Light Pole Star Academy Boarding School,Marin-07, Sindhuli

Light Pole Star Academy Boarding School,Marin-07, Sindhuli

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Light Pole Star Academy Boarding School,Marin-07, Sindhuli, School, Marin Rural Municipality 07, Sindhuli.

Photos from Light Pole Star Academy Boarding School,Marin-07, Sindhuli's post 21/10/2022

यस एकेडेमीका संस्थापक सदस्य श्री विसशनसिंह ठगुन्ना सर र एकेडेमीको कक्षा १० मा अध्ययनरत छात्र युव्रत लाखेलाई एकेडेमी परिवार जन्मदिनको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।

28/09/2022

Copied
एक जना ब्यक्ति Ice Cream factory मा सुपरभाइजर को काम गर्थ्यो।

एकदीन फ्याक्ट्री बन्द गर्ने बेलामा उ सबै तिर Check गर्दै थियो ।त्यति बेला सम्म सबै Staff आफ्नो घर तिर लागीसकेका थिए।उ सबै तिर हेर्दा हेर्दै Freezing Room मा पुगेछ,,,उ भित्र के पसेको थियो ढोका आफै बन्द
भएर Lock भएछ।त्यो ढोका बाहीर बाट मात्रै खोल्न मिल्ने थियो ,,,त्यसैले उस्ले धेरै कोसीस गर्दा पनि खोल्न सकेन।अब उस्लाई निस्चीत भैसकेको थियो की अब उ धेरै बेर बाच्न सक्दैन ,,, त्यो Freezing Room भित्र उ बरफ जस्तै जम्नेछ। अब उस्को केही उपाय नलागे पछी भगवानलाई प्राथना गर्न थालेछ।

हे भगवान अब मेरो बाच्ने कुनै Chance छैन,यदी जिबनमा मैले कुनै ठुलो या सानो राम्रो काम गरेको भए त्यो कर्मको फल पाउ। मेरो श्रीमती छोरा छोरी मलाई कुरेर बसीराको होलान ,मेरो मृत्यु पस्चात उनीहरुको बिजोग हुनेछ।

यती भन्दा भन्दै चिसो लागेर उ ढल्यो,त्यस्को केही छिनमै कसैले ढोका खोल्यो,,,, र भित्र हेर्दा मान्छे लडीराको देखेर तुरुन्तै उस्लाई बाहिर लगेर हिटरको अगाडी राख्यो। एक घण्टा पछी त्यो मान्छे सामान्य भएछ र होस मा आयो,,,,

उस्लाई त्यहा बाट बाहीर निकाल्ने त्यही Factory को गेटमा बस्ने Security Guard थियो,उस्ले Security लाई सोधेछ म यहा फसेको छु भनेर तपाईले कसरी थाहा पाउनु भयो ?

Security नरम हुदै भनेछ,हजुर म यो Factory मा गेट पाले बस्न लाको झण्डै १४ बर्ष भैसक्यो। यहा दिनको हजारौ मान्छेहरु ओहोर र दोहोर गर्छन् कसैले पनी मलाई वास्ता गर्दैनन्,म त्यहा भाको र नभाको उनीहरुलाई केही मत्लब हुदैन ,,, एक जना तपाई मात्रै हुनुहुन्छ, जो सधै अफीस आउदा नमस्ते काका भन्दै भित्र पस्नु हुन्छ र काम सकेर जादा "म गए है काका राम्ररी बस्नुस" भन्दै
जानुहुन्छ ।त्यही तपाईको अभिबादनले मेरो दिन भरीको थकान मेटीन्थ्यो।आज पनी तपाईले बिहान आउदा नमस्ते काका भनेको याद छ तर सबै बाहीर गैसक्दा पनी तपाईको "गए है काका" शब्द सुन्न पाइन तेसैले एकछिन कुरेँ तर तपाई बाहीर नआएपछि पक्कै कुनै संकटमा पर्नु भयो होला भनेर भित्र आएर खोज्दा तपाईलाई Freezing Room भित्र भेटाएँ।

