श्री प्रभात माध्यमिक विद्यालय Shree Prabhat Secondary School

श्री प्रभात माध्यमिक विद्यालय Shree Prabhat Secondary School

Share

तमसोमा ज्योतिर्गमय

30/05/2026

यस विद्यालयका लगनशील एवम् कर्तव्यनिष्ठ शिक्षक श्री गंग बहादुर खड्काज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎊

28/05/2026
Photos from श्री प्रभात माध्यमिक विद्यालय Shree Prabhat Secondary School 's post 21/05/2026

ग्रामीण शिक्षा तथा स्वास्थ्य सेवा गूठी (RHEST) को सहयोगमा विद्यालयमा २१ जना छात्राहरुलाई यस शैक्षिकसत्रको पहिलो चरणको शैक्षिक सामग्री एवम् छात्रवृत्ति वितरण कार्य सम्पन्न भएको छ।

भेरीगंगा नगरपालिका-१० का वडाध्यक्ष श्री वीर बहादुर बस्नेतज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्र.अ.श्री भुपेन्द्र बहादुर सिंह, प्रोग्राम एसोसियट श्री नन्दा रिजाल र सम्बन्धित छात्राहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।

जेष्ठ ६, २०८३

20/05/2026

पूरक परीक्षाको आवेदन फाराम भर्ने सम्बन्धि सूचना।

एस.इ.इ.-२०८२ मा नियमिततर्फ सहभागी भई विभिन्न विषयमा ननग्रेडेड भएका परीक्षार्थीहरुले पूरक परीक्षामा समावेश हुनका लागि मिति २०८३ जेष्ठ १२ गतेभित्र विद्यालयमा सम्पर्क गरी आवेदन फाराम भर्नुहुन सम्बन्धित परीक्षार्थीहरुलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ।

सम्पर्क नं.: ९८४८०५१८४६

Photos from श्री प्रभात माध्यमिक विद्यालय Shree Prabhat Secondary School 's post 18/05/2026

प्रभात बाल क्लबको आयोजना र सहकर्मी समाजको आर्थिक सहयोगमा आज विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

"लागुऔषध दुर्व्यसनी र यसले युवामा पारेको असर" विषयक उक्त सह-क्रियाकलापमा १० जना विद्यार्थीहरु प्रतिस्पर्धामा थिए। जसमध्ये सन्तोष थापा (९) प्रथम, विनिता खत्री (१०) द्वितीय, सुदीप चौधरी (१०) तृतीय र झरना घर्ती (१०) ले सान्त्वना स्थान प्राप्त गरेका थिए।

क्लबका अध्यक्ष विपना जैसीको अध्यक्षता र सह-सचिव नवीन सिंहले सञ्चालन गरेको सो प्रतियोगितात्मक कार्यक्रममा विद्यालयका प्र.अ., स.प्र.अ., शिक्षकहरू, सहयोगी संस्थाका प्रतिनिधि र बाल क्लबका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

जेष्ठ ४, २०८३

Photos from श्री प्रभात माध्यमिक विद्यालय Shree Prabhat Secondary School 's post 18/05/2026

सहकर्मी समाजले आज यस विद्यालयमा अध्ययनरत १० जना बालबालिकाहरुलाई प्रोफाइल अध्ययनका आधारमा उनीहरूलाई अत्यावश्यक शैक्षिक सामग्रीहरु सहयोग गरेको छ।

सहयोगी संस्थालाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद।

जेष्ठ ४, २०८३

15/05/2026

यस विषयमा इच्छुकहरुले विद्यालयमा सम्पर्क गर्नुहोला।

आफ्नै कथा, आफ्नै आवाज: ‘कथा कर्णाली’ मा सहभागी हुन आह्वान! ✍️📸 आनलाइन आवेदन फारम: https://forms.gle/yYVAFxMHN4dzJqgw5

आवेदन फारम प्रिन्ट गरेर पनि भर्न सक्नुहुन्छ । प्रिन्ट गरेको (physical) फारम भरिसकेपछि वीरेन्द्रनगर-४, कालु चोक स्थित द लिड नेपालको कार्यालयमा बुझाउनु पर्नेछ। फारम डाउनलोड गर्न तल दिइएको लिंकमा थिच्नुहोस्: https://shorturl.at/4crNL

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Bheriganga Municipality-10
Surkhet

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00