24/09/2026
आदरणीय अभिभावक तथा विद्यार्थी वर्ग,
यस विद्यालयको आन्तरिक निर्णय तथा प्राप्त उच्च सतर्कता सम्बन्धी सूचना अनुसार भोलि यस विद्यालयका सम्पूर्ण पठनपाठन तथा प्रशासनिक कार्यहरू बन्द रहने जानकारी गराइन्छ। प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै विद्यार्थीहरूको सुरक्षाका लागि यो निर्णय लिइएको हो।
पुनः विद्यालय नियमित रूपमा सञ्चालन हुने सम्बन्धी जानकारी आवश्यक परेमा अर्को सूचना जारी गरिनेछ।
धन्यवाद।