Shree Champa Devi Secondary School Ghympa Gadamre Sindhuli

Shree Champa Devi Secondary School Ghympa Gadamre Sindhuli

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Champa Devi Secondary School Ghympa Gadamre Sindhuli, Education Company, Sindhuli.

02/03/2021
19/02/2020

विषय: विपन्न लक्षित फाराम भर्ने मिति २०७६।१२।२० म्याद थप गरीएको वारे विद्यालयहरू लाइ सूचना ।

प्रस्तुत विषयमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र तथा विद्यार्थी वित्तिय सहयोग कोष विकास समितिले विद्यार्थीहरूको आवश्यकता पहिचान गरी विपन्न लक्षित छात्रवृत्ति दिने कार्यक्रम रहेको छ । फाराम भराउने सम्बन्धमा मिति २०७६।१०।१६ गतेको गोरखापत्रमा पनि सूचना प्रकासित भैसकेको छ । उक्त अवधिसम्ममा कतिपय विद्यालयहरूले फाराम नभराइएको पाइएकाले सो सम्वन्धमा विद्यालयहरूलार्इ मिति २०७६।१२।२० गते सम्ममा फाराम भराउने जानकारी गराइदिनुहुन निर्देशानुसार अनुरोध छ ।
उल्लिखित पत्र सहित बोसर र अन्य जानकारी सम्पुर्ण स्थानीय निकाय, तथा शिक्षा विकास तथा समन्वय इकाइहरूलाइ पठाइएको छ ।

11/06/2019

अचानक रुने काराउने लक्षणका रोगका साथ अहिले सम्म ७ जना विद्यार्थीहरु विरामी परेका छन्
१. पवित्रा ट्याङ्ले मगर कक्षा ६
२. अस्मिता पुलामी कक्षा ७
३. लक्ष्मी तामाङ कक्षा ८
४. सर्मिला थापा मगर कक्षा १०
५. भगवति तामाङ कक्षा १०
६. अनिता पुलामी कक्षा ८
७. रेखा श्रेष्ठ कक्षा ७

विद्यालय अनिश्चितकाल बन्द होइन विरामीको कारणले पठनपाठनमा अवरुद्ध भएको हो । वि.व्य.स., अभिभावक, शिक्षक, स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यलय वाङ्रिङ, तीनपाटन गा.पा. सवैको सहयोगार्थमा उपचारात्मक प्रकृया भइरहेको जानकारी गराउँदछौँ ।

विद्यालय परिवार
श्री चम्पादेवी मा.वि. घ्याम्पा गडाम्रे
तीनपाटन–६, सिन्धुली

20/11/2018

विद्यार्थी भाईवहिनिहरुका लागि जानकारी SEE Class 10 को विषय कोड नम्बर ।।

Photos from Shree Champa Devi Secondary School Ghympa Gadamre Sindhuli's post 21/08/2018

Plant cell Algae अवलोकन गर्दै कक्षा ९ का विद्यार्थी भाई बहिनीहरु ।।

02/05/2018

विद्यार्थीको कलमबाट
नयाँ साथीहरुलाई स्वागत
१.
आउनुभयो, यो स्कुललाई ज्ञानपुञ्ज ठानेर
स्वागत गर्छौ, हामी सबै नयाँ साथी मानेर
चिनजान थिएन, हिजो सम्म अव चिनजान हुन्छ
राम्रो कामले सफलताले शिखरमा छुन्छ ।।
२.
आचरण कस्तो छ नि, हामीलाई थाहा छैन
नराम्रो होस्, भन्ने पनि हाम्रो चाह छैन
नजानु ह,ै कहिल्यै पनि अनुशासन भन्दा माथि
अनि मात्र हामी सोच्छौँ, हाम्रो असल साथि ।।
३.
मिलिजुली पढा,ैँ हामी अघि अघि बढौँ
राम्रो काम गर्नलाई सधैँ अघि सरौँ
स्वागत नै हो, रमाईलो विदाई त दुखि
हजुरहरुलाई स्वागत गर्दा, हामी छौँ नि खुसी ।।
४.
कस्तो लागिराछ, साथी यो स्कुलमा आउँदा
हाम्रो मन त खुसी छ, है नयाँ साथी पाउँदा ।।।

कक्षा १० मा अध्ययनरत छात्रा
नामः अस्मिता कार्की
श्री चम्पादेवी मा.वि. गडाम्रे ।

18/04/2018

विध्यार्थी भर्ना सम्बन्धी सूचना.........

चम्पादेवी मा.वि.घ्याम्पा,गडाम्रेमा शैक्षिक वर्ष २०७५सालमा कक्षा ( १-९) तथा विशेष गरि कक्षा ६ र ९ मा भर्ना भै अध्ययन गर्न चाहने नव आगन्तुक बिध्यार्थीहरुको प्रवेश परीक्षा मिति २०७५/ 0१/०९ गते
हुने भएकोले इच्छुक बिध्यार्थीहरुलाइ हार्दिक निमन्त्रणा गर्द्छौ। मा. बि. गडाम्रे परिवार )

Photos from Shree Champa Devi Secondary School Ghympa Gadamre Sindhuli's post 18/03/2018

कक्षा १० को विदाई कार्यक्रम भव्य रुपमा सफल भयो । सम्पुर्ण भाईबहिनीहरुलाई एस्.ई.ई परीक्षाको अग्रिम शुभकामना ।।

Photos from Shree Champa Devi Secondary School Ghympa Gadamre Sindhuli's post 11/03/2018

Creating Educational Material for Primary Level Class

26/01/2018

Educational tour 2074/9/29

18/09/2017

भोलिबाट मिति 2074/6/21 गते सम्म दशै बिदा ।। असोज 22 गतेबाट विधालय सन्चालन हुने ।

Want your school to be the top-listed School/college in Sindhuli?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Sindhuli