19/01/2023
लोकसेवा टिप्स लोकसेवा आयोग शाखा अधिकृत विषयगत सामग्री
१. संसदीय समिति र संवैधानिक निकायबीच अन्तरसम्बन्ध केलाउँदै संवैधानिक निकायका नियुक्तिलाई प्रभावकारी बनाउन संसदीय सुनुवाइ समितिले गर्नुपर्ने सुधारका विषयवस्तुहरू प्रस्तुत गर्नुहोस् ।
👉पृष्ठभूमि
संसदलाई चलायमान बनाउने, सार्वभौमिकताको प्रयोग गर्ने वैधानिक एवं विशिष्टकृत इकाईहरू तथा संसदको कार्यकारी अंग नै संसदीय समिति हो,
संसदीय समितिलाई ः ःष्लष् एबचष्बिmभलत तथा ँगअतष्यलब िएबचष्बिmभलत समेत भनिन्छ,
संविधानको धारा ३०६ ले १३ वटा निकायलाई संवैधानिक निकायका रूपमा परिभाषित गरेको छ, संवैधानिक निकायका कामकारबाहीलाई प्रभावकारी बनाउन संसदीय समितिहरू क्रियाशील रहन्छन् ।
संसदीय समिति र संवैधानिक निकायबीच सम्बन्ध
संसदीय सुनुवाइमार्फत सम्बन्ध – संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीको नियुक्ति पूर्व संसदीय सुनुवाइ गर्न संघीय संसदका दुवै सदनका सदस्यहरू रहनेगरी १५ सदस्यीय एक संयुक्त समिति गठन गरिने (धारा २९२),
महाभियोगमार्फत सम्बन्ध – संविधान, कानुन र आचारसंहिताको गम्भीर उल्लंघन, कार्यक्षमताको अभाव, खराब आचरण वा इमानदारीपूर्वक पदीय कर्तव्यको पालना नगरेका कारणले संवैधानिक निकायका पदाधिकारीउपर प्रतिनिधिसभामा महाभियोग पेस भएमा एक महाभियोग सिफारिस समिति गठन हुने (धारा १०१),
राय परामर्श तथा निर्देशनमार्फत सम्बन्ध – प्रतिनिधिसभाका समितिले राष्ट्रिय मानव अधिकार आयोगबाहेकका अन्य निकायका कामकारबाही अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन सक्ने (धारा २९३),
वार्षिक प्रतिवेदनमार्फत सम्बन्ध – संवैधानिक निकायले पेस गरेको वार्षिक प्रतिवेदनउपर संसदीय समितिमा छलफल, बहस र मूल्यांकन हुने (धारा २९३),
नियम, निर्देशिका कार्यविधिको परीक्षणमार्फत सम्बन्ध – संवैधानिक निकायले प्रत्यायोजित विधायनअन्तर्गत निर्माण गरेका नियम, निर्देशिका, कार्यविधि, मापदण्ड प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले परीक्षण गर्न सक्ने,
संवैधानिक निकायको कार्यमार्फत सम्बन्ध – भ्रष्टाचार निवारण, मानव अधिकारलगायतका विषयमा संवैधानिक निकायले संसदीय समितिलाई आवश्यक राय सल्लाह प्रदान गर्न सक्छन्,
उत्तरदायित्व वहन गराउने सम्बन्धमा सम्बन्ध – संसदीय समितिले संवैधानिक निकायका पदाधिकारीलाई संसदीय समितिमा उपस्थित गराउन, कागजात झिकाउन तथा प्रश्नोत्तर गर्न एवं निर्देशन दिन सक्दछन् ।
सुधारका विषयहरू
समितिको बैठकको गणपूरक संख्या कम्तीमा दुईतिहाइ तोकिनुपर्ने,
प्रस्तावित व्यक्तिको नाम समितिको दुईतिहाइले अनुमोदन गरेमा मात्र स्वीकृत हुने व्यवस्था गर्नुपर्ने,
