31/07/2026
हार्दिक आभार तथा धन्यवाद !!!
यस विधालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्याउन शैक्षिक समाग्री तथा झोला प्रदान गर्नुहुने नरनाथ लम्साल स्मृति प्रतिष्ठान नेपाल प्रति पृथ्वी माध्यमिक विद्यालय परिवार हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गर्दछौं !
यस गरिमामय कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भई विद्यार्थीहरुलाई प्रेरणादायी सन्देश प्रदान गर्नुहुने संविधान सभा सदस्य माननीय श्री टुकराज सिग्देल ज्यु,विशिष्ट अतिथि प्रतिष्ठानका अध्यक्ष श्री अर्जुन लम्साल ज्यु, अतिथि गण लगायत यस पुण्य कार्यलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावप्रति विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं !
शिक्षा प्रतिको यस्तो सामाजिक उत्तरदायित्व उदार सहयोगले विद्यार्थीहरुमा नयाँ उत्साह,आत्म विश्वास र उज्ज्वल भविष्य प्रतिको आशा थपिएको छ, यस्ता प्रेरणादायी सहकार्यले गुणस्तरीय शिक्षाको अभियानलाई अझ सशक्त बनाउने विश्वासका साथ सहयोग प्रति पुन: हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछौं !!!
पृथ्वी माध्यमिक विद्यालय भिमाद -१
हुंक्का तनहुँ एवम् विद्यालय परिवार