2026

सूचना ! सूचना !! सूचना !!!
सबै भन्दा पहिला सुरक्षित जीवन
अनि मात्र जिन्दगीका अन्य पाटो


कक्षा ११ को लागि महत्त्वपूर्ण सूचना ।         #मित्रता_माध्यमिक_बिद्यालय 🌷💙
24/09/2026

कक्षा ११ को लागि महत्त्वपूर्ण सूचना ।




#मित्रता_माध्यमिक_बिद्यालय
🌷💙

भावपुर्ण श्रद्धाञ्जली तथा समवेदनाजन्ममिति: २००६/०८/२८स्वर्गारोहण: २०८३/०६/०३श्री मित्रता माध्यमिक विद्यालय, आंबुखैरेनी १...
23/09/2026

भावपुर्ण श्रद्धाञ्जली तथा समवेदना
जन्ममिति: २००६/०८/२८
स्वर्गारोहण: २०८३/०६/०३
श्री मित्रता माध्यमिक विद्यालय, आंबुखैरेनी १, तनहुँकी भूतपूर्व प्रधानाध्यापक एवं वर्तमान शिक्षक श्रीमती #सरिता_देवी_पौडेलज्यूका पूजनीय पिता स्वर्गीय #टिकाराम_पौडेलज्यूको पाँचौँ दिनको पुण्यतिथिमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
स्वर्गीय टिकाराम पौडेल केहि समय प्रहरी सेवामा काम गर्नु भइ ३७ बर्ष ६ महिना लामो अध्यापन पेशामा समर्पित हुनुहुन्थ्यो भने ११ बर्ष सम्म श्री शान्ति मा बि कुन्छा लम्जुङ्गमा प्रधानाध्यापकको रूपमा रहि काम गर्नुभएको थियो । नेपाली र अङ्ग्रेजी दुबै बिषयमा स्नातकोत्तर गर्नुभएका माध्यमिक तह प्रथम श्रेणीका शिक्षक स्वर्गीय टिकाराम पौडेलको देहावसानले समाजलाई अपूरणीय क्षति पुग्न गएको छ।
यस दुःखद् घडीमा श्री मित्रता माध्यमिक विद्यालय परिवार स्वर्गीय टिकाराम पौडेलज्यूको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोकमा रहनुभएकी श्रीमती सरिता देवी पौडेलज्यूलगायत सम्पूर्ण शोकाकुल परिवारजनमा ईश्वरले यस दु:खद घडीमा पीडा सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौँ।
भावपूर्ण श्रद्धाञ्जली !
हार्दिक समवेदना !!
श्री मित्रता माध्यमिक विद्यालय परिवार
आंबुखैरेनी–१, तनहुँ
🙏🌷😭

आज कक्षा ९ ‘सेक्सन–A ’ का विद्यार्थी भाइबहिनीहरूलाई सामाजिक अध्ययन विषयअन्तर्गतको परियोजना कार्यका लागि वडा कार्यालय भ्र...
21/09/2026

आज कक्षा ९ ‘सेक्सन–A ’ का विद्यार्थी भाइबहिनीहरूलाई सामाजिक अध्ययन विषयअन्तर्गतको परियोजना कार्यका लागि वडा कार्यालय भ्रमण गराइयो। भ्रमणका क्रममा विद्यार्थीहरूले वडाध्यक्षज्यूसँग वडा कार्यालयबाट प्रदान गरिने सेवा,वडा भित्रका धार्मिक ऐतिहासिक र पर्यटकीय स्थल,वडाले गरेका बिकास निर्माणका कार्यक्रम साथै वडाका भावी योजना तथा प्राकृतिक विपद्का समयमा वडाले निभाउन सक्ने भुमिका लगायतका विविध विषयमा जिज्ञासापूर्वक प्रश्न राख्ने अवसर पाए र वडाध्यक्ष प्रेम बहादुर गुरुङ ज्युले विद्यार्थीका हरेक प्रश्नको खुलेर जवाफ दिनुका साथै पञ्जिकरण शाखाले कस्तो घटनाहरुको दर्ता गर्छ आदि कुराहरुको बारेमा राम्रोसँग जानकारी प्रदान गर्नुभएको थियो ।
प्रश्नोत्तरकै क्रममा विद्यार्थीहरूले वडा कार्यालय नजिकै रहेको विद्यालयसम्म पुग्ने करिब ७०–८० मिटर बाटो अप्ठ्यारो भएको कारण विद्यालयको बस आवतजावतमा समेत कठिनाइ भइरहेको विषय पनि वडाध्यक्षज्यूसमक्ष राख्दै उक्त बाटो निर्माण तथा सुधारका लागि वडाको ध्यानाकर्षण गराए।
यस भ्रमणले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानलाई व्यवहारसँग जोड्दै स्थानीय सरकार, जनसेवा र स्थानीय समस्याबारे प्रत्यक्ष रूपमा बुझ्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। विद्यार्थीको जिज्ञासा र स्थानीय समस्या समाधानप्रतिको चासोले भ्रमणलाई अझ अर्थपूर्ण बनाएको छ।