प्रस्तावित व्यक्तिलाई उच्च नैतिक चरित्र भएको राज्यविरुद्ध अपराध कुनै फौजदारी अभियोग नलागेको तथा परिवारका सदस्य सुनुवाइ समितिमा नरहेको स्वघोषणा गराउनुपर्ने,
प्रस्तावित व्यक्तिको नाम अनुमोदन गर्ने वस्तुनिष्ठ आधारहरू किटान गर्नुपर्ने, योग्यता कार्यअनुभव, कार्ययोजना, विषयवस्तुको ज्ञान, विश्लेषण क्षमता, नेतृत्व क्षमता जस्ता आधार समावेश गर्नुपर्ने,
व्यक्तिगत गोपनियता प्रतिष्ठामा आँच आउने जस्ता विषयबाहेकका अन्य विषयमा खुला सुनुवाइ गर्नुपर्ने
प्रस्तावित व्यक्तिउपर गम्भीर प्रकृतिका जानकारी वा उजुरी आएमा छानबिन समिति गठन गरी निष्कर्षमा पुग्नुपर्ने,
सुनुवाइ समितिका सदस्यलाई प्रस्तावित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गर्न रोक लगाउनुपर्ने,
स्वार्थ बाझिएमा समिति सदस्यहरू सुनुवाइमा सहभागी हुन नपाउने गरी कानुनी व्यवस्था गरिनुपर्ने,
प्रस्तावित व्यक्तिले सुनुवाइमा सहभागी हुन नचाहेमा नाम फिर्ता लिन पाउने व्यवस्था गर्नुपर्ने,
आवश्यकताअनुसार प्रस्तावित व्यक्तिउपरको उजुरीकर्ताको विवरण गोप्य राख्नुपर्ने,
सुनुवाई भइरहेको समयमा प्रतिनिधिसभा विघटन भएको राष्ट्रिय सभाका सदस्य सम्मिलित समितिमार्फत सुनुवाइको व्यवस्था गर्नुपर्ने,
प्रस्तावित व्यक्तिको नाम अनुमोदन गर्नु वा नगर्नुका आधार र कारणहरू स्पष्ट रूपमा खुलाउनुपर्ने वाध्यकारी व्यवस्था गरिनुपर्ने ।
निष्कर्ष
सीमित सरकारका े अवधारणाअनरूु प राज्य सञ्चालन गर्न सरकारका कामकारबाहीमा निष्पक्षता र तटस्थता अभिवृिद्ध गर्न सवं धै ानिक निकायको व्यवस्था गरिएको हो । संवैधानिक निकायमा योग्य दक्ष स्वच्छ छवि र उच्च नैतिक चरित्र भएका पात्रहरूको नियुक्ति हुन सकेमा मात्र ती निकायको विश्वासनियता कायम हुन सक्दछ । संवैधानिक निकायलाई जनप्रतिनिधिमूलक संस्थासँग उत्तरदायी र जवाफदेही बनाउन विभिन्न संवैधानिक कानुनी तथा नीतिगत व्यवस्था गरिएकोमा ती व्यवस्थाको उचित कार्यान्वयन हुन जरुरी रहेको छ ।
२. सरकारी आश्वासन भनेको के हो ? नेपालको सन्दर्भमा सरकारी आश्वासन कार्यान्वयनका लागि संसदीय समितिको भूमिका स्पष्ट पार्नुहोस् ।
👉‘कार्यकारीले सदनसमक्ष गरेको प्रतिबद्धता’ पृष्ठभूमि
सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तत्व, प्रश्नोत्तरको समय, विधेयकमाथिको छलफल, संकल्प प्रस्तावलगायतका विषयमाथि हुने छलफलका क्रममा सरकारका मन्त्रीले संसदमा व्यक्त गरेका वाचा एवं प्रतिबद्धतालाई नै सरकारी आश्वासन भनिन्छ,
संसदीय शासन प्रणाली अवलम्बन गरेका मुलुकमा कार्यपालिका संसदप्रति उत्तरदायी हुन्छ भने संसदले सरकारका कामकारबाहीको निगरानी राख्दछ,
सदन चलिरहेको समयमा सार्वजनिक महŒवका विषय
एवं जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारका तर्फबाट व्यक्त गरिने प्रतिबद्धताको ठूलो अर्थ रहन्छ,
