Ghumkhahare Sunrise Academy

Ghumkhahare Sunrise Academy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghumkhahare Sunrise Academy, School, Surkhet.

घुमखहरे सनराइज एकेडेमी विद्यालयको आधिकारिक फेसबुक पेजमा स्वागत छ। यस पेजबाट विद्यालयमा भएका गतिविधिहरू मात्र पोष्ट गरिनेछन्।
Welcome To in Ghumkhahare Sunrise Academy
Official page.

16/04/2026

13/04/2026

🎉🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸🎉
नयाँ वर्ष २०८३ ले सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका तथा शुभेच्छुक महानुभावहरूको जीवनमा
नयाँ उत्साह, नयाँ ऊर्जा, नयाँ सफलता र नयाँ सम्भावनाहरू लिएर आओस् भन्ने हार्दिक कामना गर्दछौँ।
यो नयाँ वर्षले हाम्रो सम्बन्धलाई अझै मजबुत बनाओस् र
शिक्षा, अनुशासन र प्रगतिको यात्रामा सबैलाई नयाँ उचाइतर्फ लैजाओस्।
🙏 यहाँहरू सबैको माया, विश्वास र सहयोगका लागि हृदयदेखि धन्यवाद।
📚 घुमखहरे सनराइज एकेडेमी परिवार
गुर्भाकोट–१०, भेडावारी, सुर्खेत
✨ Happy New Year 2083 B.S.
🌟 Let’s welcome a year full of learning, happiness and success.

09/04/2026

आज हाम्रो विद्यालयमा आयोजना गरिएको वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक तथा भव्य रूपमा सम्पन्न भएकोमा हामी अत्यन्त खुशी व्यक्त गर्दछौँ।
यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र सहभागिता जनाउनुहुने सम्पूर्ण अभिभावकज्यूहरू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, शिक्षक–शिक्षिका, विद्यार्थीहरू, सहयोगी हातहरू तथा शुभेच्छुक महानुभावहरू प्रति विद्यालय परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
यहाँहरूको साथ, सहयोग, माया र विश्वासले नै विद्यालयलाई अझ अगाडि बढ्न प्रेरणा मिलेको छ। आगामी दिनहरूमा पनि यस्तै माया, साथ र सहयोग प्राप्त भइरहने विश्वासका साथ पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
धन्यवाद।
विद्यालय परिवार

09/04/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉
आज घुमखहरे सनराइज एकेडेमी मा कार्यरत अनुशासित मेहनती तथा लगनशिल मेडम रिता नेपाली को जन्मदिन परेको अवसरमा विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
उहाँहरूको निरन्तर समर्पण, मेहनत र माया–ममता विद्यार्थिहरूको उज्ज्वल भविष्य निर्माणमा प्रेरणादायी रहँदै आएको छ ।
आगामी दिनहरूमा सुस्वास्थ्य, दीर्घायु र सफलताले भरिएको जीवनको कामना गर्दछौं । 💐🎂

08/04/2026

आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,

सादर नमस्कार।

यस घुमखहरे सनराइज एकेडेमी, गुर्भाकोट–१० भेडावारी, सुर्खेत मा अध्ययनरत विद्यार्थीहरूको वार्षिक नतिजा प्रकाशन, पुरस्कार वितरण तथा वार्षिक उत्सव कार्यक्रम मिति २०८२ साल चैत्र २६ गते विविध मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा आयोजना हुन गइरहेको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।

यस विशेष अवसरमा यहाँहरू सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई आफ्ना बालबालिका सहित उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौँ।

कार्यक्रमका मुख्य आकर्षणहरू:
• विद्यार्थीहरूको वार्षिक नतिजा प्रकाशन
• विद्यार्थी पुरस्कार तथा मेडल वितरण
• अभिभावक विविध प्रतियोगिताको पुरस्कार वितरण
• विविध सांस्कृतिक नृत्य प्रस्तुतिहरू
• विभिन्न विधामा अभिभावक सम्मान कार्यक्रम
• कक्षा ५ का विद्यार्थीहरूको विदाई कार्यक्रम
• शिक्षक–शिक्षिकाको आकर्षक नृत्य प्रस्तुति
• अभिभावकका लागि भाग्य चिट्ठा (Lucky Draw) कार्यक्रम

तसर्थ, यस महत्वपूर्ण कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

मिति: २०८२ साल चैत्र २६ गते
स्थान: घुमखहरे सनराइज एकेडेमी, गुर्भाकोट–१० भेडावारी, सुर्खेत

आयोजक:
घुमखहरे सनराइज एकेडेमी परिवार

28/03/2026

10/03/2026

🎉🎂 जन्मदिनको हार्दिक शुभकामना 🎂🎉
घुमखहरे सनराइज एकेडेमीमा कक्षा तीन मा अध्ययनरत विद्यार्थी सविन वि.क. लाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🌸
तिम्रो जीवन सधैं खुशी, सफलता र उज्यालो भविष्यले भरियोस्।
शिक्षा, अनुशासन र राम्रो संस्कारका साथ अगाडि बढ्दै जाओस्।
तिम्रा सबै सपना पूरा हुन् र जीवनमा ठूलो सफलता हासिल गर। 🌟
🎈 Happy Birthday Sabina BK ! 🎈
— विद्यालय परिवार
घुमखहरे सनराइज एकेडेमी 💐

09/03/2026

🎉🎂 जन्मदिनको हार्दिक शुभकामना 🎂🎉
घुमखहरे सनराइज एकेडेमीमा कक्षा एल केजी मा अध्ययनरत विद्यार्थी आयुस्का सुनार लाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🌸
तिम्रो जीवन सधैं खुशी, सफलता र उज्यालो भविष्यले भरियोस्।
शिक्षा, अनुशासन र राम्रो संस्कारका साथ अगाडि बढ्दै जाओस्।
तिम्रा सबै सपना पूरा हुन् र जीवनमा ठूलो सफलता हासिल गर। 🌟
🎈 Happy Birthday Aayuska Sunar ! 🎈
— विद्यालय परिवार
घुमखहरे सनराइज एकेडेमी 💐

02/03/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉
आज घुमखहरे सनराइज एकेडेमी मा कार्यरत अनुशासित मेहनती तथा लगनशिल मिस यशोदा टमटा र खगिसरा सिजाली मेम को जन्मदिन परेको अवसरमा विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
उहाँहरूको निरन्तर समर्पण, मेहनत र माया–ममता विद्यार्थिहरूको उज्ज्वल भविष्य निर्माणमा प्रेरणादायी रहँदै आएको छ ।
आगामी दिनहरूमा सुस्वास्थ्य, दीर्घायु र सफलताले भरिएको जीवनको कामना गर्दछौं । 💐🎂

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Surkhet