20/06/2026
गुर्भाकोट युनाईटेड पब्लिक स्कुलमा विद्यार्थी नेतृत्व चयन सफलतापूर्वक सम्पन्न 🗳️
गुर्भाकोट युनाईटेड पब्लिक स्कुलमा स्कुल क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस क्याप्टेनहरूको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरू आफ्ना प्रतिनिधि आफैं चयन गर्न निकै उत्साहित र सक्रिय देखिएका थिए। निर्वाचन प्रक्रियामा विद्यार्थीहरूको सहभागिताले विद्यालयमा लोकतान्त्रिक संस्कार, नेतृत्व विकास को। सिकाई हुने। विश्वास लिएका छौ।
निर्वाचनको मर्म र प्रक्रियाअनुरूप उम्मेदवारी मनोनयन दर्ता, दाबी–विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगायतका सम्पूर्ण प्रक्रियाहरू विधिवत् रूपमा पूरा गरिएको थियो। निर्वाचन समितिमार्फत उम्मेदवार तथा मतदाताहरूलाई निर्वाचन आचारसंहिताबारे विस्तृत जानकारी गराइएको थियो। साथै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरी निर्धारित समयावधिभित्र आफ्ना योजना, सोच र प्रतिबद्धताहरू प्रस्तुत गर्दै प्रचारप्रसार गर्ने अवसरसमेत उपलब्ध गराइएको थियो।
यस लोकतान्त्रिक अभ्यासले विद्यार्थीहरूलाई नेतृत्व चयनको वास्तविक अनुभव प्रदान गर्नुका साथै जिम्मेवार नागरिक बन्ने आधार तयार गरेको छ। स्वस्थ प्रतिस्पर्धा, अनुशासन र पारदर्शिताका साथ सम्पन्न भएको यस निर्वाचनले विद्यालयमा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
निर्वाचित सम्पूर्ण स्कुल क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस क्याप्टेनहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। साथै निर्वाचनलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा निर्वाचन समितिप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौ❤️
18/06/2026
Re-totaling पश्चात् ४.०० GPA
हार्दिक बधाई प्रशान्त 🎉
प्रिय प्रशान्त,
गुर्भाकोट युनाईटेड पब्लिक स्कुलका गौरव तथा गहना, SEE परीक्षाको नतिजामा नेपाली विषयको GPA प्रति चित्त नबुझी गरिएको पुनर्योग (Re-totaling) पश्चात समग्र GPA सुधार भई ४.०० प्राप्त गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
तिम्रो यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई विद्यालय परिवारका लागि पनि गर्व र गौरवको विषय रहेको छ।GPA ४.०० प्राप्त गर्ने सपना तिमीले आफ्नो अथक मेहनत, लगनशीलता, धैर्यता र आत्मविश्वासका साथ साकार पारेका छौ।
तिम्रो हरेक संघर्ष र सफलताको यात्रामा गुर्भाकोट युनाईटेड पब्लिक स्कुल परिवार सधैं तिम्रो साथ, सहयोगमा रहने छ ।आजको यो गौरवपूर्ण सफलतापछि विद्यालय परिवार तिम्रा आगामी सफलताहरूको प्रतीक्षामा रहनेछ।
तिम्रो यस ऐतिहासिक सफलताप्रति विद्यालय परिवार सधैं गर्व र आभारी रहनेछ।
पुनः एक पटक हार्दिक बधाई तथा उज्ज्वल, सफल र सुनौलो भविष्यको शुभकामना प्रशान्त❣️🎉
09/06/2026
नयाँ यात्रा, नयाँ सिकाइ र उज्ज्वल भविष्यतर्फको पहिलो कदम
गुर्भाकोट युनाईटेड पब्लिक सेकेण्डरी स्कुलमा राष्ट्रिय सेवा दल (NCC) तालिमको औपचारिक सुरुवात भएसँगै विद्यार्थीहरूमा उत्साह, र नेतृत्व विकासको नयाँ अध्याय प्रारम्भ भएको छ।
आज सम्पन्न परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिताले ऐतिहासिक सुरुवातसँगै हाम्रा विद्यार्थीहरू ज्ञान, सीप र चरित्र निर्माणको यात्रामा अझ एक कदम अगाडि बढेका छन्। सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई सफलताको शुभकामना ❣️
29/05/2026
🇳🇵 गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
गणतन्त्र दिवसको पावन अवसरमा अबदेखि हरेक शुक्रबार हुने "गुर्भाकोट युनाइटेड पब्लिक स्कुल Quiz" कार्यक्रममा जोडिनहुन सम्पूर्णमा हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौँ। 🙏
सर्तहरू र सहभागी हुने तरिका:
१. 👍 हाम्रो Official Page लाई Follow गर्नुहोस्।
२. ❤️ यो पोस्टलाई Like गर्नुहोस्।
३. 💬 कमेन्ट बक्समा आफ्नो सही उत्तर लेख्नुहोस्।
४. 🔁 यो पोस्टलाई आफ्नो टाइमलाइनमा Share गर्नुहोस्।
यदि सही उत्तर मिलाउने सहभागीहरू धेरै भएमा Lucky Draw मार्फत विजेता घोषणा गरिनेछ।
29/05/2026
🇳🇵 गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
गणतन्त्र दिवसको पावन अवसरमा अबदेखि हरेक शुक्रबार हुने "गुर्भाकोट युनाइटेड पब्लिक स्कुल Quiz" कार्यक्रममा जोडिनहुन सम्पूर्णमा हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौँ। 🙏
सर्तहरू र सहभागी हुने तरिका:
१. 👍 हाम्रो Official Page लाई Follow गर्नुहोस्।
२. ❤️ यो पोस्टलाई Like गर्नुहोस्।
३. 💬 कमेन्ट बक्समा आफ्नो सही उत्तर लेख्नुहोस्।
४. 🔁 यो पोस्टलाई आफ्नो टाइमलाइनमा Share गर्नुहोस्।
यदि सही उत्तर मिलाउने सहभागीहरू धेरै भएमा Lucky Draw मार्फत विजेता घोषणा गरिनेछ।
आजको प्रश्न दिनको ११ बजे राखिने छ।
15/05/2026
Admission Form To Apply
Admission Form To Apply 2083
Join Gurbhakot United Public Secondary School – Your Path to a Bright Future! We warmly invite students from Grade 1 to Grade 10, as well as those seeking quality education in Grades 11 and 12, to enroll at Gurbhakot United Public Secondary School. At our school, we are committed to providing exce...
14/05/2026
ADMISSION OPEN FOR GRADE-11
Quality Education for Bright Future
🏫 Gurbhakot United Public School
Gurbhakot-09, Botechaur, Surkhet
📚 Programs Available
* ⚖️ Law
* 💼 Management
* 📖 Education
•Modern Teaching Method
•Smart Board Classroom
•CCTV Monitoring
•Experienced & Dedicated Teachers
•Extra-Curricular Activities🎳
Contract:- 083415033
9858038684