टेकेन्द्र के सि - Tekendra k c

टेकेन्द्र के सि - Tekendra k c

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from टेकेन्द्र के सि - Tekendra k c, Education, Surkhet.

Photos from टेकेन्द्र के सि - Tekendra k c's post 25/10/2022

लक्ष्मी पुजाको दिन

26/09/2022

कुरा सन् १९९९ को हो। भारतीय कानुन व्यवसायी टुङ्ग्नाथ चतुर्वेदीले भारतीय शहर मथुराबाट मुरादाबाद जाने ट्रेनको टिकट काटे। यसको भाडा सत्तरी रुपैयाँ थियो तर उनलाई ९० रुपैयाँ लिइयो। उनले आफ्नो बीस रुपैयाँ फिर्ता मागिरहे तर दिइएन।

चतुर्वेदीलाई त्यस दिनको सत्तरी रुपैयाँको टिकटले मुरादाबाद त पुर्यायो तर उनी ठगिएको बीस रुपैयाँले भारतका बिभिन्न अदालतहरू। उनले बीस रुपैयाँ ठगी र रेलवेको खराब सिस्टमको बिरुद्द मुद्दा लडे। बाइस बर्षसम्म मुद्दा लड्दै सर्वोच्च अदालतसम्म आइपुग्दा उनको मुद्दामा १२० हियरिङ भएछन्। अन्त्यमा उनले मुद्दा जितेर आफ्नो बीस रुपैयाँ अनि हरेक वर्ष यसको १२% ब्याज र क्षतिपूर्ति बापत पन्ध्र हजार रुपैयाँ पाइछाडे।

चतुर्वेदी खासमा बीस रुपैयाँको लागि लडेका थिएनन्। उनी खराब सिस्टमको बिरुद्दमा लडेका थिए। यसबीचमा उनलाई बाहिरी मानिसले मात्रै होइन, परिवार र आफन्तले पनि मुद्दा लड्न बन्द गर्न बारबार बिन्ती गरे। कतिले पागल भने, कतिले जिद्दी भने तर उनले कसैको कुरा सुनेनन्, लडिरहे निरन्तर। अन्त्यमा उनले दुनियाँलाई एउटा मिठो पाठ पढाएरै छोडे।

यस्तै खराब सिस्टमको बिरुद्द लड्दा पागल, घमण्डी बनाइएका, अवसरवादी र खराब राजनीतिज्ञले गोटी बनाउन खोजिएका डा. गोविन्द केसीले आज अनसन तोड्नुभएछ, खुसी लाग्यो। गर्ब लाग्छ डाक्टर साप तपाईंको जीवनकालको साक्षि बन्न पाएकोमा। अनि दुःख लाग्छ, तपाईं जिउँदै हुँदा सम्मान नपाएको देख्दा।

तपाईं पहिलो पागल भने होइन डाक्टर साप। यस अघि देवकोटाहरु पनि पागल थिए यही देशमा।

14/03/2022

बाकी ........

Photos from टेकेन्द्र के सि - Tekendra k c's post 14/03/2022

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षाको केन्द्रगत परीक्षार्थी विवरण २०७८
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=69&fn=Mavi%20roll%20kayam%202078.pdf

