Chirag Higher Secondary Boarding School-OFFICIAL

Chirag Higher Secondary Boarding School-OFFICIAL

Share

Best educational institute of Nepal.

29/07/2026

भावपूर्ण श्रद्धाञ्जली !
==============


इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ती मान्दैन त्यो।
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो।


यस विद्यालयका पूर्व विद्यार्थी स्व. निरज ढकालको स्मृतिमा स्थापित "निरज ढकाल स्मृति अक्षय कोष" का संस्थापक रम्भा-१, हुँगी, पाल्पा जन्मघर भै हाल ज्ञानेश्वर, काठमाण्डौ निबासी हाम्रा पूर्व अभिभावक लोकनाथ ढकालको गत साउन ८ गते शुक्रबारका दिन ८७ बर्षको उमेरमा भएको देहावसानले विद्यालय परिवारलाई स्तब्ध बनाएको छ।

यस दु:खद घडीमा समस्त परिवार तथा आफन्त जनहरुमा गहिरो समवेदना प्रकट गर्दै मृत देहको चिर शान्ति तथा वैकुण्ठ बासको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

19/07/2026

🎉 Congratulations! 🎉

दक्षिण एसियाली कराते च्याम्पियनसिप (SAKF) मा रजत पदक जित्दै ऐतिहासिक सफलता हासिल गर्नु भएका चिराग सेकेन्डरी बोर्डिङ स्कुल, गल्याङ–३, स्याङ्जाका प्रतिभाशाली विद्यार्थी श्री ओमराज पौडेललाई विद्यालय परिवारको हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना।

तपाईंको अथक मेहनत, अनुशासन, समर्पण र लगनशीलताले विद्यालय, गल्याङ नगर तथा सम्पूर्ण देशको गौरव बढाएको छ। आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्दै राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा अझ उच्च बनाउँदै जानुहोस् भन्ने शुभेच्छा।

🌟 Chirag Secondary Boarding School
Galyang–3, Syangja

“हार्दिक बधाई! तपाईंको सफलता हाम्रो गौरव हो।” 🥋🥈🇳🇵

16/07/2026

४० वर्षको अथक सेवा, समर्पण र इमानदारीप्रति हार्दिक सम्मान। विद्यालय परिवारबाट औपचारिक रूपमा बिदाइ भए पनि तपाईंले छोड्नुभएको प्रेरणा र योगदान सधैं जीवित रहनेछ। सुखद, स्वस्थ र खुसीपूर्ण अवकाश जीवनको हार्दिक शुभकामना।

Photos from Chirag Higher Secondary Boarding School-OFFICIAL's post 16/07/2026

आदरणीय रुक्मागत भण्डारीज्यू,
सादर नमस्कार !

आज हामी सबैका लागि यो क्षण एकै साथ गर्व, सम्मान र भावनाले भरिएको क्षण रह्यो। विक्रम संवत् २०४४ सालमा प्राथमिक तहको शिक्षकको रुपमा विद्यालयमा प्रवेश गरी आफ्नो जीवनका सर्वाधिक उर्जाशील ३९ वर्ष विद्यालयलाई समर्पित गर्दै हजारौँ विद्यार्थीको भविष्य निर्माणमा अतुलनीय योगदान पुर्‍याएर औपचारिक सेवाबाट आजदेखि विश्रामतर्फ उन्मुख हुँदै हुनुहुन्छ।

झण्डै २ दशक लामो शिक्षण यात्रामा आवस्यकता अनुसार सबै विषयहरुको शिक्षण गरेर, वि.सं. २०४६ देखि २०४९ सम्म प्रिन्सिपलको रुपमा विद्यालयलाई कुशल नेतृत्व प्रदान गरेर अनि विगत २७ वर्षदेखि अविच्छिन्न जुनियर तथा युवा रेडक्रस सर्कलको शिक्षक नायक रहेर यहाँले यस विद्यालयलाई पुर्‍याउनु भएको योगदान प्रति विद्यालय परिवार उच्च सम्मान र कृतज्ञता प्रकट गर्दछ।

युवावस्थादेखि अनुभवले परिपक्व बनेको आजसम्मको सम्पूर्ण समय, ज्ञान, श्रम, अनुशासन र ममता यही विद्यालयलाई अर्पण गर्नु भयो। यहाँले दिक्षित गर्नु भएका हजारौं विद्यार्थीहरु आज समाजका विभिन्न क्षेत्रमा सफल भएर राष्ट्र निर्माणमा योगदान दिइरहेका छन्। यही नै शिक्षक जीवनको सबैभन्दा ठूलो उपलब्धि हो भन्ने ठान्नु भएको छ भन्ने विश्वास लिएका छौँ।

