12/07/2026
आज मिति 2083 साल असार 28 गते यसै सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ धारापानी निवासी हाल पोर्चुगलमा होटल व्यवसायी गरी बस्नु-हुने मनका धनी व्यक्तित्व श्री काजी तामाङ एवम् स-परिवारद्वारा यस श्री गोराखानी आधारभूत विद्यालयमा फुल्ली मान्दी नेपालको सहयोगमा निर्माण गरिएको सरस्वती मन्दिरको लागि सरस्वती (मन्जुश्री) मूर्ति सहयोग गर्नु भइ गुरु लामा मिङमार छिरी तामाङ, दावा तेन्जी तामाङ, कुन्जाङ सेरप तामाङद्वारा विधिपूर्वक प्राण प्रतिष्ठान तथा पाठपूजा गरी अनौपचारिक रुपमा विद्यालयलाई मूर्ति हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । यश कार्यक्रमलाई सम्पन्न गर्न विशेषगरी सरस्वतीको मन्दिर निर्माण गरिदिनुहुने फुल्ली मान्दी नेपाल संस्था परिवार एवम् डाेमा तामाङ, यश साेलुदुधकुण्ड नगरपालिका वडा नं. ९ काे वडा अध्यक्ष धनराज तामाङ, सरस्वती (मन्जुश्री) काे मूर्ति सहयाेग गर्नुहुने मनका धनी व्यक्तित्व श्री काजी तामाङ, श्रीमती सन्चमाया तामाङ, बुबा पासाङ तामाङ, आमा फुरीमाया तामाङ साथै उहाँको स-परिवार, मूर्ति काठमाडौं देखि यहाँसम्म ल्याउनु भै विधिपूर्वक प्राण प्रतिष्ठान तथा पाठपूजा गर्नुहुने गुरु लामा मिङमार छिरी तामाङ प्रति हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछौं । साथै सरस्वती (मन्जुश्री) काे मूर्ति हस्तान्तरण विधिपूर्वक प्राण प्रतिष्ठान तथा पाठपूजा कार्यक्रममा उपस्थित हुनु भइ यश कार्यक्रमलाई सफल पार्न आ-आफ्नो तर्फबाट सहयाेग गर्नु हुने विद्यालयका वि.व्य.स., शि.अ. संघ पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू, शिक्षक स्टाफ, वडा कार्यालय परिवार, लामाहरू, अभिभावकहरु, सरोकारवालाहरु र विद्यार्थीहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।
समिन कुलुङ (प्र.अ.)
एवम् श्री गाेराखानी आधारभूत विद्यालय परिवार