दृढ इच्छाशक्ति तथा संकल्पको कमी, समन्वयको अभाव, सरकारी निकायको बेवास्ता, कार्यान्वयन गर्न नसकिने प्रकृतिका पपुलिस्ट आश्वासन दिने, औपचारिकताका लागि प्रगति विवरण पठाउने जस्ता प्रवृत्तिका कारण सरकारी कार्यान्वयनको अवस्था सन्तोषप्रद देखिँदैन ।
संसदीय समितिको भूमिका
समयमै प्रगति विवरण प्राप्त गरी कार्यान्वयन गर्न निर्देशन दिने,
सरकारी आश्वासनको व्यवस्थित अभिलेख तयार गर्ने,
नियमितरूपमा अनुगमन, मूल्यांकन र परीक्षण गर्ने,
आवश्यक अध्ययन गरी सम्बन्धित निकायलाई दिएका निर्देशनहरू कार्यान्वयन भए नभएको विषय वार्षिक प्रतिवेदनमा समावेश गर्ने
सन्तोषजनक प्रगति नभएको देखिएमा पटकपटक
ध्यानाकर्षण गराउने,
सरकारसँग प्रतिवेदन कार्यान्वयनको मार्गचित्र र समयतालिका माग गर्ने ।
निष्कर्ष
यसरी सरकारका तफर्ब ाट मन्त्रीहरूल ेसमय समयमा जनप्िरतनिधिमलू क सावर्भ ामै ससं दमा व्यक्त गर्न ेप्िरतबद्धताहरूल ेकायर्क ारीलार्इ व्यवस्थापिकाप्िरत उत्तरदायी बनाउन, सरकारको आधिकारिक धारणा थाहा पाउन तथा समस्याको शीघ्र समाधानका लागि सरकारलाई जागरूक बनाउँछ । राज्यका े सा्रते साधनल े नभ्याउन,े कायानर्् वयन हनु नसक्न े जटिल पक्र ृितका आश्वासन दिने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ ।
३. सघं , पद्र शे र स्थानीय तहका ेविधायकी अन्तरसम्बन्धलार्इ व्यवस्थित गर्न गरिएका व्यवस्थाहरू उल्लेख गर्दै तीन तहको विधायकी अन्तरसम्बन्धमा देखिएका समस्याहरू पहिचान गर्नुहोस् ।
👉पृष्ठभूमि
नेपालमा तीन तहको संघीय संरचनामा विभाजन गरी राज्यशक्तिको अभ्यास गरिएको छ,
संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारीता, समन्वय र सहअस्तित्वको सिद्धान्तमा आधारित हुने संवैधानिक व्यवस्था रहेको छ,
संविधान र संघीय कानुनको अधिनमा रही प्रदेश र स्थानीय तहले समेत कानुनको निर्माण गर्न सक्दछन् ।
विद्यमान व्यवस्था
संघीय इकाईबीच अन्तरसम्बन्ध कायम गर्न संघीय संसदले कानुन बनाउन सक्ने व्यवस्था रहेको,
संघीय इकाईको विशिष्ट तथा साझा अधिकार सूचीको व्यवस्था भएको,
नेपालभर वा कुनै क्षेत्रमा मात्र लागू हुनेगरी संघीय कानुन बनाउन सकिने,
प्रदेशको कुनै क्षेत्रमा मात्र लागू हुनेगरी प्रदेश कानुन बनाउन सकिने,
दुई वा दुईभन्दा बढी प्रदेशले प्रदेशका अधिकार सूचीको कुनै विषयमा कानुन बनाउन अनुरोध गरेमा संघीय संसदले आवश्यक कानुन बनाउन सक्ने,
स्थानीय तहको कानुन निर्माण प्रक्रिया प्रदेश कानुन बमोजिम हुने,
संघले साझा र आर्थिक अधिकारको विषयमा प्रदेशलाई लागू हुनेगरी नीति, मापदण्ड र कानुन बनाउन सक्ने,
अवशिष्ट अधिकारका विषयमा कानुन बनाउने अधिकार
संघीय संसदलाई हुने,
स्थानीय तहले अनुसूची ८ र ९ का अधिकारका विषयमा कानुन बनाउने
गाउँ वा नगरसभाले कानुन बनाउन प्रदेश कानुनसँग नबाझिने गरी गराउनुपर्ने