#सन्देश: मान्छे ठुलो होस या सानो सबै संग मानवीय व्यबहार गरौ। सम्मान पाउन सम्मान नि गर्न सक्नुपर्छ । "म" र "मेरा" मात्रै भन्नेहरु पानीका फोका हुन्।

28/09/2022

तितो सत्य
एउटा महिलाले एक अण्डा बेच्ने वृद्ध व्यक्तिलाई सोधिन् - "तपाईं अण्डा कुन भाउमा बेच्नु हुन्छ?"
वृद्ध व्यक्तिले भने -:" म्याड्म रू, ५ को एउटा ....
महिलाले बिक्रेतालाई भनिन् - म रू, २५मा ६ वटा लिन्छु नभए जान्छु।
वृद्ध बिक्रेताले भने - : म्याड्म आउनुहोस् तपाईले जुन मूल्य भन्नुभएको छ त्यहीँ मुल्यमा दिन्छु।
सायद यहीँ कारणले मेरो ब्यापार हुन्छ कि?
किनकि आज मेरो एउटापनि अण्डा बिक्री भएको छैन।
त्यो महिलाले अण्डा किनेर यसरी गइन् मानौं निकै ठूलो युद्धमा विजय हासिल गरेकी हुन्।
ऊनी मूल्यवान गाडीमा आफ्नो मित्रसँग एक महंगो रेष्टुरेन्टमा गइन्।
त्यहाँ उनले र उनको मित्रले आफ्नो आफ्नो मन परेको खानेकुरा अर्डर गरे।
त्यो खानेकुराबाट केही खाएर अरु त्यसै छोडे।
तब त्यो महिलाले बिल मागिन्।
रू,१४०० को बिल आयो।
उनलेे रेस्टुरेन्टको मालिकलाई रू, १५०० दिइन् र भनिन् बाकी पैसा राख्नुस्।
यो घटना त्यो रेष्टुरेन्टको मालिकलाई साधारण लागेपनि त्यो गरीब अण्डा बेच्ने वृद्ध व्यक्तिको लागि निकै पिडा दायक थियो।
:--प्रश्न यो हुन्छ कि:
जब हामी एक अभावग्रस्त व्यक्तिसँग किनमेल गर्छौं तब हामी यो देखावटी गर्छौं कि हामी शक्तिशाली छौं।
तर जब हामी ठुला ठुला मलहरूमा जान्छौं तब हामी आफूलाई निकै उदार ठान्छौं ।
©️

27/09/2022

फेसबुक वालबाट साभार
*********************
एउटा मुसा किसान को घरमा दुलो बनाएर बसेको रहेछ। एकदिन मुसाले देखेछ कि किसान र उसको पत्नीले झोलाबाट केही कुरा निकालिरहेका छन् । मुसाले सोचेछ केही खानेकुरा को सामान होला ! उत्सुकतावश नियाल्दाखेरी उस्ले देख्यो कि त्यो एउटा मुसा मार्ने मुसादानी रहेछ !

खतराको महसुस गरेर उसले पछाडी गएर परेवालाई बतायो। घरमा मुसा मार्ने मेसिन आईसकेको छ। उनिहरु मलाई मार्न चाहन्छन्।मद्दत गर्नुपर्यो। परेवाले मजाक उडाउँदै भनेछ: मलाई के को टेन्सन ? म थोडी त्यसमा फँस्छु !

निरास मुसाले यो कुरा भालेलाई बतायो। भालेले खिल्ली उडाउँदै भनेछ, जा ! भाई यो मेरो समस्या होईन।

फेरी हतास मुसाले गोठमा गएर खसीलाई यो कुरा बताएछ। खसीले पनी हाँस्दै खिल्ली उडाउन थालेछ।

