Himalaya Secondary School

Himalaya Secondary School Himalaya Secondary School is one of the community school of Mapya Dudhkoshi Rural Municipality Soluk

आज यहीँ मिति २०८३-०२-२९ गतेका दिन हाम्रो यस विद्यालयमा खेलाडी सम्मान तथा कक्षा ११ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन र...
12/06/2026

आज यहीँ मिति २०८३-०२-२९ गतेका दिन हाम्रो यस विद्यालयमा खेलाडी सम्मान तथा कक्षा ११ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन र कक्षा ६- १० कक्षा सम्मका विद्यार्थी भाईबहिनीहरूका अभिभावक र शिक्षक बिच अन्तरक्रिया कार्यक्रम गरी दुईवटा महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा १६ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगितामा स्वर्ण पदक ,रजत पदक र कास्य पदक प्राप्त गर्ने खेलाडीहरूलाई नगद पुरूस्कार सहित सम्मान गरिएकाे छ । साथमा जिल्ला र प्रदेशमा समेत छनाैट भएर पदक प्राप्त गर्ने विद्यार्थीहरूलाई केही नगद रकमका साथमा मायाकाे चिनाे समेत प्रदान गरिएकाे छ । त्यसै गरी कक्षा ११ मा स्थान प्राप्त गर्ने विद्यार्थी भाई बहिनीहरूलाई पुरस्कृत गरी आगामी दिनमा विद्यालयकाे शैक्षिक गतिविधि कसरी प्रभावकारी बनाउने शैक्षिक गुणस्तर कायम राख्न के कस्ता रणनीति अपनाउने भन्ने जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरिएकाे छ । साथै आजकाे खेलाडी सम्मान कार्यक्रमकाे लागि वि. व्य. स. अध्यक्ष गणेश बि. क .ज्युले रू ९००० रूपियाँ,शि. अ. संघ अध्यक्ष कमल राई ज्युले रू ८००० रूपियाँ, वि. व्य. स.सदस्य जाङ्बु राई (पारूहाङ्) ज्युले ८००० रूपियाँ र हाम्रो अभिभावक बुुद्विजीवी मिङमार राई ज्युले रू ३००० रूपियाँ सहयाेग गरी खेलाडी सम्मान कार्यक्रमकाे लागि महत्त्वपूर्ण सहयाेग गर्नु भएकाेले उहाँहरूलाई विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछाै ।
साथै सम्पूर्ण पदक विजेता खेलाडीभाई बहिनीहरूलाई हार्दिक बधाईका साथमा भावी दिनमा अझ थप प्रगतिकाे कामना सहित उज्जवल भविष्यकाे कामना गर्दछाैँ । साथै आजकाे कार्यक्रममा प्रत्यक्ष उपस्थित भएर कार्यक्रमलाई सफल बनाईदिने वि.व्य. स. शि. अ. संघका साथै सम्पूर्ण अभिभावक ज्युहरू सबैलाई विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछाैँ।
विद्यालय परिवार
श्री हिमालय माध्यमिक विद्यालय
माप्य दुधकाेशी गाउँपालिका -३ खास्ताप,साेलुखुम्बु

आज यहीँ मिति २०८३-०२-२८ गतेका दिन हाम्रो यस विद्यालयमा शैक्षिकसत्र २०८३ मा कक्षा १- ५सम्म भर्ना भएका विद्यार्थीहरूका सम्...
11/06/2026

आज यहीँ मिति २०८३-०२-२८ गतेका दिन हाम्रो यस विद्यालयमा शैक्षिकसत्र २०८३ मा कक्षा १- ५सम्म भर्ना भएका विद्यार्थीहरूका सम्पूर्ण अभिभावक,शिक्षक,वि. व्य. स. शि. अ.संघ बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा आगामी दिनमा विद्यालयकाे शैक्षिक गतिविधि कसरी प्रभावकारी बनाउने शैक्षिक गुणस्तर कायम राख्न के कस्ता रणनीति अपनाउने तथा दिवा खाजा कार्यक्रमलाई सरकारले ताेकेकाे कार्यविधि अनुसार कसरी कार्यन्वयन गर्ने जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरिएकाे छ । साथै अघिल्लाे चाैमासिककाे दिवा खाजाकाे रकम समेत वितरण गरियाे । कार्यक्रमलाई सफल बनाउन उपस्थिति भईदिनुहुने वि. व्य. स. शि. अ. संघ सम्पूर्ण अभिभावक सबैलाई विद्या लय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछाैँ ।
विद्यालय परिवार

सोलुखुम्बु इनिसिएटिभ संस्थाद्वारा आयाेजित विद्यावारिधि लक्ष्य पुरस्कार वितरण कार्यक्रममा सभाध्यक्ष राेहित वास्ताेला, प्र...
03/06/2026

सोलुखुम्बु इनिसिएटिभ संस्थाद्वारा आयाेजित विद्यावारिधि लक्ष्य पुरस्कार वितरण कार्यक्रममा सभाध्यक्ष राेहित वास्ताेला, प्रमुख अतिथि डा. थाेमस वास्ताेला तथा विशिष्ट अतिथि माप्य दुधकाेशी गाँउपालिकाकाे अध्यक्ष बुद्धिकिरण राई लगायतकाे विशेष उपस्थितिमा माप्यदुधकोशी गाउँपालिकाको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा (२०८१र ८२)मा उत्कृष्ट हुन सफल छात्र तथा छात्रा विद्यार्थीहरूलाई विद्यावारिधि लक्ष्य पुरस्कार द्वारा नगद रु ५०००/, मेडल तथा प्रमाणपत्रद्वारा सम्मानित गरिएको छ ।

