02/08/2024
Best wishes my sister♥️🙏
"Introducing Contestant #7,
The stunning 𝐒𝐚𝐦𝐣𝐡𝐚𝐧𝐚 𝐃𝐞𝐯𝐤𝐨𝐭𝐚! 🌸 Competing in the Miss Teej event. The contestant with the most likes will win the title of Public Choice Award! Show your support by engaging with her post! Let's help her shine! ✨”
Don't forget, the deadline for voting is August 16th at 22:00! ⏰
27/06/2024
२०८० सालको एसइईको ताजा नतिजा:
१८६ जनाको ४.० जिपीए
४७.८६ प्रतिशत 'पास'
५२.१४ प्रतिशत 'फेल'
२२१ जनाको रद्द
२,४२,०९२ को एनजी
४६४७८५ विद्यार्थी सहभागी
(पत्रकार प्रकृति अधिकारीको वालबाट)
19/12/2022
२२ औँ फिफा विश्वकप, २०२२ नालीबेली !
*********************************
•विजेता : अर्जेन्टिना
•उपविजेता : फ्रान्स
•तेस्रो स्थान : क्रोएसिया
•चौथो स्थान : मोरोक्को
•सर्वाधिक गोलकर्ता खेलाडी : किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स
•सर्वाधिक असिस्ट गर्ने खेलाडी : लियोनल मेस्सी, अर्जेन्टिना
•गोल्डेन बुट प्राप्त गर्ने खेलाडी : किलियन एम्बाप्पे, फ्रान्स
•गोल्डेन बल ( प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी ) : लियोनल मेस्सी, अर्जेन्टिना
•सर्वोत्कृष्ट गोल किपर : इमिलियानो मार्टिनेज, अर्जेन्टिना
•सर्वोत्कृष्ट युवा खेलाडी : इन्जो फर्नान्डेज, अर्जेन्टिना
•फाइनल खेलको म्यान अफ दि म्याच : लियोनल मेस्सी
•फेयर प्ले अवार्ड :इङ्ल्याण्ड
•जम्मा खेल : ६४
•जम्मा गोल : १७२
•सहभागी टोली : ३२ [ एसियाबाट अष्ट्रेलिया, इरान, जापान, कतार, साउदी अरेबिया र दक्षिण कोरिया गरी ६ टोली, अफ्रिका महादेशबाट ५, उत्तर अमेरिका महादेशबाट ४, दक्षिण अमेरिका महादेशबाट ४ र युरोपबाट १३ टोली सहभागी ]
•खेल खेलाइएका जम्मा रङ्गशाला : ५ वटा सहरका ८ रङ्गशाला
•पहिलो रातो कार्ड प्राप्त गर्ने खेलाडी : Wayne Hennessey, Wales
•फाइनल खेल सम्पन्न रङ्गशाला : The Lusail Stadium
•फाइनल खेल खेलाउने मुख्य रेफ्री : Szymon Marciniak, Poland.
•फाइनल खेलको म्यान अफ दी म्याच :
•फाइनल खेलमा खेलाइएको बलको नाम : 'Al Hilm' जसको अर्थ 'The Dream' हो ।
•मस्कट : La'eeb, जसको अर्थ 'Super Skilled Player' भन्ने हुन्छ
•आयोजक : कतार
•आयोजना मिति : २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म
•पहिलो खेल : आयोजक कतार र इक्वेडरबिच
•पहिलो गोल गर्ने खेलाडी : इनर भ्यालेन्सिया, इक्वेडर
•पहिलो खेल सम्पन्न रङ्गशाला : Al Bayt Stadium
# विविध पक्ष :
- सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेपश्चात् एसियाली मुलुकका रूपमा कतारले फिफा विश्वकपको आयोजना गरेको,
- कतार विश्वकप, २०२२ विश्वकप फुटबल इतिहासमै पहिलोपटक जाडोयाममा सञ्चालन भएको विश्वकप,
- कतार विश्वकप, २०२२ विश्वकप इतिहासमै हालसम्मकै सर्वाधिक महङ्गो विश्वकप बनेको,
- कतार विश्वकप, २०२२ 'Carbon Neutral World Cup' भएको,
- जनसङ्ख्या तथा क्षेत्रफलका दृष्टिले फिफा विश्वकप आयोजना गर्ने सानो मुलुकको रेकर्ड कतारले बनाएको,
- विश्वकप खेलाउने पहिलो महिला रेफ्रीका रूपमा 'Stephanie Frappart' दर्ज,
# इतिहासमा फिफा विश्वकप फुटबल सङ्क्षिप्त चिनारी :
- विश्वमा पहिलोपटक आधिकारिक रूपमा सन् १८७२ मा स्कटल्यान्डको ग्लास्गोमा स्कटल्याण्ड र इङ्ल्याण्डबिच फुटबल खेल सम्पन्न भएको,
- सन् १९०४ मा फिफाको स्थापना भएको,
- पहिलो विश्वकप फुटबल सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको, अर्जेन्टिनालाई हराउँदै उरुग्वे विजेता भएको ।
- हालसम्म सर्वाधिक विश्वकप जित्ने टोली ब्राजिल (५ पटक) हो । जर्मनी र इटालीले ४/४ पटक विश्वकप जितेका छन् भने अर्जेन्टिनाले ३ पटक जितेको छ ।
- प्रत्येक ४/४ वर्षमा हुने फिफा विश्वकप फुटबल सन् १९४२ र सन् १९४६ मा द्वितीय विश्वयुद्धका कारण स्थगित भएको थियो ।
#सङ्कलन : केशव ढुंगाना परिवर्तन