ऐतिहासिक मगर विद्यालय श्री आदिकवि जीत आ. वि.

ऐतिहासिक मगर विद्यालय श्री आदिकवि जीत आ. वि.

Share

कानुङ भेसभुसा, भाषा, सँस्कृति र रहनसहन, कान मगर कुङ पहिचान ।

29/08/2019

यस विद्यालयको नवनिर्मित भवन

गाउँपालिकालाई ज्ञापन पत्र 19/06/2019

गाउँपालिकालाई ज्ञापन पत्र नेपाल मगर स‌ंघ, बिरुवा गाउँपालिका, स्याङ्जाले बिरुवा गाउँपालिका, स्याङ्जालाई ज्ञापन पत्र बुझाएको छ । मिति २०७६ अ.....

Silver Jubilee (2075) 03/12/2018
Photos 19/01/2016

\m/

open dance programme !!!

Photos from ऐतिहासिक मगर विद्यालय श्री आदिकवि जीत आ. वि.'s post 02/01/2016

अन्तरक्रिया कार्यक्रम हुदै रजत जयन्ती (Silver Jubilee) के कसरी मनाउने भन्ने बारेमा ।

10/07/2015

QUIZ TIME
1 रुपैयाँको मूल्य के हो ? म बताउछु ।
सुपरमार्केट या मलमा 1 रुपैयाँ किन फिर्ता
लिनुपर्छ ?
मान्नुस कि 500 जना मान्छे बिगबजार जान्छन ।
हरेकदिन कोहि पनि खुद्रा पैसा फिर्ता
लिदैनन ।
500×1 = Rs. 500/-
365 दिन
500×365 = Rs. 1,82, 500 /-
यस्तो मात्र एक बिगबजार देशमा 1500
बिगबजार हुन सक्छ ।
182500 × 1500 = 273, 750,000/-
27 करोड भन्दा धेरै प्रतिवर्ष , एवम दुखको कुरा त
यो हो कि यो राशी
इन्कम टेक्स अन्तर्गत आउदैन किनकी त्यो एक
रुपैयाँको हिसाब बिलमा हुदैन ।
अब थाहा भयो कि कम्पनीहरुले 49/- 59/- 99/-
999/- मात्र दर राखेर किन बेच्दछ ।
सबैलाई सुनाउनुहोस , सबैलाई बताउनुहोस , शेयर
गर्नुहोस , राम्रो दिन ल्याउनुछ भने
सरकारले मात्र होइन हामिले पनि केही
गर्नुपर्दछ ।

29/04/2015

नमस्ते म Bikash Gurung

भूकम्प के हो ?

भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा सातवटा मुख्य प्लेट हुन्छ । सातैवटा प्लेट सँगै हिंडिरहेका हुन्छन् । जब तिनीहरु एक आपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । यो तीनथरिको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमी माथिको दूरीबाट आउनेलाई स्यालो, ३० देखि ७० किमीसम्मकोलाई मिडियम र ३० देखि ३ सय किमीसम्मकोलाई डिप भनिन्छ ।
बढी क्षति गर्ने ३० किमीसम्मकोले हो । नेपालमा १२ वैशाख २०७२ मा गएको भूकम्प स्यालो हो । भूकम्प जति माथिबाट आयो, त्यसले त्यत्ति नै बढी असर गर्छ । भूकम्पको दुईवटा वेभ हुन्छ । एउटा बडी वेभ र अर्को सर्फिस वेभ । बडी वेभमा प्राइमरी र सेकेण्डरी तथा सर्फिस वेभमा रेली र लव भन्ने दुई फरकफरक प्रकार हुन्छ । बडी वेभले कम र सर्फिसले बढी क्षति गर्छ । सिद्धान्ततः भूकम्प होरिजेण्टल र भर्टिकल वेमा जान्छ । तर कहिले काहीँ दुवै मिलेर आइदियो भने खतरनाक हुन्छ, नेपालमा अहिले भएको त्यही हो ।

