Shree Khadgakali Secondary School

Shree Khadgakali Secondary School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Khadgakali Secondary School, School, Chapakot/4, Syangja.

श्री खड्गकाली मा. वि. स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं ४ घुर्लिचौरमा अवस्थित सामुदायिक विद्यालय हो । बि.सं. २०२० मा स्थापना भएको यो विद्यालयमा हाल कक्षा नर्सरी देखि १० सम्मको पठनपाठन सञ्चालनमा आएको छ ।

Photos from Shree Khadgakali Secondary School's post 26/01/2026

आज मिति २०८२ माघ १२ गते खड्गकाली मा.वि.को शिक्षक, विद्यार्थी र अभिभावकहरुबिच शिक्षण सिकाइ सुधारको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 💝

Learn more: https://www.khadgakali.edu.np/2026/01/teacher-parents-and-students-interaction-event-photo-gallery.html

Photos from Shree Khadgakali Secondary School's post 23/01/2026

आज मिति २०८२ माघ ९ गते खड्गकाली मा.वि., चापाकोट-४, स्याङ्जामा सरस्वती पूजा तथा अक्षर शुभारम्भ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 💝
View more: https://www.khadgakali.edu.np/2026/01/saraswati-puja-photo-collection.html

Photos from Shree Khadgakali Secondary School's post 09/01/2026

श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जाका आदरणीय प्रधानाध्यापक श्री लेस बहादुर खाँणज्यूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र प्रशासनिक सुदृढीकरणमा पुर्‍याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै चापाकोट नगरपालिकाले उहाँलाई नगरस्तरीय 'उत्कृष्ट प्रधानाध्यापक' को रूपमा सम्मानित गरेको छ। यस सुखद अवसरमा आज मिति २०८२ पुस २५ गते विद्यालय परिवारद्वारा एक विशेष समारोह आयोजना गरी उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्मान गरिएको छ । उहाँको सफल नेतृत्व र आगामी सुखद कार्यकालका लागि विद्यालय परिवार सधैं गौरव गर्दै शुभकामना व्यक्त गर्दछ ।

Learn more: https://www.khadgakali.edu.np/2026/01/best-principal-of-2082-lb-khand.html

L.B. Khand fans

📸 Bikas Gurung

Photos from Shree Khadgakali Secondary School's post 09/01/2026

पुस महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउन सफल कक्षा ७ की छात्रा विशुम खाँणलाई पुरस्कृत गरिँदै । साथै, विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रममा आफ्नो कविता प्रस्तुत गर्दै कक्षा ६ की छात्रा रोशनी पौडेल ।

Photos from Shree Khadgakali Secondary School's post 09/01/2026

श्री खड्गकाली मा.वि. चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जामा मिति २०८२ पुस २४ गते कक्षा ३ देखि कक्षा ८ सम्म सिकाइ आपुरण तथा द्रुत सिकाइ (ReAL) को आधार परीक्षा (Baseline Exam) परीक्षा सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त परीक्षामा लिइएको केही तस्बिरहरू ।

View more: https://www.khadgakali.edu.np/2026/01/real-baseline-exam-photo-gallery.html

09/01/2026

यस श्री खड्गकाली मा. वि. को शिक्षक बिकास गुरुङ सरले हिजो मिति २०८२ पुष २४ गते आफ्नो जन्मदिनको उपलब्धमा विद्यालयको जुनियर रेडक्रस कोषमा आर्थिक सहयोग गर्नुभएको छ । उहाँलाई विद्यालय परिवार जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । 🎉🎂❤️

नोट : माफी चाहन्छौ बिकास सर हिजो post गर्न ढिलाई भएकोमा 🙏🙏🙏

Photos from Shree Khadgakali Secondary School's post 02/01/2026

खड्गकाली मा.वि. मा घैटो फुटाइ,कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सम्पन्न::

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस १८ गते बालिका मैत्रीको आयोजनामा शुक्रबारे अतिरिक्त कृयाकलापहरु अन्तर्गत कक्षा १-५ मा घैटो फुटाइ र कक्षा ६-१० मा कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सञ्चालन भएको छ ।

