25/08/2026
Third Year Exam Form OPEN !!!
४ वर्षे स्नातक तह वि.ए,वि .वि .एस,वि .एड., वि. एस्सी., वि. एफ. ए., तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालको विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायअन्तरगत ४ वर्षे स्नातक तह तेस्राे वर्ष B.A. , B.Ed. र BBS तर्फका परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुले यस क्याम्पसमा मिति २०८३ भाद्र ३१ गतेसम्म परीक्षा आवेदन फाराम भरिसक्नु हुन सम्बन्धित सबैमा जानकारीका लागि अनुराेध छ ।
नाेट :
१. याे परीक्षा २०८० सालमा भर्ना भई २०८१ सालमा प्रथम पटक प्रथम वर्षकाे परीक्षार्थीले याे तेस्रो वर्षकाे फाराम भर्न पाउनेछन् ।
२. परीक्षा आवेदन फाराम भर्दा अनिवार्य रुपमा रजिष्ट्रेसन नम्बर उल्लेख गर्नु पर्नेछ साथै आंशिक परीक्षार्थीहरुले अघिल्लो वर्ष परीक्षा दिएको सिम्बाेल नम्बर अनिवार्य उल्लेख गर्नु पर्नेछ ।
२. हालसालै खिचेकाे पासपाेर्ट साईजकाे २ प्रति फोटो आवश्यक पर्नेछ ।
थप जानकारीका लागि
परीक्षा शाखा
9842848775, 038520225