7STAR korean language center

7STAR korean language center

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 7STAR korean language center, Educational consultant, birendranager-12, surkhet, Surkhet.

कोरियाको लामो बसाई र अध्ययन गर्नुभएका शिक्षकहरुको टिमबाट अध्यापन गराइने, प्रत्येक कक्षा २ घण्टा गराइने, आफ्नै UBT सिस्टमद्वारा दैनिक परिक्षा गराइने, Physical र Online कक्षाको व्यवस्था, कमजोर विद्यार्थीहरुलाई विशेष कक्षाको व्यवस्था

04/06/2026

Eps Issue भईसकेपछिका प्रक्रिया केके हुन्, विस्तृतमा हेर्नुस् है।🇰🇷♥️

१. Mediation हुँदै Hired भएपछि 발급 हुन्छ,

२. यस पश्चात कम्पनिले तपाईंको Labor Contact (LC) Forward गर्नुपर्ने हुन्छ, ( Issue भएको दिनबाट ३ महिना भित्र शनिबार र आईतबार बाहेक जुन दिन पनि हुनसक्छ)

३. LC Forward भएपछि इपीएस कार्यालय, ग्वार्कोमा स्वयं उपस्थित भई LC Sign गर्नुपर्दछ। (LC Forward‌ भएको भोलीपल्ट देखि ढिलोमा ७ दिन भित्र)

४. LC Sign गरेपछि तपाईंहरुले Training Form अनलाईन मार्फत भर्नुपर्ने हुन्छ, Sign भएपछि कुनै पनि ढिलाई नगरि Training Form भर्नुहोला,

५. LC Sign भएपछि CCVI आउँछ, तपाईंले Training नलिए पनि CCVI आउँछ, CCVI Form भर्न Training Certificate चाहिने भएकाले Training चाहिँ चाँडै लिनुपर्दछ, (CCVI पनि LC Sign भएको ३ महिना भित्र शनिबार र आईतबार बाहेक जुन दिन पनि आउनसक्छ)

६. CCVI आएपछि तुरुन्तै CCVI Form भर्नुपर्दछ, CCVI भर्न इपीएस, कार्यालय ग्वार्को मै जानुपर्नेछ,

७. CCVI भरेपछि तपाईंको File कोरियन Embassy मा पुग्छ र भिषा प्रक्रिया भई ९० दिनको भिषा लाग्दछ,

८. यस पश्चात Flight आउँछ,

९. Final Flight आएपछि Flight सुचनामा उल्लेख गरे अनुसार श्रम, बिमा साथै अन्य आवश्यक प्रक्रिया गरि Flight लिनुपर्दछ।

नोट: कोरिया जाने वा अन्य कुनै देश जाने तयारीमा रहनुभएका सबैले Personal PAN Card बनाएर राख्नुहोला, पछि सहज हुनेछ।

02/06/2026

लेखेर पढनुस
たべたい खान चाहन्छु
のみたい पिउन चाहन्छु
かいたい किन्न चाहन्छु
みたい हेर्न चाहन्छु
あそびたい खेल्न चाहन्छु
あいたい भेट्न चाहन्छु
べんきょうしたい पढ्न चाहन्छु
はたらきたい काम गर्न चाहन्छु
とりたい खिच्न चाहन्छु
とりたい लिन चाहन्छु
はなしたい कुरा गर्न चाहन्छु
およぎたい पौडी खेल्न चाहन्छु
つくりたい बनाउन चाहन्छु
ならいたい सिक्न चाहन्छु
てつだいたい सहयोग गर्न चाहन्छु
せんたくしたい लुगा धुन चाहन्छु
そうじしたい सफा गर्न चाहन्छु
ちゅうもんしたい अर्डर गर्न चाहन्छु
きゅうけいしたい आराम गर्न चाहन्छु
そうだんしたい सल्लाह गर्न चाहन्छु
れんしゅうしたい अभ्यास गर्न चाहन्छु
りょこうしたい घुम्न चाहन्छु
さんぽしたい टहलिन चाहन्छु
しゅうりしたい मर्मत गर्न चाहन्छु
かくにんしたい चेक गर्न चाहन्छु
しはらいたい पैसा तिर्न चाहन्छु
まちたい पर्खन चाहन्छु
はこびたい ओसार्न चाहन्छु
つかいたい प्रयोग गर्न चाहन्छु
かきたい लेख्न चाहन्छु
ききたい सुन्न चाहन्छु
おくりたい छोड्न चाहन्छु
さがしたい खोज्न चाहन्छु
かえしたい फिर्ता गर्न चाहन्छु
かりたい सापटी लिन चाहन्छु
むかえたい लिन जान चाहन्छु
おしえたい सिकाउन चाहन्छु
はしりたい दौडिन चाहन्छु
あるきたい हिँड्न चाहन्छु
りょうりしたい खाना पकाउन चाहन्छु
よやくしたい रिजर्भ गर्न चाहन्छु
しあいしたい खेल खेल्न चाहन्छु
あんないしたい गाइड गर्न चाहन्छु
じゅんびしたい तयारी गर्न चाहन्छु
しょくじしたい भोजन गर्न चाहन्छु
かいものしたい किनमेल गर्न चाहन्छु
かえりたい फर्किन चाहन्छु
やすみたい आराम गर्न चाहन्छु
みつけたい फेला पार्न चाहन्छु
よびたい बोलाउन चाहन्छु