28/12/2021

केहि महत्त्वपूर्ण प्रश्नोत्तरहरु
========================
१. सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ?
→ बरुणग्रह
२. सौर्यमण्डलका सदस्यहरुले सूर्यको परिक्रमा कसरी गर्दछन् ?
→ कक्ष बनाएर
३. सूर्यको वरीपरि घुम्ने ठूलठूला पिण्डहरुलाई ग्रह भनिन्छ भने स–साना पिण्डहरुलाई के भनिन्छ ?
→ उपग्रह
४. सौर्यमण्डलमा कति वटा ग्रहहरु रहेका छन् ?
→ आठ वटा
५. सौर्यमण्डलमा पुड्का ग्रहको संख्या कति रहेको छ ?
→ पाँच वटा
६.सौर्यमण्डलमा १ सय ६६ वटा ज्ञात उपग्रहहरु छन् भने धुमकेतुहरुको संख्या कति छ ?
→ ३,२०० बढी
७. यमलाई ग्रहको मान्यताबाट कहिले हटाईयो ?
→ सन् २००६ अगस्त(चेक गणतन्त्रको राजधानी प्रागमा भएको सम्मेलनबाट)
८. यमलाई अहिले सौर्यमण्डलको कस्तो सदस्यमा राखिएको छ ?
→ पुड्का ग्रहको समुहमा
९. सूर्यको उत्पत्ति कहिले भएको मानिन्छ ?
→ ४ अर्ब ६० करोड बर्ष अगाडि
१०. पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो ?
→ सूर्य
११. सूर्यको वजन सौर्य परिवारका अन्य सबै पिण्डहरुको कुल योग भन्दा कतिले बढी छ ?
→७४० गुणा
१२. सूर्यको बाह्य तहको तापक्रम १० हजार फरेनहाईट छ भने केन्द्रको तापक्रम कति रहेको अनुमान छ ?
→ ३ करोड ५० लाख फरेनहाईट
१३. सूर्यको प्रकाश पृथ्बी सम्म आईपुग्न कति समय लाग्छ ?
→ ८ मिनेट २० सेकेन्ड
१४. सूर्यमा सबै भन्दा बढि कुन तत्व छ ?
→ हाईड्रोजन ग्यास(७४.४)
१५. सौर्य बतासको वेग प्रतिसेकेण्डमा कति हुन्छ ?
→ करिब ५०० किमि प्रतिसेकेण्ड
१६. सूर्यबाट सबैभन्दा नजिकको ग्रहबुध हो भने सौर्यमण्डलको सबै भन्दा सानो ग्रह कुन हो ?
→ बुधग्रह
१७. बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ?
→ मेसेञ्जर
१८. बुधग्रहमा एउटा ठूलो खाल्डो छ, त्यो खाल्डोको नाम के हो ?
→ क्यालोरिस बासिन
१९. बायुमण्डल र उपग्रह दुबै नभएको ग्रह कुन हो ?
→ बुधग्रह
२०.सूर्यबाट दास्रो नजिकको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
→ शुक्रग्रह
२१. सौर्यमण्डलको तातो र चम्किलो ग्रह कुन हो ?
→ शुक्रग्रह
२२. ‘Morning star and Evening Star’ भनेर कुन ग्रहलाई
बुझिन्छ ?
→ शुक्रग्रह
२३. ‘ Bringer of light, Bringer of Dauh’ भन्नाले कुन ग्रहलाई
बुझिन्छ ?
→ शुक्रग्रह
२४. सूर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो भने सूर्यबाट कुन हो ?
→ शुक्रग्रह
२५. ‘Earth Sister Planet,Twin Planet’ भन्नाले कुन ग्रहलाई
चिनिन्छ ?
→ शुक्रग्रह
२६. शुक्रग्रहलाई पहिले के नामले चिनिन्थ्यो ?
→ रहस्यमय ग्र

23/12/2021

१. यस वर्ष (सन् २०२१)को अमूर्त सम्पदा पुरस्कार कसलाई प्रदान गरियो ?
➖ दिलकुमार बाराहि
२. विश्व बैङ्कद्वारा सन् २०२१ अक्टोबर ७ मा प्रकाशित दक्षिण एसियाली ‘इकोनोमिक फोकस’ अनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
➖ ३.९ प्रतिशत
३. सन् २०२१ अक्टोबर ४ मा जापानको प्रधानमन्त्रीमा नियुक्त हुने व्यक्तित्व को हुन् ?
➖ फुमिओ किशिदा
४. सन् २०२१ को नोबल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
➖ पत्रकारद्वय मारिया रेसा (फिलिपिन्स) र दिमित्री मुरातोभ (रुस)
५. सन् २०२१ को चिकित्सातर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
➖ डेविड जुलियर्स (अमेरिका) र आर्डेम पाटापोसियन (लेवनान)
६. सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
➖ अब्दुल राजाक गुर्नाह (तान्जानियाली उपन्यासकार)
७. सन् २०२१ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
➖ बेन्जामिन लिस्ट (जर्मनी) र डेभिड म्याकमिलन (अमेरिका)
८. प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा वि.सं. २०७८ असारमा गठित मन्त्रिपरिषद्ले पूर्णता कहिले पाएको हो ?
➖ वि.सं. २०७८ असोज २२
९. सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न तथा आउँदो पुस्तालाई धूमपानमुक्त गर्ने उद्देश्यका साथ सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति कहिले सार्वजनिक गरेको हो ?
➖ वि.सं. २०७४ पुस २८
१०. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?
➖ वि.सं. २०६४
११. रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
➖ वि.सं. २०७६ मङ्सिर ४
१२. एफटीटीएचको पूरा रूप के हो ?
➖ फाइबर टु द होम
१३. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा इन्टरनेटबाट अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन एवं प्रसारणमा बन्देज कहिले लगाइएको हो ?
➖ वि.सं. २०७५ असोज ५
१४. फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) प्रयोगमा ल्याउने विश्वकै पहिलो राष्ट्र कुन हो ?
➖ सिङ्गापुर
१५. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
➖ वि.सं. २०७४ मङ्सिर १
१६. जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको हो ?
➖ वि.संं. २०७४ चैत २९
१७. नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ?
➖ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा
१८. विश्वकै सबै