कोहि पनि मुसालाई सहयोग गर्न तयार देखिएनन्।

त्यही रात मुसा मार्ने मेसिनमा खटखट आवाज आयो। त्यसमा त एउटा बिषालु सर्प फसेको रहेछ। अँध्यारोमा मुसा सम्झेर किसानकि पत्नीले त्यसको पुच्छर समातेर निकाल्न खोज्दा सर्पले उनलाई डस्न पुगेछ। स्वास्थ्य खराब भएपछी किसानले बैधलाई बोलाए। बैधले उनलाई परेवाको सुप पिलाउनको लागी सल्लाह दिए।

परेवा अब भाँडोमा उम्लिरहेको थियो ! किसानको पत्नी बिरामी भएको खबर सुनेर किसानको नातेदारहरु पनी भेट्न आए। जस्को भोजन प्रबन्धमा अर्को दिन भाले काटियो ! केही दिनको उपचार पछी किसानको पत्नी निको भईन्। किसानको पत्नी निको भएको खुशीयाली मा किसानले भोजमा खसी काटेर खुशी मनायो।

अन्त्यमा खसी पनी काटियो !

त्यो बेला मुसा धेरै टाढा गईसकेको थियो

[सन्देश: कसैले तपाईँलाई आफ्नो समस्या बताउँदा तपाईँलाई लाग्छ कि यो मेरो समस्या होईन, तब अलिकति सम्झिनुस र सोच्नुस]

26/09/2022
24/09/2022

विगतमा यस एकेडेमीका कक्षा ९/१० मा अध्ययनरत विद्यार्थीहरुको भविष्य निर्माणका लागि आफ्नो अति व्यस्त समय दिएर अविस्मरणीय गुण लगाउनु हुने जनज्योति माध्यमिक विद्यालय फोस्रेटारका प्रधानाध्यापक श्री योगेन्द्र प्रसाद अधिकारी ज्यूलाई एकेडेमी परिवार पदीय उन्नयन, आरोग्य एवम् दीर्घजीवनको कामनासहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ ।

22/09/2022

अभिभावकले मनन गर्नु पर्ने कुराहरु:-
-------------------------------------------------
१, बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस् ! टिभिमा ८ बजे भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन !

२, आफ्नो बच्चाको स्कुलको कापी किताब हेर्नको लागि ३०/४५ मिनेट समय निकाल्नुहोस ! उसको गृहकार्य पूरा गराउनुहोस्!

३, दैनिक सबै बिषयको कापी हेर्नुहोस। उस बिषयमा खास ध्यान दिनुहोस् जसमा उ राम्रो गरिरहेको छैन !

४, बच्चाको आधारभूत शिक्षा भबिश्यको लागि अति महत्त्वपूर्ण हुन्छ !

५, बच्चालाई रातको १० बजे सुत्न र बिहान ६ बजे उठ्नको लागि बानी बसाल्नुहोस् !

६, यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस !

७, आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि बानी बसाल्नुहोस !

८, सुत्ने समय आफ्नो बच्चालाई पृथ्वीनारायण,भिमसेन,अम्बर सिंह थापा, बलभद्र कुवर जस्ताको जिबनी गाथा सुनाउनुहोस !

९, हरेक बर्ष गर्मी वा जाडोको छुट्टिमा (आफ्नो गक्ष अनुसार) कहि घुमाउन लानुहोस यसले उनीहरुको भिन्दै मान्छेको साथ नंया ठाउँमा बस्न सिक्छ्न !

१०, आफ्नो बच्चाको प्रतिभाको पत्ता लगाउनुहोस ! र उसलाई तिखार्न सहायता गर्नुहोस् ! ( बच्चा कुनै बिषय संगित, खेल, अभिनय , चित्रकला, नृत्य , आदिमा रुचि राख्न सक्छन् यसले उनीहरुको जीवन रमाइलो बनाउछ !

११, बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस ! तातो खाना र पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् !

१२, भान्साकोठामा खाना बनाउने समय जो यस्तो होस् बच्चाले मन पराउन ! उनिहरुलाई खाना बनाउनको लागि आफुलाई सहयोग गर्नको लागि भन्नुहोस् बच्चाहरुलाई राम्रो लाग्ने छ !

