14/11/2025
Praying while drinking tea .
**Kingdom of Spiritual Prosperity** is rising in Nepal! Support the movement & Pray
We are on a mission to empower pastors, youth leaders, and churches in remote areas with **spiritual training, leadership skills, and business development**.
14/11/2025
Praying while drinking tea .
12/11/2025
Ever tried, Ever failed, No matter , Try again , Failed again , Failed better the world is yours .
vision of Ksp Mission
KSP mission Nepal को उद्देश्य
18/09/2025
First Core Team management of KSP Nepal
18/09/2025
नेपालका सबै भूभागहरू, विशेष गरी हिमाल, पहाड, र तराईका दुर्गम क्षेत्रहरूमा ख्रीष्टको सुसमाचारको ज्योती फैलाउने र आत्मिक, सामाजिक, शैक्षिक, प्रविधिक, तथा आर्थिक दृष्टिले पछि पारिएका समुदायलाई सेवा, प्रशिक्षण र सम्भावनाको ढोका खोल्ने। देशभरि विविध कारणले सेवा गर्न कठिनाइ भोगिरहेका अगुवा, पास्टर, जवान अगुवा तथा विश्वासीहरू—जसलाई शिक्षाको कमी, स्वास्थ्य सेवाको अभाव, प्रविधिमा राम्रो पहुँच नहुनु, व्यवसायिक स्रोत राम्रो नहुनु, आफ्नै उत्पादनको बजारिकरणको समस्या आदि कारणहरुले गर्दा प्रभुको सेवामा निरन्तरता दिन गाह्रो भइरहेको छ—उनीहरूलाई आत्मनिर्भर, सशक्त, र ख्रीष्टमा दृढ बनाउन यो मिशन समर्पित छ। (हितोपदेश २२ : ६) अनुसार, हामी बालबालिका र युवालाई आत्मिक शिक्षा द्वारा भावी नेतृत्वको लागि तयार पार्न कटिबद्ध छौं।
KSP मिसन नेपालले केवल चर्च भित्र मात्र नभई विदेशमा रहेका नेपाली डायस्पोरा ( विश्वासीहरु )माझमा समेत आत्मिक सेवा, प्रशिक्षण र प्रार्थनात्मक सहकार्य पुर्याउने लक्ष्य राखेको छ। “अतः जाऊ र सबै देशका जातिहरूलाई चेला बनाओ ...” (मत्ती २८:१९) भन्ने प्रभु येशूको आज्ञा र “म तिमीलाई मेरो उद्धार पुर्याओस् भनी अन्य जातिहरू कहाँ एउटा ज्योति बनाउनेछु...” (यशैया ४९:६,ख) प्रतिज्ञा अनुसार, हामी विश्वव्यापी रूपमा ख्रीष्टको प्रेम र सत्यता फैलाउने कार्यमा अडिग छौं।
त्यसैले, प्रविधि, स्वास्थ्य, शिक्षा, व्यवसाय, र आत्मिक अनुशासनलाई समेटेर सम्पूर्ण मण्डलीलाई आत्मनिर्भर, सशक्त, र संसार जित्नेसक्ने बनाउने हाम्रो लक्ष्य हो। हामी विश्वास गर्छौं कि जब अगुवाहरू सक्षम हुन्छन्, मण्डलीहरू बलियो बन्छन्; जब मण्डलीहरू बलियो बन्छन्, तब समाज रूपान्तरण हुन्छ; र जब समाज रूपान्तरण हुन्छ, तब राष्ट्रमा परमेश्वरको महिमा प्रकट हुन्छ। यशैया ६०:१ र २ टिमोथी २ : २ जस्ता प्रेरणादायी वचनहरूले हामीलाई मार्गदर्शन गर्छन्। हाम्रो देश तथा विदेशमा रहेका सम्पूर्ण विश्वासीलाई आत्मिक, सामाजिक र आर्थिक रूपमा सशक्त तुल्याएर, उनीहरूलाई आ आफ्नो स्थानबाट प्रभुको राज्य विस्तारमा जिम्मेवारीपूर्वक अग्रसर गराउनु हो। हामी चाहन्छौं कि स्थानिय मण्डलीहरू, अगुवाहरू, शिक्षकहरू, र समुदायका जिम्मेवार सदस्यहरूले आफ्ना वरपरका अविश्वासीहरूलाई सत्यको मार्गमा ल्याउन सकून्, अनि आफ्नो ज्ञान, वरदान र प्रतिभालाई प्रयोग गरेर परमेश्वरको राज्यको लागि सक्रिय भूमिका निर्वाह गरून्। यसै दृढ संकल्प, विश्वास र सेवामा सशक्त भयर प्रभुको महान योजनामा सहकार्य गर्न हामी अघि बढिरहेका छौं ।
24/07/2025
Glory be to God. Today is a meeting of the core management team of our Kingdom of spiritual prosperity or a glimpse into the history.
24/07/2025
Our Digital Fellowship
13/07/2025
GOD IS GOOD ALL THE TIME
Praise the Lord 🙏🙏🙏
29/06/2025
Some glimpses of our international meeting .