Quality Defence Security Career Academy Nepal Pvt.Ltd.

Quality Defence Security Career Academy  Nepal  Pvt.Ltd.

Share

[email protected]

It is the best Commando Security Pre Training plate form, who are interested to join Security Forces(Nepal Army, Police, APF, Indian Army, Singapour police & British Army) we are also providing Civil Security Guard training.

10/09/2024

हेर्दा हेर्दै
गाउँको धुपे खोलो सुक्यो
खोलासँगै गँगटा, भुरा र गड्यौंला हराए
डुबुल्की मारेका दह हराए
कुलो सुक्यो, गरा फाटे, बाली पाक्न छोड्यो।

हात समाई खुट्टा टेक्न सिकाउने अभिभावक हराए
अक्षर चिनाउने गुरु हराए
तिउवारमा नासो पठाउने आफन्त हराए
चौरमा सँगै खेल्ने यार हराए

हेर्दा हेर्दै
बाढी र पहिरोसँगै आए
खडेरी र अनिकाल पनि आयो
बगर पुछियो, बगरका गरा हराए
भकारी हराए अनि कोठा, डाली रित्तिए
खोलाको तुसारो, पारी बनको तिल्खुरो सकियो
छहरी खोलाको काफल, माटिखानको डिमर
जैलुको बेरु, नुरीको चुली सबै सकिए

हेर्दाहेर्दै
गाडी आयो, गाडी चढेर दारु आयो
तामझाम सहित चना आयो, चामल आयो
चाउचाउ, कोक, सुर्ती, के के हो के के
गाडी चढेरै आए
मोही हरायो, जाउलीको भात हरायो
चिनु, कागुनु, जुनेलो, उवा, मार्स्यासँगै
भॅँड्याको साग समेत हरायो।

गाउँ नगर बन्यो
कुलो नहर बन्यो
बजार सहर बन्यो
बाटो सडक बन्यो

हेर्दाहेर्दै
अस्पतालमा डाक्टर हराए
पाठशालामा विद्यार्थी हराए
मन्दिरका पुजारी हराए
माडुका धामी हराए, गाउँका युवा हराए
जिउलाको नोरालो, कुलोको खेतालो, बनको हेरालो सबै हराए।

हेर्दाहेर्दै
मान्ठ भाषण गर्ने भए, भाषण गर्ने नेता बने
नेता बनेरै काठमाडौँका घरबेटी बने
भाषण सुनेर भोट हाल्ने काका
मुगलान पसे
भाइ खाडीमा फस्यो
बाँदर गाउँ पसे।

हेर्दा हेर्दै
समय पनि बदलिएछ
अस्ति, हिजो र पोहोर हुँदै
बर्सौँ बितिसकेछन्
म भने
सयौँ हजार यादका चक्कीहरू
दवाई झैँ मनमा पोको पारेर
समयको चौकीदार बनिरहेछु।

14/03/2022
Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Surkhet
21700

Opening Hours

Monday 05:00 - 17:30
Tuesday 05:00 - 17:30
Wednesday 05:00 - 17:30
Thursday 05:00 - 17:30
Friday 05:00 - 17:30
Sunday 05:00 - 17:30