घैटो फुटाइ तर्फ कक्षा केजीबाट संयोग खांण, कक्षा १ बाट पवन बि.क.प्रथम भएका छन् ।

त्यसैगरी, कविता लेखन प्रतियोगिता तर्फ कक्षा ६ बाट रोशनी पौडेल ( अन्नपूर्ण सदन), कक्षा ७ बाट बिसुम खांण (मनास्लु सदन), कक्षा ८ बाट सोडिमा सारु(अन्नपूर्ण सदन), कक्षा ९ बाट अन्जिता खांण (कञ्चनजंघा सदन) र कक्षा १० बाट अप्सरा थापा ( अन्नपूर्ण सदन) प्रथम हुन सफल भएका छन् । कक्षा ६-१० तर्फ छात्र भलिबल खेल प्रतियोगितामा अन्नपूर्ण सदन प्रथम, माछापुच्छ्रे सदन द्वितीय र कंचनजंघा सदन तृतीय हुन सफल भएका छन । प्रतियोगितामा विजयी सम्पूर्ण छात्र छात्राहरु विद्यालयबाट पुरस्कृत हुने छन् ।

View more: https://www.khadgakali.edu.np/2026/01/friday-program-reporting-poush-18.html

Photos from Shree Khadgakali Secondary School's post 02/01/2026

यस श्री खड्गकाली मा.वि.को कक्षा ३ मा अध्ययनरत छात्र सुजन खांणले मिति २०८२ पुष १८ गते आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयको जुनियर तथा युवा रेडक्रस कोषमा आर्थिक सहयोग गर्नुभएको छ । उहाँलाई विद्यालय परिवार धन्यवाद ज्ञापन गर्दै जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । 🎉🎂❤️

Photos from Shree Khadgakali Secondary School's post 19/12/2025

खड्गकाली मा.वि. मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न::

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस ४ गते जुनियर रेडक्रसको आयोजनामा शुक्रबारे अतिरिक्त कृयाकलापहरु अन्तर्गत कक्षा १-५ मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र कक्षा ६-१० मा चित्रकला प्रतियोगिता सञ्चालन भएको छ ।

सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन तर्फ कक्षा केजीबाट रिअन्सु थापा, कक्षा १ बाट पवन बि.क., कक्षा २ बाट सनिसा शाल्मी, कक्षा ३ बाट दिप्सन शाही, कक्षा ४ बाट गौसम खाँण र कक्षा ५ बाट प्रियांका मल्ल प्रथम भएका छन् ।

त्यसैगरी, चित्रकला प्रतियोगिता तर्फ कक्षा ६ बाट नमन खाँण, कक्षा ७ -८ बाट अप्सन मल्ल र कक्षा ९-१० बाट विवश गुरुङ प्रथम हुन सफल भएका छन् । प्रतियोगितामा विजयी सम्पूर्ण छात्र छात्राहरु विद्यालयबाट पुरस्कृत हुने छन् ।

View more: https://www.khadgakali.edu.np/2025/12/poush-4-program-reporting.html

Photos from Shree Khadgakali Secondary School's post 18/12/2025

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस ३ गते बिहिबार अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार र प्रगति विवरण वितरण तथा अभिभावक अन्तर्कृया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा पुरस्कार वितरणको क्रममा लिइएको कक्षा ६ देखि १० सम्मको विद्यार्थीहरुको केही तस्बिरहरू ! 💝🎉😘

Photos from Shree Khadgakali Secondary School's post 18/12/2025

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस ३ गते बिहिबार अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार र प्रगति विवरण वितरण तथा अभिभावक अन्तर्कृया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा पुरस्कार वितरणको क्रममा लिइएको कक्षा नर्सरी देखि ५ सम्मको विद्यार्थीहरुको केही तस्बिरहरू ! 💝🎉😘

View more: https://www.khadgakali.edu.np/2025/12/class-nursery-to-5-students-photo-of-half-yearly-exam-result.html

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Chapakot/4
Syangja
33800

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 05:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 05:00 - 17:00
Sunday 05:00 - 17:00