१३, प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनिहरु संग धेरै प्रश्न हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं ! हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन ! उसको प्रश्नको जवाफ तुरुन्त दिनुहोस् जवाफ् थाहा छैनभने सोधपुछ गरेर दिनुहोस् !

१४, बच्चालाई अनुशासन र बाँच्नको लागि राम्रो तरिकाले भन्नुहोस् ( सहि र गलत व्याख्या गर्नुहोस् )

१५, बच्चालाई भर्नाको लागि कुनै सर्बश्रेष्ठ स्कुल खोज्नु भन्दा सबैभन्दा राम्रो स्कुल त्यो हो जहाँ तपाईंको बजेटको लागि उपयुक्त छ ! भबिस्यमा हामिले छोराछोरी को पढाइको लागि अधिक पैसा खर्च गर्नुपर्ने हुन्छ ! त्यसैले पैसा बचाउनुहोस यस्ता अरु खर्चिला स्कुलहरु पनि छन् त्यसैले घाँटी हेरि हाड निल्नुहोस !

१६, बच्चालाई आफै पढ्न र सिक्ने बानी बसाल्नुहोस !

१७, बच्चालाई मोबाइल फ़ोन प्रयोग गर्न नदिनुहोस , आबश्यक हुँदा आफ्नो निग्रानिमा मोबाइल प्रयोग गर्न दिनुहोस् !

१८, बच्चालाई आफ्नो काममा सहायता गर्नको आगि भन्नुहोस् ! जस्तै खाना बनाउन , सरसफाइ गर्न, सामान ब्यबस्थित गरि राख्न सिकाउनुहोस !

१९ , र सबैभन्दा महत्त्वपूर्ण चिज हामिले आफ्नो बच्चालाई शिक्षा को साथमा राम्रो संस्कार पनि दिनुपर्छ ! ताकी उनिहरु जिबनमा सफ़ल र सहि मानिस बन्न सकुन !
फेसबुक वालबाट साभार

21/09/2022

यस एकेडेमीबाट २०७८ सालको SEE मा उत्कृष्ट GPA सहित उत्तीर्ण छात्रा सिवशा उप्रेतीलाई उच्च शिक्षा अध्ययनमा थप उत्कृष्टता हासिल गर्न, जीवनका अप्ठ्यारा र चुनौतीसित मुकाबिला गर्न सहज होओस्, आरोग्य, दीर्घजीवन र समुज्ज्वल भविष्यको कामना गर्दै जन्मदिनको अवसरमा एकेडेमी परिवार हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।

Photos from Light Pole Star Academy Boarding School,Marin-07, Sindhuli's post 20/09/2022

अभिभावक श्री दिलकुमार श्रेष्ठज्यू र यसै वर्ष A+GPA सहित SEE उत्तीर्ण छात्र सन्देश सापकोटा भाइलाई जन्मदिनको अवसरमा एकेडेमी परिवार हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।

18/09/2022

मिति २०७९/०६/०४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने दोस्रो त्रैमासिक परीक्षाको कक्षागत रुटिन अभिभावक महानुभावहरुको जानकारीका लागि सार्वजनिक गरिएको व्यहोरा अनुरोध छ।

14/09/2022

नेपाली समाजको यथार्थ कथा.....! अध्यन गरौं.....!!

शिक्षक हेमप्रसाद सरको तिन छोरा र एक छोरी थिए यि चारैजना बिदेशमा बस्ने गर्थे।
एकपटक उनिहरुको आमा साह्रै नै बिरामी हुनुभयो उनको बुबा शिक्षक हेमप्रसाद सर ले आफ्नो अमेरिका बस्ने जेठो छोरालाई फोन गरे: तेरो आमा साह्रै नै बिरामी भएकी छ छिटै घर आइज । जेठो छोराले भन्यो: बुबा म ३ बर्षको लागि
ट्रेनिङमा छु, बुबा भाइहरुलाई फोन गरेर बोलाउनुहोस् न।