02/06/2026

सन् २०२६ का लागि दोश्रो चरणको विदेशी कामदार छनौट प्रक्रिया (Issue) अन्तर्गत Agriculture And Livestock तर्फ दोस्रो दिनको छनौट कार्य आज पनि सञ्चालन भईरहेको छ|

रोष्टरमा रहनुभएका सम्पूर्ण व्यक्तिहरूलाई धेरै धेरै शुभकामना।।

29/05/2026

🇰🇷 तपाईंको EPS ID मा "Mediation" देखाएको छ ? — यसको मतलब के हो थाहा छ ?
कोरिया जाने प्रतीक्षामा हुनुहुन्छ र अचानक EPS ID खोल्दा "Mediation" लेखेको देख्नुभयो ?
नआत्तिनुस् — यो राम्रो संकेत हो। 😊
Mediation भनेको के हो ?
कुनै कोरियन कम्पनीलाई १ जना कामदार चाहियो भने Job Center ले एकैपटक ३ जनाको File त्यो कम्पनीकहाँ पठाउँछ। कम्पनीले ती तीनवटा File हेर्छ र आफूलाई मन परेको १ जना मात्र छान्छ।
यसरी तपाईंको File कम्पनीकहाँ पुगेको र छनौट प्रक्रिया भइरहेको बेला तपाईंको EPS ID मा "Mediation" देखिन्छ। 📋
सजिलो भाषामा भन्नुपर्दा — "तपाईंको File कम्पनीको टेबलमा छ, निर्णय हुँदैछ।"
अनि छनौट भएन भने ?
३ जनामध्ये कम्पनीले १ जना छान्यो भने बाँकी २ जनाको Mediation हट्छ। यो सुन्दा मनमा ढुक्क हुँदैन — तर यसको मतलब सबै सकियो भन्ने होइन। 🙏
Mediation हटेको File पुनः अर्को कम्पनीकहाँ जाने सम्भावना हुन्छ। तर यो १००% ग्यारेन्टी भने छैन — कहिलेकाहीँ जान्छ, कहिलेकाहीँ जाँदैन।!



22/05/2026

सन् २०२६ का लागि दोश्रो चरणको विदेशी कामदार छनौट प्रक्रिया (Issue) अन्तर्गत Manufacturing तर्फ आज 2026 May 22 बाट छनौट कार्य सुरु हुँदैछ। Agriculture & Livestock तर्फ भने Manufacturing तर्फ छनौट कार्य समाप्त भएपछि 2026 June 01 बाट छनौट कार्य सुरु हुनेछ। छनौट कार्य नेपाली समयानुसार बिहान ५:४५ बजेदेखि दिउँसो १:४५ बजेसम्म सञ्चालन हुनेछ।
रोष्टरमा रहनुहुने सम्पुर्ण व्यक्तिहरूमा धेरै धेरै शुभकामना

11/05/2026

Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Skill Test मा उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण व्यक्तिहरूको नामावली हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्।

उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना

29/04/2026
27/04/2026

agricultural तर्फ को skill test को रिजल्ट सार्बजानिक भएको छ , 1808 जना पास

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Birendranager-12, Surkhet
Surkhet
21700