उक्त कार्यक्रममा यस विद्यलका छात्र सुप्रिम कटुवाल पुरस्कृत भएकाे हार्दिक बधाई प्रकट गर्दछौं । साथै आज पुरस्कृत हुने विद्यार्थी भाइवहिनिहरूलाई अझै प्रगितकाे शुभकामना छ ।

कार्यक्रम आयाेजक साेलुखुम्बु इनिसिएटिभलाई पनि यस विद्यालयकाे तर्फबाट पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । साथै यस्तै निरन्तर कार्यक्रमकाे सफल्ताकाे शुभकामना व्यक्त गर्दछाैँ ।

🌷🌷हार्दिक बधाई तथा थप सफलताको शुभकामना 🌹🌹हाम्रो यस श्री हिमालय माध्यमिक विद्यालय खास्ताप काे कक्षा ९ मा अध्ययरत छात्र सन...
02/06/2026

🌷🌷हार्दिक बधाई तथा थप सफलताको शुभकामना 🌹🌹

हाम्रो यस श्री हिमालय माध्यमिक विद्यालय खास्ताप काे कक्षा ९ मा अध्ययरत छात्र सन्देश नेपालीले राष्ट्रपति रनिङ्गशिल्ड, कोशी प्रदेश स्तरीय कराते तर्फकाे एकल काता विधामा तृतीय स्थान हासिल गर्न सफल भएकाेले हार्दिक बधाई तथा आगामी दिनमा थप सफलताकाे लागि शुभकामना व्यक्त गर्दछौं ।

विद्यालय परिवार
श्री हिमालय माध्यमिक विद्यालय
माप्य दुधकोशी गाउँपालिका -३ खास्ताप, सोलुखुम्वु

हाम्रो यस श्री हिमालय माध्यमिक विद्यालय खास्तापमा कक्षा ११ मा अध्ययन गर्न चाहानहुने विद्यार्थीहरूलाई जानकारीकाे लागि ।।
01/06/2026

हाम्रो यस श्री हिमालय माध्यमिक विद्यालय खास्तापमा कक्षा ११ मा अध्ययन गर्न चाहानहुने विद्यार्थीहरूलाई जानकारीकाे लागि ।।

आजबाट हाम्रो यस श्री हिमालय माध्यमिक विद्यालय खास्तापकाे  कक्षा ११ काे वार्षिक परीक्षा शुरू सम्पूर्ण विद्यार्थी भाईबहिनी...
01/06/2026

आजबाट हाम्रो यस श्री हिमालय माध्यमिक विद्यालय
खास्तापकाे कक्षा ११ काे वार्षिक परीक्षा शुरू सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई सफलताकाे शुभकामना छ ।

कक्षा ११ अध्ययनरत विद्यार्थी भाईबहिनीहरूका लागि अत्यन्तै जरूरी सूचना ।।
27/05/2026

कक्षा ११ अध्ययनरत विद्यार्थी भाईबहिनीहरूका लागि अत्यन्तै जरूरी सूचना ।।

हाम्रो यस श्री हिमालय माध्यमिक विद्यालय, खास्तापका  शिक्षक श्री जंग बहादुर राई विद्यालयमा गठित नव प्रगति बालक्लबकाे संरक...
27/05/2026

हाम्रो यस श्री हिमालय माध्यमिक विद्यालय, खास्तापका शिक्षक श्री जंग बहादुर राई विद्यालयमा गठित नव प्रगति बालक्लबकाे संरक्षक शिक्षककाे रूपमा सर्वसम्मत रूपमा चयन हुनभएकाेले हार्दिक बधाई तथा कार्यकाल सफलताकाे शुभकामना व्यक्त गर्दछौं ।

सफल कार्यकालको  हार्दिक शुभकामना !
27/05/2026

सफल कार्यकालको हार्दिक शुभकामना !

आज मिति २०८३ जेठ ८ गते यस श्री हिमालय माध्यमिक विद्यालयमा गठित नवप्रगति बाल क्लबको नयाँ समिति विद्यालयका प्रधानाध्यापक श...
22/05/2026

आज मिति २०८३ जेठ ८ गते यस श्री हिमालय माध्यमिक विद्यालयमा गठित नवप्रगति बाल क्लबको नयाँ समिति विद्यालयका प्रधानाध्यापक श्री देवीकुमारी राईको संयोजकत्वमा तपसिल अनुसार समिति गठन सर्वसम्मत गरियो।

१ अध्यक्ष : श्री सन्देश नेपाली
२. उपाध्यक्ष :श्री नविना कार्की
३. सचिव : श्री फ्रान्सिस राई
४. कोषाध्यक्ष : श्री नुसिहाङमा राई
५.सचिव : श्री सहसचिव कमल भुजेल
६. सहकोषध्यक्ष : श्री अनिल कार्की
७. सदस्य : श्री ऋतु राई
८.सदस्य : श्री सुभेक्षा राई
९. सदस्य : श्री मनोज कटुवाल
१०. सदस्य श्री सुप्रिम कटुवाल
११. सदस्य श्री रमिता कार्की
१२. सदस्य श्री संजल नेपाली
१३. सदस्य श्री रिदम राई
१४. सदस्य श्री जेसिका राई
१५. सदस्य श्री सुसिल राई
१६. सदस्य श्री सलिना कार्की
१७. सदस्य श्री एलिना नेपाली
१८. सदस्य श्री कृष्टिना तामाङ
१९. सदस्य श्री असिम राई
२०. सदस्य श्री कञ्चन वि.क.
२१. सदस्य श्री आयुष राई

सफल कार्यकालकाे शुभकामना ।

Address

Mapya Dudhkoshi 03, Khastap
Solukhumbu

Website

Alerts

Be the first to know and let us send you an email when Himalaya Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Himalaya Secondary School:

Shortcuts

Share

Category