आजको यस विशेष अवसरमा विद्यालयका जन्मदाताहरु विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई साक्षी राखेर शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान गराउन सफल विद्यालको वरिष्ठ शिक्षकको रुपमा अवकाश लिनुलाई सुखद र गौरवमय क्षणको रुपमा आफ्नो जिन्दगीको पानामा सुरक्षीत गर्नु होला । यो केवल विदाइ समारोह होइन, यो समर्पण, इमानदारी, अनुशासन र सेवाभावप्रति हाम्रो उच्च सम्मानको अभिव्यक्ति हो।

सेवानिवृत्ति भनेको जिम्मेवारीबाट विश्राम लिनु हो, तर शिक्षक कहिल्यै निवृत्त हुँदैनन्। यहाँले सिकाएको ज्ञान, संस्कार र प्रेरणाहरू पुस्तौँपुस्तासम्म जीवित रहिरहनेछन्। विद्यालयका हरेक सफलता र उपलब्धिमा यहाँको असाधारण योगदान सदैव स्मरणीय रहनेछ।

प्रिय सहकर्मी , तपाईं विद्यालयबाट औपचारिक रूपमा बिदा हुँदै हुनुहुन्छ, तर हाम्रो मनबाट कहिल्यै टाढा हुनुहुने छैन। तपाईंको प्रेरणादायी इमानदारीता अनुशासन र समर्पण सधैँ हाम्रो मार्गदर्शन बनिरहनेछन्। यहाँको उर्जा, सिकाइ प्रतिको रुचि र समसामयिक विषयहरु बारेको ज्ञान हाम्रालागि सदा अनुकरणीय रहनेछन् ।

यसै भावपूर्ण क्षणमा, विद्यालयसंग सम्बन्धित सबैको तर्फबाट सम्मान र कृतज्ञता प्रकट गर्दै यहाँको स्वस्थ, सुखमय तथा दीर्घ जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ। यहाँको निवृत्त जीवन सदा सक्रिय र सुखद रहोस् ! लाखौंलाख शुभकामना !

चिराग आवासीय मा.वि. परिवार
गल्याङ नगरपालिका-३, स्याङ्जा

16/07/2026
13/07/2026

लागुऔषधको प्रयोगले स्वास्थ्य, भविष्य र परिवार सबैलाई नोक्सान पुर्‍याउँछ। स्वस्थ जीवन र उज्ज्वल भविष्यका लागि लागुऔषधबाट टाढा

Photos from Chirag Higher Secondary Boarding School-OFFICIAL's post 10/07/2026

चेस तथा हस्तलेखन (Handwriting) प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्नुभएकोमा हार्दिक बधाई! तपाईंको मेहनत, अनुशासन र प्रतिभाको यो सुन्दर प्रतिफल हो।

यस्तै आत्मविश्वास, लगन र उत्साहका साथ आगामी दिनहरूमा पनि नयाँ-नयाँ सफलता हासिल गर्दै जानुहोस्। तपाईंको उज्ज्वल भविष्यको हार्दिक शुभकामना!

09/07/2026

ध्वनि प्रदूषण घटाऔँ, स्वास्थ्य बचाऔँ।* आजै सचेत बनौँ, ध्वनि प्रदूषण हटाऔँ।* शान्त वातावरण, सबैको अधिकार।

08/07/2026

CONGRATULATIONS!

We would like to extend huge Congratulations to MR. OMRAJ PAUDEL for his unprecedented accomplishment for representing the country to participate in South Asian Karate Championship to be held during 15 - 19 July,2026 in Dhaka, Bangladesh.

Photos from Chirag Higher Secondary Boarding School-OFFICIAL's post 06/07/2026

Memorization, English Handwriting तथा Nepali Handwriting साप्ताहिक कार्यक्रममा उत्कृष्ट सहभागिता जनाई लगनशीलता, अनुशासन र निरन्तर अभ्यासको परिचय दिनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना।
तपाईंहरूको मेहनत, समर्पण र सिकाइप्रतिको उत्साहले भविष्यमा अझ उत्कृष्ट सफलता प्राप्त गर्न प्रेरणा मिलोस्। यस्तै जोश, जाँगर र आत्मविश्वासका साथ आगामी कार्यक्रमहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर प्रगतिको यात्रामा अघि बढिरहनुहोस्।
उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 💐

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Galyang Municipality/3
Syangja
33815

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 15:00
Sunday 06:00 - 17:00