संघीय कानुनसँग बाझिएका प्रादेशिक वा स्थानीय कानुन अमान्य हुने व्यवस्था,
प्रदेशसभा निलम्बन वा विघटन गरिएमा संघीय संसदले अनुमोदन गर्नुपर्ने,
प्रदेश सरकार र प्रदेशसभा विघटन भएको अवस्थामा संघीय संसदबाट जारी भएको कानुन लागू हुने,
कुनै प्रदेशको सिमाना परिवर्तन वा अनुसूची–६ मा उल्लेखित विषयसँग सम्बन्धित भएको संघीय विधेयक सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने,
प्रदेशसभाको सहमति आवश्यक पर्ने विधेयक बहुसंख्यक प्रदेशसभाले अस्वीकृत गरेमा संघीय सदनमा पेस भएको विधेयक निष्क्रिय हुने,
प्रदेशसभाका सदस्य तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलबाट राष्ट्रिय सभाको निर्वाचन हुने,
एक प्रदेशको कानुनी व्यवस्थालाई अर्को प्रदेशले मान्यता दिनुपर्ने,
प्रदेशसभाको व्यवस्थापकीय अधिकार अनुसूची–६, अनुसूची–७ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भएबमोजिम हुने ।
विधायकी अन्तरसम्बन्धमा देखिएका समस्या साझा अधिकार सूचीका विषयमा थप विस्तृतीकरण नहुनु,
अधिकार सूचीमा रहेका विषयमा बुझाइमा एकरूपता नुहुनु,
संघीय संसदले समयमै कानुन निर्माण गर्न नसक्नु,
प्रदेश र स्थानीय तहमा शक्ति सन्तुलन र नियन्त्रणको प्रभावकारी कार्यान्वयन हुन नसक्नु,
आवश्यक समन्वय नुहुनु,
तीन तहका विधायकीद्वारा निर्मित कानुनमा दोहोरपना हुनु,
राजनीतिक दलको केन्दिय संरचनाको प्रभाव देखिँदा ्र प्रादेशिक र स्थानीय आवश्यकतामा आधारित कानुन नबन्नु,
स्थानीय तहको संस्थागत क्षमता कमजोर हुनु,
राष्ट्रिय हित, गौरव र महŒवका विषयमा संघ र प्रदेशबीच मतभिन्नता हुनु ।
निष्कर्ष
नेपालको संविधानमा तीन तहका संघीय इकाईबीच कानुन निर्माणमा अन्तरआबद्धता, साझदे ारी र समन्वयका े व्यवस्था गरिएका े छ । सघं , पद्र शे र स्थानीय तहबीच उद्धव विधायकी अन्तरसम्बन्ध रहेको अवस्था छ । विधायकी कार्यसम्पादन गर्दा समेत सहकार्य समन्वय र सहअस्तित्वको सम्बन्धलाई आत्मसाथ गर्नुपर्दछ ।
४. प्रतिनिधिसभा र राष्ट्रिय सभाका अन्तरसम्बन्धका क्षेत्रहरू प्रस्तुत गर्नुहोस् ।
👉पृष्ठभूमि
नेपालमा दुई सदनात्मक व्यवस्थापिकाको व्यवस्था गरिएको छ,
नेपालको संविधानको धारा ८३ मा प्रतिनिधिसभा र राष्ट्रिय सभा नामका दुई सदनसहितको व्यवस्थापिकालाई संघीय संसदका रूपमा परिभाषित गरिएको छ,
तल्लो सदन आवधिक रूपमा परिवर्तन भइरहने भएकाले जनप्रतिनिधिमूलक संस्थाको रिक्तता पूर्ति गर्ने उद्देश्यले माथिल्लो सदनको व्यवस्था गरिएको हुन्छ ।
अन्तरसम्बन्धका क्षेत्रहरू कानुन निर्माण
दुवै सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि
राष्ट्रपतिसमक्ष पठाइने (धारा १११),
निश्चित अवस्थामा कतिपय विधेयक दुवै सदनको संयुक्त बैठकमा पेस गरिने (धारा १११),
