धर्म माध्यमिक विद्यालय

धर्म माध्यमिक विद्यालय

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from धर्म माध्यमिक विद्यालय, School, Tanahun.

Photos from धर्म माध्यमिक विद्यालय's post 08/08/2025

🏆️🏅हार्दिक बधाई तथा शुभकामना 🎉

शुक्लागण्डकी नगरपालिकाको सभाहलमा तनहुँ जिल्ला सेपाक ताक्रो संघद्वारा आयोजित "विद्यार्थी जिवनमा खेलकुदको महत्व" भन्ने शिर्षकको वक्तृत्वकला प्रतियोगितामा सहभागी २२ वटा विद्यालयमध्ये तृतीय स्थान हासिल गर्न सफल कक्षा १० की छात्रा दिपीसा पौडेललाई हार्दिक बधाई ज्ञापन व्यक्त गर्दछौं।
छिमेकी नगरपालिकामा समेत आफ्नो तथा विद्यालयको गौरव कायम राख्न सफल विद्यार्थी दिपीसालाई आगामी दिनमा अझै सफलताको शुभकामना व्यक्त गर्दछौं।
#हाम्रो_धर्म_हाम्रो_गौरव
#उज्जवल_भविष्यको_आधारशिला

Photos from धर्म माध्यमिक विद्यालय's post 29/06/2025

स्व. आमा कृष्णमाया प्रतिष्ठानका संरक्षक भिमाद न.पा. ७ निवासी एवं राङरुङ सुन चाँदी पसलका संचालक श्री शालिकराम गहतराजले सामाजिक उत्तरदायित्व वहन गर्दै यस विद्यालयमा रु ५५५५-अक्षरेपी रु पाँच हजार पाँच सय पचपन्न विद्यालयमा सहयोग गर्नुभएको साथै जेहेन्दार विद्यार्थिहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ। यहाँको समाजसेवी भावनाको विद्यालय सधैंभरि कदर गर्दै व्यवसायीक जिवनको शुभकामना व्यक्त गर्दछौं।
विद्यालयले यहाँको अभिभावकत्व तथा सहयोगको सधैं अपेक्षा राख्दछ।
#हाम्रो_धर्म_हाम्रो_गौरव
#उज्ज्वल_भविष्यको_आधारशिला

28/06/2025

ग्रेडवृद्दी परीक्षाको समयतालिका।
NG आउने विद्यार्थी भाईबहिनिहरु तयारीमा जुट्नुहोला।

27/06/2025

Congratulations Rajiv Nepali❤️
#हाम्रो_धर्म_हाम्रो_गौरव
#उज्ज्वल_भविष्यको_आधारशिला

27/06/2025

Congratulations Ishu Adhikari❤️
#हाम्रो_धर्म_हाम्रो_गौरव
#उज्ज्वल_भविष्यको_आधारशिला

27/06/2025

Congratulations Dikshya Shahi!!!❤️
#हाम्रो_धर्म_हाम्रो_गौरव
#उज्ज्वल_भविष्यको_आधारशिला

27/06/2025

Congratulations!!!
#हाम्रो_धर्म_हाम्रो_गौरव
#उज्ज्वल_भविष्यको_आधारशिला

25/06/2025

आदरणिय अभिभावक तथा प्रिय विद्यार्थी अबको केही दिनमा नै माध्यमिक शिक्षा परीक्षा(SEE) को नतिजा प्रकाशित हुँदैछ,कृपया तल दिईएको जुनसुकै विधिबाट नतिजा हेर्न सकिन्छ।कुनै समस्या परेमा या नतिजाको विषयमा बुझ्नु परेमा विद्यालयको Facebook Accountमा message गर्न पनि सक्नुहुनेछ। सम्पुर्ण विद्यार्थीलाई सफलता मिलोस्। शुभकामना।

Photos from धर्म माध्यमिक विद्यालय's post 23/06/2025

सामाजिक विकास कार्यालय तनहुँको आयोजना तथा भिमाद नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहकार्यमा आयोजित नगरपालिका स्तरीय "स्वास्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता : लागू औषध विरुद्ध ऐक्यबद्धता" शिर्षकमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा यस धर्म मा वि कक्षा १० कि छात्रा दिपिसा पौडेलले छोटो समयको तयारीका बाबजुद तृतीय स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई।
#हाम्रो_धर्म_हाम्रो_गौरव
#उज्ज्वल_भविष्यको_आधारशिला

Photos from धर्म माध्यमिक विद्यालय's post 20/06/2025

स्नातक उपाधिका लागि आवश्यक शिक्षण अभ्यासका निम्ति जनज्योति क्याम्पसबाट यस विद्यालयमा आउनुभएका शिक्षा शास्त्र संकायका शिक्षकहरुको शिक्षण अभ्यास आजबाट पूरा भएको अवसरमा आयोजित विदाई कार्यक्रम। शिक्षण पेसामा आफ्नो भविष्य खोज्नुभएका यहाँहरुको शैक्षिक उन्नयनको शुभकामना।❤️🙏
#हाम्रो_धर्म_हाम्रो_गौरव
#उज्ज्वल_भविष्यको_आधारशिला

Photos from धर्म माध्यमिक विद्यालय's post 15/06/2025

भिमाद नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको शैक्षिक सामग्रि प्रदर्शनी प्रतियोगिता अन्तरगत कक्षा ४-५ को हिसाब दौडमा द्वितीय, सामाजिक साँस्कृतिक(६-८) विधामा प्रथम र अङ्ग्रेजी-नेपाली भाषा विषयमा द्वितीय स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई मेडल सहित बधाई तथा सम्मान कार्यक्रम।
#हाम्रो_धर्म_हाम्रो_गौरव
#उज्जवल_भविष्यको_आधारशिला

Want your school to be the top-listed School/college in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Tanahun
33910

Opening Hours

Monday 10:00 - 16:00
Sunday 10:00 - 03:00