01/09/2026
भोटेकोशीमा आएको हालैको विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, यस प्राकृतिक विपत्तिबाट प्रभावित हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।
यस कठिन परिस्थितिमा राहत तथा उद्धार कार्यमा सानो भए पनि सहयोग पुर्याउने उद्देश्यले तनहुँ ड्रिमल्याण्ड एकेडेमी (Tanahun Dreamland Academy) परिवारको तर्फबाट एक आर्थिक सहयोग कोष सङ्कलन गरी नेपाल सरकारको आधिकारिक राहत कोषमा जम्मा गरिसकिएको जानकारी गराउँदछौँ।
यस कार्यमा हाम्रा प्रिय विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट बचत गरेर, शिक्षक तथा कर्मचारी वर्गले आफ्नो तर्फबाट योगदान गरेर र विद्यालय प्रशासनको तर्फबाट समेत रकम थप गरी कुल रु. २३,५०१/- (अक्षरेपी: तेइस हजार पाँच सय एक रुपैयाँ मात्र) सङ्कलन गरिएको थियो।
उक्त सङ्कलित सम्पूर्ण रकम नेपाल सरकारको "प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष" को देहाय बमोजिमको खातामा जम्मा गरिसकिएको छ।
आफ्नो दैनिक खाजा खर्च कटाएर सहयोग गर्ने हाम्रा विद्यार्थीहरू, सम्पूर्ण शिक्षक-कर्मचारीहरू तथा विद्यालय व्यवस्थापन समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
विपद्को यो घडीमा एक-अर्काको सहारा बनौँ! 🙏