10/04/2023
यहि चैत्र २६ गते आइतवार पानको आयोजनामा बिध्यालयमा कक्षा एक देखि १२ सम्म अध्यायनरत २१ जना गरिव एबम बिपन्न बर्गका छात्रा छात्रलाई बिध्यालय पोषक, झोला, एबम पुस्तक बितरण गरियो। त्यसैगरी बिध्यालयलाई बिभिन्न खेल सामग्री प्रदान गरियो। उक्त कार्यक्रम मा बिध्यालय ब्यबस्थापन समितिका सदश्यहरु, बिध्यालय शिक्षक अभिबावक, बन्दिपुर एक का पुर्ब अध्यक्ष , बर्तमान अध्यक्ष लगाएत पुर्ब बिध्यार्थी को उपस्थिति रहेको थियो। उक्त कार्यमा आर्थिक एबम भौतिक सामाग्री प्रदान गर्नुहुने सहयोगि मनहरुको नामावली यस प्रकार छ:
१) कृष्ण शर्मा (रु २०,०००/००)
२) दिपक अधिकारी (रु १०,०००/००)
३) डा जे बि प्रधान (रु ६,५४३/२१)
४) ई गिरिराज अधिकारी (रु ५,५५५/००)
५) उमा श्रेष्ठ (रु ५,०००/००)
६) अन्जु प्रधान श्रेष्ठ (२१ थान झोला)
७) राम न्यौपाने (खेलकुद सामग्री)