मुकेश कुमार यादव

मुकेश कुमार यादव

Share

Socialist Activist
जल जीवन मिसन

21/04/2026

कर नीतिको नाममा जनतामाथि अन्याय स्वीकार्य छैन!

कर नीतिको विरोध होइन, तर लागू गरिएको नीति व्यवहारिक र जनमुखी हुनुपर्छ। सरकारले कुनै पनि नीति लागू गर्दा जनतालाई स्पष्ट विकल्प दिनु आवश्यक छ।

नुन, तेल, कपडा जस्ता आधारभूत सामग्री स्वदेशमै पर्याप्त उत्पादन नभएसम्म जनताले कसरी जीवन निर्वाह गर्ने?
जब एक दिनको मजदुरी मात्र रु ५०० हुन्छ, त्यही जनतालाई रु ५०० कर तिर्न बाध्य बनाउनु पूर्णतः गलत हो। यसको घोर विरोध हुनुपर्छ।

विशेषगरी सीमावर्ती क्षेत्रमा बस्ने जनताको भारतसँगको सम्बन्ध केवल आर्थिक मात्र होइन—
यो सामाजिक, व्यवहारिक र “रोटी–बेटी” को गहिरो सम्बन्ध हो।
तराईका २२ जिल्लाका जनता यस नीतिबाट सबैभन्दा बढी प्रभावित हुनेछन्।

यो सम्बन्ध आजको होइन, सदियौँदेखि चलिआएको ऐतिहासिक यथार्थ हो। यससँग जोडिएका धेरै संवेदनशील पक्षहरू छन्, जसलाई बेवास्ता गर्न मिल्दैन।

👉 त्यसैले, वर्तमान सरकारले यस्ता विषयमा गम्भीरता पूर्वक विचार गरेर मात्र आगामी निर्णय लिनु अत्यन्त आवश्यक छ।

✊ जनताको आवाज सुन्नुहोस्, न्यायपूर्ण नीति ल्याउनुहोस्!

21/04/2026

#सहभागी_बनौं #सहभागी_बनौं 🙏❤️
रु.१०० भन्दा माथिको भन्सार कर नीति तत्काल खारेज गर्ने रचनात्मक तथा दबाब मुलक कार्यक्रममा सहभागीका निम्ति सबैमा हार्दिक अनुरोध गर्दछौं🙏
मिति:-२०८३/०१/०९ गते बुधवार
समय:- दिउँसो ४:०० वजे
स्थान:- माइतिघर मण्डला
#आयोजक:- Youth For Truth
सम्पर्क:-981-8477415
#नोट:- कार्यक्रम रचनात्मक हुने छ। रु.१०० भन्दा कम का समान के-के पाईन्छ सवैजना लिएर आउनु होला।
ुवा

Photos from मुकेश कुमार यादव's post 16/04/2026

आज देशको जनताको सहनशीलताको बाँध टुट्ने अवस्थामा पुगेको छ। पेट्रोलियम पदार्थको मूल्य आकाश छोइरहेको छ, तर सरकार भने निदाएको जस्तो छ। जनताको पसिनाबाट उठेको कर, आज जनतालाई नै पीडामा डुबाउने हतियार बनेको छ।

काठमाडौंदेखि गाउँसम्म एउटै पीडा छ, महँगी! विद्यार्थी कक्षाकोठामा भन्दा बढी आर्थिक चिन्तामा छन्, मजदुर दिनभरि पसिना बगाउँछन् तर साँझ भान्सा बाल्न मुस्किल हुन्छ, किसान उत्पादन गर्छन् तर बजारमा मूल्यले उनीहरूलाई नै थिच्छ।

यो केवल मूल्यवृद्धि होइन, यो राज्यको असफलता हो!
यो केवल आर्थिक समस्या होइन, यो जनताको अधिकारमाथिको प्रहार हो!

हामी सोध्न चाहन्छौं:
किन पेट्रोलियममा यति धेरै कर?
किन जनताको ढाड भाँच्ने नीति?
किन सधैं जनतामाथि अन्याय?

अब हामी चुप लागेर बस्ने छैनौं!
हाम्रो माग स्पष्ट छ:
✊ पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर तुरुन्त हटाओ!
✊ मूल्यवृद्धि नियन्त्रण गर!
✊ जनतालाई राहत दे!

यदि हाम्रो आवाज नसुने:
हामी सडकमा उत्रनेछौं!
यदि हाम्रो अधिकार खोसियो:
हामी आन्दोलन चर्काउनेछौं!

यो लडाइँ कुनै एक व्यक्तिको होइन,
यो सम्पूर्ण जनताको अस्तित्वको लडाइँ हो!

उठौं, बोलौं, र अन्यायको विरुद्ध आवाज बुलन्द गरौं!
अब परिवर्तन अपरिहार्य छ!

Want your school to be the top-listed School/college in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Bishnupur/5
Siraha
5600