संघीय शासन कायम रहेको अवस्थामा संघीय संसदले अनुसूची– ६ बमोजिमको सूचीमा परेको विषयमा कानुन बनाउन सक्ने (धारा २३२) ।
सरकारका नीति तथा कार्यक्रम
राष्ट्रपतिको निर्वाचन
संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य भएको निर्वाचक मण्डलले राष्ट्रपतिको निर्वाचन गर्ने (धारा ६२) ।
वार्षिक बजेट
प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान पेस गरिने (धारा १९९) । संसदीय सुनुवाइ संविधानको धारा २९२ मा संघीय संसदका दुवै सदनका सदस्य रहनेगरी १५ सदस्यीय एक संयुक्त समिति गठन हुने । अध्यादेशको अनुमोदन
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा जारी भएको अध्यादेश संघीय संसदको दुवै सदनले स्वीकार नगरेमा स्वतः खारेज हुने ।
महाभियोग पारित
संविधानको धारा १०१ ले राष्ट्रपति र उपराष्ट्रपति संघीय संसदको दुवै सदनको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने ।
सन्धि सम्झौताको अनुमोदन सम्मिलन स्वीकृति वा समर्थन
शान्ति र मैत्री सुरक्षा एवं सामरिक सम्बन्ध नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँडसम्बन्धी सन्धि वा सन्धिको अनुमोदन सम्मिलन स्वीकृति वा समर्थन दुवै सदनको दुईतिहाइले गर्नुपर्ने (धारा
२७९)
संविधान संशोधन
संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेको दुईतिहाइबाट पारित भएमा संविधान संशोधन हुने (धारा २७४) ।
संकटकालीन अवस्थाको घोषणाको स्वीकृति
संघीय संसदको दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुवै तिहाइबाट अनुमोदन गर्नुपर्ने (धारा २७३) ।
जनमत संग्रहको स्वीकृति
संघीय संसदमा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट निर्णय भएमा राष्ट्रिय महŒवको कुनै विषयमा जनमत संग्रह गर्न सकिने (धारा २७९) ।
संवैधानिक परिषद्मा सहभागिता
परिषद्मा सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्षको प्रतिनिधित्व रहने (धारा २८४) ।
वार्षिक प्रतिवेदन ग्रहण
संवैधानिक निकायले राष्ट्रपतिसमक्ष पेस गरेको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदसमक्ष पेस गरिने (धारा २९४) ।
महासचिव नियुक्ति
सचिवालय सञ्चालन तथा व्यवस्थापन संयुक्त समिति मार्फत कार्य सम्पादन ।
निष्कर्ष
दवु ै सदनका े पा्रथमिक कार्य भनके ा े काननु का े निमाणर्् ा र कायर्क ारीलाई ससं दप्िरत उत्तरदायी बनाउन ु हा े । यी दवु ै सदनहरू एकआपसमा परिपरू क र अन्तरसम्बन्धित भएको कारणले उच्च स्तरको समन्वयको माध्यमबाट व्यवस्थापकीय कार्यलाई सहज ढंगले सञ्चालन गर्न सकिन्छ ।
५. स्थानीय तहमा निर्वािचत जनप्िरतनिधिल े आचारसंिहताका े पण्ू ार्प ालना नगरेको आरोप लाग्दै आएको पृष्ठभूमिमा स्थानीय जनप्रतिनिधिका लागि आवश्यक आचारसंहिताबारे चर्चा गर्दै उक्त आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सुझावहरू प्रस्तुत गर्नुहोस् ।
