20/12/2024
आज हाम्रो विद्यालयमा बार्षिक कार्ययोजनानुसार कक्षा १-३ सम्म एक समूह र कक्षा६-१० का विद्यार्थीहरूवीच दोस्रो समूहमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता र कक्षा ४र५ मा श्रुतिलेखन प्रतियोगिता कार्यक्रम सम्पन्न गरियो।सबै प्रथम दितीय , तृतीय र सान्त्वना विजेता छात्रछात्राहरूलाई पुरस्कार वितरण पनि गरियो।अतिरिक्त कार्यकलाप उपसमिति र सबै शिक्षक कर्मचारी साथीहरू र सबै विद्यार्थीवर्गमा हार्दिक बधाई तथा शुभकामना छ, धन्यवाद छ।
25/11/2024
पूर्प अध्यक्ष रणबहादुर शाही विद्यालयमा आज ।
25/11/2024
श्री कोपिला माध्यमिक बिध्यालय बिरेन्द्रनगर ९ पर्सेनी सुर्खेतका मा वि तह गणित विज्ञान शिक्षक , सहयोगी र ऊर्जावान् व्यक्तित्व प्रिय मान बहादुर चन्दलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य , दिर्घायु र प्रगतिको मङ्गल शुभकामना छ।
प्रधानाध्यापक एवम् विद्यालय परिवार
श्री कोपिला मा वि पर्सेनी
11/08/2024
कोपिला ईको क्लवका संयोजक रवि शाह सर र सहसंयोजक विन्दू घर्ती मेमो नेतृत्वमा कक्षा १०का विद्यार्थीहरूको क्रियाशीलतामा काक्रेविहारमा वृक्षरोपण कार्य सम्पन्न गियो।धन्यववद बैलाई
27/06/2024
SEE examination 2080मा उतीर्ण हुनै सबै छात्रछात्राहरूलाई हार्दिक बधाई छ।
24/06/2024
सामाजिक विकास मन्त्रालयमा सचिवज्यूसंग भेटघाट तथा धन्यवाद ज्ञापन गरियो।
20/06/2024
हार्हिक बधाई तथा कार्वकाल पूर्ण सफलताको शुभकामना उप सचिव धिरेन्द्र शर्मा सर। वीरेन्द्रनगर नगरपालिकाको प्रँशासकीय प्रमुखको जिम्मेवारीमा नियुक्त हुनु भएको छ ।
20/06/2024
यहि मिति २०८१ साल असार ९ गते आइतबारको दिन हाम्रो यस कोपिला मा बि प्रसेनी वीरेन्द्रनगर -९ सुर्खेतमा नेपाल रेडक्रस सोसाइटी लाटीकोइली उपशाखा सुर्खेतको आयोजना ,hcp cure blindness को आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राबिधिक सहयोगमा मोतिबिन्दु छनोट आँखा शिबिर सन्चालन हुने भएकाले आँखा जाँच गराई लाभ लिन हुन सरोकारवाला सबैमा सूचित गरिन्छ ।
30/05/2024
बागिना सुर्खेतको सिङ्गो टिम आज कोपिला मा वि पर्सेनीका नानी बाबुहरूलाई ३ दिने नृत्य तथा गीत प्रशिक्षण प्रदान गर्ने सन्दर्भमा आज हाम्रो कोपिलामा पहिलो दिन सम्मन्न।
21/05/2024
५९अौं बार्षिक उत्सव तथा अभिभावक भेलाका सबल पक्ष र सुधार गर्नु पर्ने पक्षहरूबारे समीक्षा बैठकमा घनीभूत छलफल सम्पन्न। हरेक कार्य स्टाफमा बहस र छलफल पश्चात सामुहिक प्रयासबाट सम्पन्न गरिने निष्कर्ष।धन्यबाद प्रिय स्टाफहरू।
16/05/2024
बार्षिक उत्सव भव्य रूपमा सफल पारौं,
विद्यालयको निमन्त्रणालाई स्वीकार गरौं