#मित्रता_माध्यमिक_बिद्यालय

#स्थानिय_सरकार
#आंबुखैरेनी_गाउँपालिका

कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थी भाइबहिनीहरुको प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन कार्यक्रमका झलकहरु:-...
11/09/2026

कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थी भाइबहिनीहरुको प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन कार्यक्रमका झलकहरु:-





श्री मित्रता माध्यमिक विद्यालय

🙏 रसुवागढी बाढीपीडितका लागि  #मित्रता_माध्यमिक_विद्यालयका विद्यार्थीहरूको मानवीय सहयोग ❤️विपद्को यस कठिन घडीमा श्री मित्...
11/09/2026

🙏 रसुवागढी बाढीपीडितका लागि #मित्रता_माध्यमिक_विद्यालयका विद्यार्थीहरूको मानवीय सहयोग ❤️
विपद्को यस कठिन घडीमा श्री मित्रता माध्यमिक विद्यालय, आँबुखैरेनी–१, तनहुँ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूले मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
आफूहरूले टिफिन तथा खाजाका लागि ल्याएको रकममध्येबाट केही रकम बचत गरी बाढीपीडितहरूको सहयोगका लागि स्वेच्छाले संकलन गरेका कुल रकम रु. १८,८२५।– (अठार हजार आठ सय पच्चीस रुपैयाँ) सहयोग स्वरुप जुटाएका छन्।
विद्यालयको जुनियर रेडक्रस सर्कल तथा रेडक्रस शिक्षक नायक
#श्री_निरञ्जन_पराजुली सरको संयोजनमा विद्यार्थीहरूले उक्त रकम संकलन गरेका हुन्। संकलित रकम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री हिमाल थापा मगर प्रधानाध्यापक श्री सुरेन्द्र बोगटी लगायत अन्य शिक्षकहरुको रोहवरमा रेडक्रस शिक्षक नायक
निरञ्जन सरले बिद्यालयका लेखापाल ादुर_थापा सरलाई हस्तान्तरण गर्नुभएको र लेखापाल मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकिएको छ।
सानो उमेरमै दुःखमा परेका मानिसहरूको पीडा महसुस गर्दै आफ्नै खाजाको रकमबाट सहयोग गर्ने हाम्रा विद्यार्थी भाइबहिनीहरूको यो भावना वास्तवमै प्रशंसनीय र अनुकरणीय छ। ❤️💜💙
विपद्को घडीमा रकमको आकारभन्दा सहयोग गर्ने भावना ठूलो हुन्छ। हाम्रो विद्यालयले गरेको यो सानो सहयोगले पनि बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा केही आशा र राहत थप्नेछ भन्ने हामीले विश्वास लिएका छौँ।
यस मानवीय कार्यमा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, जुनियर रेडक्रस सर्कल तथा संयोजक शिक्षक निरञ्जन पराजुली सरप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ।
🙏 मानवताको सेवाभन्दा ठूलो धर्म अर्को छैन।
श्री मित्रता माध्यमिक विद्यालय परिवार
आँबुखैरेनी–१, तनहुँ