23/12/2021

१. नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
 काठमाडौँ रेजर्स
– उपाधि विजेता काठमाडौँ रेजर्सले पुरस्कारस्वरूप ३५ लाख रुपियाँ हात पारेको ।
– उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ
हात पारेको ।
– प्रतियोगिताको फाइनल खेल २०७८ जेठ १ मा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ।

२. संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभा (सन् २०२१ सेप्टेम्बर)मा नेपालले कहिलेसम्ममा गैरजलवायु परिवर्तनजन्य कार्य शून्य प्रतिशतमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ?
 सन् २०५०
– परराष्ट्रमन्त्री डा. नारायण खड्काद्वारा सन् २०२१ सेप्टेम्बर २८ मा महासभालाई सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गरिएको ।
– त्यस्तै सन् २०२६ सम्ममा अल्पविकसित देशको सूचीभन्दा माथि उठ्ने नेपालको लक्ष्य
रहेको जनाइएको ।

३. संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१६–२०३० सम्मका लागि दिगो विकास र समृद्धिका सम्बन्धमा तय गरिएका लक्ष्य कति रहेका छन् ?
 १७
– (त्यस्तै १६९ वटा परिमाणात्मक लक्ष्य र २३२ विश्वव्यापी सूचकाङ्क निर्धारण गरिएको ।)

४. २०७८ मा प्रदान गरिएको उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
 सरिता अर्याल (‘मेरो अपहरण’ नामक कृतिका लागि ।)
– उक्त कृतिमार्फत नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई प्रस्तुत गरिएको उत्तम कुँवर स्मारक पुरस्कार गुठीले जनाएको ।
– पुरस्कारको राशि एक लाख रुपियाँ रहेको ।
– गुठीले वि.सं. २०४४ देखि आख्यानेतर गद्य विधामा रचना गरिएका कृतिहरूलाई पुरस्कारद्वारा सम्मान
गर्दै आएको ।

५. विश्व युवा दक्षता दिवस कहिले मनाइन्छ ?
 जुलाई १५

६. इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीवी)द्वारा प्रदान गरिएको भिजन एक्सिलेन्स अवार्ड २०२० बाट सम्मानित हुने नेपाली व्यक्तित्व को–को हुनुहुन्छ ?
 डा. सन्दुक रुइत, प्रा.डा. रामप्रसाद पोखरेल र डा. गोपालप्रसाद पोखरेल

७. विश्व हात धुने दिवस कहिले मनाइन्छ ?
 अक्टोबर १५
– ‘हाम्रो भविष्य हाम्रै हातमा छ– हामी सबै एकसाथ अगाडि बढौँ’ भन्ने नाराका साथ विश्व हात धुने दिवस २०२१ म मनाइएको ।
– नेपालमा यो दिवस सन् २००८ देखि
मनाउन थालिएको ।

८. स्विट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फुलका प्रकार हुन् ?
 सयपत्री

९. सहरलाई कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पोस्टरलगायतका सामग्

15/11/2021

नेपाल कम्युनिस्ट पाटी नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको छ।

15/11/2021

शिक्षा सेवा आयोगले आफ्नो बार्षिक कार्यतालिका प्रकाशन गरेको छ। अब शिक्षकको बिज्ञापन मंसिरमा गर्ने भएको छ भने license को बिज्ञापन चैत्रमा गर्ने भएको छ
ल तयारीमा जुटौ अब

02/11/2021

कर्णाली प्रदेशले पनि आफ्नो बार्षिक कार्यतालिका प्रकाशित गरेको छ!
कर्णालीमा पनि अब छिटै खुल्ने संकेत देखियो

17/09/2021

सूचना सूचना सूचना

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Surkhet