10/01/2026
भाग्यले ठगे पनि हिम्मतले जितेको रत्नबहादुरको जीवन कथा !🔥
मास्टरसेफ इन्डिया २०२६ को अडिसनमा यतिबेला एक नेपाली युवाको चर्चा चुलिएको छ। उनी हुन्— सिन्धुपाल्चोकका रत्नबहादुर तामाङ।
दुवै हात नभएका रत्नले कृत्रिम (Artificial) हातको सहारामा जजहरूका अगाडि लाइभ नुडल्स बनाएर खुवाउँदा भारतीय सेफहरू समेत भावुक बने।
"जसले मन जित्यो, उसले अरु के इनाम जित्नुपर्छ र?" रत्नको प्रतिभा र आँट देखेर विश्वप्रसिद्ध सेफ विकास खन्नाले यसो भन्दै उनको तारिफ गरे।
रत्नले आफ्नो अद्भुत कलाका कारण मास्टरसेफको प्रतिष्ठित 'एप्रोन' र 'ना' इफ' (च ' क्कु) समेत जित्न सफल भएका छन्।
💔 एउटा दुर्घटना, जसले जीवनै बदल्यो:
२०७२ सालमा साउदीबाट छुट्टीमा घर आएका बेला वेल्डिङको काम गर्दा हाइटेन्सन लाइनको करेन्ट लागेर रत्नले आफ्ना दुवै हात गुमाएका थिए।
हात मात्र का *'टिएन, प्रेमिकाले पनि साथ छोडिन्।
"त्यो बेला मसँग दुई विकल्प थिए— आ 'त्म * त्या गर्ने कि भीख माग्ने," रत्न सम्झिन्छन्। तर उनले तेस्रो बाटो रोजे— संघर्षको बाटो।
✨ टिकटकदेखि मास्टरसेफसम्म:
सामाजिक सञ्जालमा उनले बनाएका खानाका भिडियोहरूले लाखौँको मन जित्यो। त्यहीँबाट जुटेको सहयोगले उनले कृत्रिम हात लगाए।
साउदीमा ३ वर्ष सेफको काम गरेको अनुभवलाई उनले कृत्रिम हातको माध्यमबाट फेरि ब्युँताए।
आज उनी भारतको सबैभन्दा ठूलो कुकिङ शोमा संसारभरका प्रतिस्पर्धीलाई चुनौती दिइरहेका छन्।
यी नेपाली छोराको सपना पूरा होस् र उनले मास्टरसेफको उपाधि जितुन् भन्ने चाहनुहुन्छ भने कमेन्टमा 'All the Best' लेख्नुहोस् 🙏
10/01/2026
08/01/2026
07/01/2026
04/03/2025
13/08/2024
22/07/2024
19/06/2024