゚viralシ

श्री मित्रता माध्यमिक विद्यालय

10/09/2026

#सूचना ! #सूचना !! #सूचना !!!
प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धमा
सम्पूर्ण अभिभावकज्यू, विद्यार्थी भाइबहिनी तथा सरोकारवाला महानुभावहरूमा हार्दिक जानकारी गराइन्छ कि यस #श्री_मित्रता_माध्यमिक_विद्यालय, आँबुखैरेनी–१, तनहुँमा सञ्चालित प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल यही मिति २०८३ भाद्र २६ गते, शुक्रबार प्रकाशन गरिने भएको छ।
उक्त परीक्षाफल प्रकाशन कार्यक्रम बिहान १०:३० बजे विद्यालय परिसरमा सञ्चालन हुने भएकाले सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरूलाई निर्धारित समयमा उपस्थित भई आफ्ना नानीबाबुहरूको शैक्षिक प्रगतिको जानकारी लिनुहुन हार्दिक अनुरोध गरिन्छ।
मिति: २०८३ भाद्र २६ गते, शुक्रबार
समय: बिहान १०:३० बजे
स्थान: श्री मित्रता माध्यमिक विद्यालय, आँबुखैरेनी–१, तनहुँ
सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
विद्यालय प्रशासन
श्री मित्रता माध्यमिक विद्यालय
आँबुखैरेनी–१, तनहुँ



゚

#मित्रता_माध्यमिक_बिद्यालय

Welcome to Mitrata to our new Computer Teacher,   Sir. We warmly welcome you to our school family and wish you a success...
05/09/2026

Welcome to Mitrata to our new Computer Teacher,
Sir. We warmly welcome you to our school family and wish you a successful and rewarding journey with us.

We are also pleased to announce the publication of the First Terminal Examination results of our primary-level students.
The program was successfully conducted in the school premises in the presence of School Management Committee Chairperson , Principal , respected parents, teachers, and students.
Congratulations to all the students for their hard work and achievements. Keep learning, keep growing, and keep shining !
#मित्रता_माध्यमिक_बिद्यालय







🙏♥️🌿💙🍁💚🎈🎉

 #मित्रता_माध्यमिक_बिद्यालयमा आज आयोजित एक दिवसीय निरन्तर विद्यार्थी मुल्यांकन शैक्षिक तालिमबिद्यालयका प्रधानाध्यापक  #स...
04/09/2026

#मित्रता_माध्यमिक_बिद्यालयमा आज आयोजित एक दिवसीय निरन्तर विद्यार्थी मुल्यांकन शैक्षिक तालिम
बिद्यालयका प्रधानाध्यापक #सुरेन्द्र_बोगटीको अध्यक्षता र आंबुखैरेनी गाउँपालिका का अध्यक्ष #श्री_शुक्र_चुमान ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
उक्त कार्यक्रमको बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष #श्री_दुर्गा_अर्याल हुनुहुन्थ्यो भने आंबुखैरेनी गा पा वडा नम्बर १ का अध्यक्ष #श्री_प्रेम_बहादुर_गुरुङको साथै गाउँपालिका शिक्षा प्रमुख निर्मला कुंवरको बिशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम का प्रमुख प्रशिक्षक #दामोदर_कार्की हुनुहुन्थ्यो। आंबुखैरेनी गा.पा.भित्रका विभिन्न बिद्यालयका प्राथमिक तहमा अध्यापनरत शिक्षकहरुको सहभागितामा सम्पन्न
उक्त कार्यक्रमले निरन्तर विद्यार्थी मुल्यांकनमा शिक्षकहरु लाई थप सहजता पुग्ने अनुमान गरिएको छ।
#मित्रता_माध्यमिक_बिद्यालय



#आंबुखैरेनी_गाउँपालिका
Shukra Chuman Chhetri
Durga Aryal

Surendra Bogati
🙏🌷

Address

Satrasaya
Tanahun

Telephone

+97765402035

Website

Alerts

Be the first to know and let us send you an email when Mitrata Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category