भूकम्प दैनिकजसो गइरहेको हुन्छ । तर हामीले पत्तो पाउँदैनौं । १ देखि ४ रेक्टर स्केलसम्मको भूकम्पले क्षति गर्दैन । ५ रेक्टर स्केलभन्दा माथिको भूकम्पले माग क्षति हुन्छ । सामान्य भूकम्पको मापन गरिँदैन । भूकम्प दुई तरिकाले मापन हुन्छ, त्यो हो रेक्टर स्केल र अर्को इन्टेन्सिटी ।

स्केलको विकास भइसकेपछि इन्टेन्सिटीको प्रयोग कम हुन थालेको छ । स्केलले भूकम्पको क्षमता नाप्छ । इन्टेन्सिटीले क्षतिको मापन गरेर मात्र कत्रो भूकम्प आएको हो भन्ने अनुमान गर्छ । यो धेरै आधिकारिक र विश्वशनीय हुँदैन । रेक्टर स्केलमा ० देखि १० सम्मको भूकम्पको मात्र मापन हुन्छ ।
हालसम्म संसारमा सर्वाधिक ९.५ रेक्टर स्केलको भूकम्प गएको छ । चिलीमा गएको बिनासकारी भूकम्प नै अहिलेसम्मको ठूलो हो । यस्तै इण्डोनेसियामा ९.३ र जापानमा सन् २०११ मा ९.५ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा विक्रम सम्वत १९९० मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको इतिहास हेर्दा हरेक ८० देखि १ सय वर्षमा ठूलो भूकम्प आउने गरेको छ । ९० सालपछि अहिलेको भूकम्प सबैभन्दा ठूलो हो ।
यसलाई रिटर्न पिरियड भनिन्छ ।

भूकम्पको भविष्यबाणी हुँदैन

अहिलेसम्म संसारमा भूकम्पकोभविष्यबाणी कसैले गर्न सकेको छैन । यो गर्न पनि सकिँदैन । सिद्धान्ततः विज्ञानले भविष्यबाणीलाई अस्वीकार गर्छ । भूकम्पको भविष्यबाणी गर्ने कुनै प्रविधिको विकास भएको छैन ।

सायद अब हुन पनि कठिन छ । अनुमानसम्म गर्न सकिएला । जापान र चीनमा सर्पहरु एकैपटक दुलाबाहिर आए भने, आकाशमा ठूलो संख्यामा चरा उडे भने, कुकुर भुक्यो भने, गाइवस्तु करायो भने भूकम्प आउन लागेको अन्ुमान गरिन्छ । तर विज्ञानले ती घटनालाई भूकम्प आउने संकेतका रुपमा स्वीकार गर्न सक्दैन र होइन पनि । कुनैबेला संयोग परेको भए बेग्लै कुरा हो ।

अहिले जसरी भूकम्पका विभिन्न भविष्यबाणी भइरहेका छन्, ती सबै निराधार हल्ला हुन् । यस्तो गलत हल्लाको पछि लाग्न जरुरी छैन । भूकम्प कहिले आउँछ र कति क्षमताको आउँछ भन्ने कुरा संसारमा मै हुँ भन्ने वैज्ञानिकले समेत गर्न सकेका छैनन् । भूकम्प तीन चरणमा आउँछ । पहिला पूर्वसंकेतका रुपमा सानो आउँछ । त्यसको झड्का महसुस गर्न सकिँदैन ।

दोश्रो चरणमा आउने मुख्य झड्का हो । शनिबार आएको ७. ६ रेक्टर स्केलको भूकम्प मुख्य झड्का थियो । त्यसपछि आउने सहायक भूकम्प हो । अहिले पटकपटक आइरहेको भूकम्प सहायक भूकम्प हो । यसलाई आफ्टर सक भनिन्छ । मुख्य धक्का महसुस भएको ७२ घण्टासम्म सहायक धक्का आइरहन सक्छन् । तर एउटा कुरा के पक्का हो भने सहायक धक्का मुख्य धक्का जत्रो वा त्यो भन्दा ठूलो कहिल्यै आएको पनि छैन र आउन पनि सक्दैन ।