त्यसपछि बुबाले आफ्नो अस्ट्रेलिया बस्ने माइला छोरालाई फोन गर्नुभयो: उसले भन्यो मेरो श्रीमती आजभोलि भएकी छ उनी प्रेग्नेन्ट छिन म आउन सक्दिन , तपाईंले उन दुई भाइलाई फोन गरेर बोलाउनुहोस् न ।

त्यसपछि बुबाले युके बस्ने कान्छो छोरालाई फोन गर्नुभयो, उसले भन्यो: म त नेपाल आउन सिर्फ ३ महिना बाकी छ , त्यसपछि नै आउछु प्लिज बुबा तपाईंले उन दुई दाजुहरुलाई फोन गरेर बोलाउनुहोस् न ।

शिक्षक हेमप्रसाद सरको आखामा टिलपिल आँसु भयो उहाँ रुनुभयो। जुन आमा बुबाले बैंक बाट लोन लिएर उनिहरुलाई बिदेश पठाएका थिए आज उनिहरुले नै इन्कार गरिरहेका छन्।
उनीहरुले बिरामी आमालाई हेर्न सम्म आएनन् , उन बुबाले आफुलाई सम्हाल्न सकेनन्...

उहाँले फ़ेरि आफ्नो जापान छोरिलाई फोन गर्नुभयो र आमाको बारेमा सबैकुरा भन्नुभयो, छोरी रुँन थालिन र भनिन बुबा आफुले आफैलाइ सम्हाल्नुहोस साथै आमाको हेरबिचार गर्दै गर्नुहोस् म र तपाईंको ज्वाइँ भरैको फ्लाइटमा आइहाल्छौं । तपाईं टेन्सन नलिनुहोस् ।
बुबा: छोरी ज्वाइको बिज्नेश कसले सम्हाल्छ त त्यहा?
छोरी: के भन्नुभएको बुबा. यश समयमा पनि तपाईं यस्तो कुरा गर्नुहुन्छ. आमाभन्दा ठूलो काम जरुरी हुन्छ र??

तपाईं आफुलाई सम्हाल्नु आमालाई हेर्नू म भगवान् सँग प्राथना गर्छु भगवान मेरि आमालाई केहि नहोस् छिटै निको पार्दिनुहोस। सबै राम्रै हुन्छ बुबा , आमाको र आफ्नो ख्याल राख्नु..

शिक्षक हेमप्रसाद सरले सोच्न थाले 🤔.. यही हो आजको युग भगवानसँग छोरा मागिन्छ , छोरी होइन , तर आज छोराहरुले आउन मानेनन् जसको लागि घर बैंकमा राखेर लोन लिएको थिएँ, अहिले मेरो पेन्सन ले किस्ता तिर्दै छु। र छोरी जसलाई मैले कहिले मान सम्मान दिइन। उनले आज सबै कुरा छोडेर ज्वाइको साथमा आफ्नो कामकाज उनको बिज्नेशको चिन्ता नगरी श्रीमानको साथ सिर्फ आमाको लागि आउँदै छिन , हेमप्रसाद सर फ़ेरि रुँन थाले । कति बेवकुफ हुन्छन् ती मानिस जसले मन्दीर मस्जिद चर्चको अगाडि छोरा जन्मियोस भनी प्राथना गर्छन..
हरेक समस्यामा छोरी नै समयमा काम लाग्छिन यी प्यारी छोरीहरु आमाबुबाको सान हुन ।

💮 बुढेसकालको साहारा अब छोरा मात्रै होईन छोरी पनि बन्न सक्छिन भन्ने कुरा हरेक आमाबुबाले बुझ्नुपर्छ ।

नोट:- छोराछोरी बाट धेरै आस गर्नु बेकार देखिन्छ !!

*जय कथा ! जय सन्देश*
साभार सन्जाल!

Want your school to be the top-listed School/college in Sindhuli?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Marin Rural Municipality 07
Sindhuli

Opening Hours

Monday 06:30 - 04:30
Tuesday 06:30 - 16:30
Wednesday 06:30 - 16:30
Thursday 06:30 - 16:30
Friday 06:30 - 16:30
Sunday 06:30 - 16:30