मैले भूकम्प विषयमा जापानबाट पिएचडी गरेको छु । मेरो अध्ययनका आधारमा शतप्रतिशत दाबीका साथ भन्न सक्छु कि अब ७. ६ रेक्टर स्केल वा त्योभन्दा बढी क्षमताको भूकम्प आउँदैन । अहिले क्रमसः भूकम्पको संख्या र क्षमता घट्दै गएको छ । भएको त्यही नै हो । अब आउने भूकम्पले त्यति क्षति पनि गर्न सक्दैन । तर सुरुआती झड्काले कमजोर भएका भौतिक संरचना भत्किन सक्छन् ।

धेरै नै क्षति भएको घरमा नबस्नु ठीकै हो । तर सामान्य क्षति पुगेको घर छ भने मज्जाले घरमै सुते केही फरक पर्दैन । किन भने भूकम्प आफैंले मानिस मार्दैन । भूकम्प जाँदा भत्किने मानव निर्मित भौतिक संरचनाले गर्दा मानिसको ज्यान जाने हो । बरु सचेत के मा हुन जरुरी छ भने स्वास्थ्यका बारेमा । मरेका मानिसका शवहरु अझै घटनास्थल वा अस्पतालहरुमा बेवारिसे अवस्थामा छन् ।

तिनीहरु गन्हाउन थालेका छन् । हजारौं मानिस घरबाहिर बस्दा वातावरण प्रदूषित भएको छ । मानिसहरुमा रुघा, खोकी, ज्वरो, निमोनिया जस्ता रोगका संक्रमण फैलन सक्छ ।

नेपालमा ज्वालामुखी विस्फोट हुँदैन, काठमाण्डु भासिँदैन

नेपालमा ज्वालामुखी विस्फोट हुँदैछ भन्ने हल्ला चलाइएको छ । त्यसको सम्भावना शून्य प्रतिशत मात्र छ । ज्वालामुखी विस्फोट र सुनामी सामुन्द्रिक मुलुकहरुमा मात्र हुने घटना हुन् । हाम्रोजस्तो पहाडी मुलुकमा त्यस्तो हुनै सक्दैन । नेपाल ७२ देखि ८ हजार ८ सय ४८ मिटरसम्म उचाइ भएको मुलुक हो । यति उचाई भएको स्थानमा ज्वालामुखी विस्फोट हुँदैन ।

यी सबै हावा कुरा हुन् । खास गरी विदेशमा बसेका नेपालीले त्यस्तो हल्ला चलाइरहेका छन् । इण्डोनेसिया र चिलीमा गएको भूकम्पको दृश्य मिक्स गरेर युट्युबमा अपलोड गर्ने र नेपालमा पनि यस्तै हुँदैछ भन्ने हल्ला फिँजाएको पनि देखियो । मेरो बिनम्र अनुरोध छ कृपया ती सबै निरनधार हल्ला हुन् । हल्लाका पछि दर्गुन जरुरी छ्रैन । संसारमा ज्वालामुखी विस्फोटनको अधिक खतरा रहेका मुलुक अमेरिका, इण्डोनेसिया र ब्राजिल हुन् ।

अर्को हल्ला काठमाण्डु भासिँदैछ भन्ने पनि चलेको छ । त्यो पनि हावादारी नै हो । भूकम्कले केही मिटर जमिन भासिन सक्छ । जस्तो सातदोबाटो, अन्तर्राष्ट्यि विमानस्थल आसपास, सल्लाघारी कोटेश्वर सडक खण्डमा केही जमिन भासिएको छ । भासियो भने कतैकतै त्यति नै भासिएला । तर त्यो भन्दा तल सबका सब काठमाण्डु भासिन्छ भन्ने निराधार हल्ला हो ।]

Photos 20/02/2015

Cover Photo Uploaded !!

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Biruwa Archale 4 Arkekot Syangja
Syangja