‘गर्न हुने र गर्न नहुने क्रियाकलापको संगालो’
👉पृष्ठभूमि
नैतिकतालाई कानुनस्वरूप प्रदान गर्ने दस्तावेज हो, आचारसंहिता,
आचरणहरूको संगालोलाई नै आचारसंहिता भनिन्छ,
सार्वजनिक पदाधिकारीबाट समाजले उच्चस्तरको नैतिकता, निष्ठा, आचरण, व्यवहार र कार्यशैलीको अपेक्षा गर्ने भएकाले आचारसंहिताको आवश्यकता पर्दछ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहले आफ्ना सदस्य तथा कर्मचारीका लागि आचारसंहिता बनाई लागू गर्न सक्ने र उक्त आचारसंिहतामा अन्य विषयका अतिरिक्त दहे ायका विषयहरू समावशे गर्नुपर्ने व्यवस्था गरिएको छ ः–
ड्ड निर्णय प्रक्रियामा निजी स्वार्थ वा हकहित जोडिएका विषयमा
संलग्न हुन नहुने,
ड्ड पारदर्शी जवाफदेही कार्यप्रक्रियाको अवलम्बन गने,
ड्ड सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्न नहुने,
ड्ड सार्वजनिक शिष्टाचार र प्रवद्र्धन गर्नुपर्ने,
ड्ड एक अर्को स्थानीय तह, प्रदेश र संघको कार्यप्रणाली तथा अधिकार क्षेत्रको सम्मान गर्नुपर्ने ।
आवश्यक सुझावहरू क्षेत्रगत आचारसंहिता निर्धारण,
सदाचार नीतिको तर्जुमा, अनुमगन संयन्त्र निर्माण,
नियमन प्रणालीको विकास,
आचारसंहिता उल्लंघनमा दण्डको व्यवस्था,
सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्ने,
भड्किलो सामाजिक व्यवहार नियन्त्रण,
शासकीय आचरण तथा स्वार्थको द्वन्द्वसम्बन्धी कानुनको निर्माण,
अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यक्तिगत विवरण र घोषणाको प्रावधान,
आत्म अनुशासन र स्वअनुशासनको प्रवद्र्धन ।
निष्कर्ष
जनप्रतिनिधिले प्राप्त गरेको शासकीय अधिकार, सेवासुविधा तथा उन्मुक्तिलाई अधिकतम सार्वजनिक हितमा प्रयोग गर्न, राजनीतिज्ञलाई च्यभि ःयमभ िको रूपमा विकास गर्न राजनीतिप्रति नागरिकको वितृष्णा र गलत धारणा हटाउनसमेत स्थानीय स्तरका सबैभन्दा नजिकका शासकीय पात्रका लागि आचारसंहिता निर्माण गरी प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।
६. सघं ीय लाके तान्त्रिक गणतन्त्रका ेस्थापना भएपछि नपे ालमा प्िरतपक्षको भूमिका निकै कमजोर हुँदै गएको भनी आलोचना हुने गरेको छ, यस पष्ृठभूिममा प्िरतपक्षका े भूिमकाका े चर्चा गर्द ै प्िरतपक्षका े भूिमका अभिवृद्धि गर्न आवश्यक उपायहरू सुझाउनुहोस् ।
‘संसदीय व्यवस्थाको वैकल्पिक सरकार’
पृष्ठभूमि
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये सरकारमा सहभागी नभएका सत्तारूढबाहेक दललाई प्रतिपक्षी दल भनिन्छ,
संसदमा प्रतिपक्षको अवधारणा वेलायतबाट प्रारम्भ भएको मानिन्छ, सन् १७८३ मा चाल्स जेम्स फक्सले यो अवधारणा अभ्यासमा ल्याएका हुन्,
संसदको प्रभावकारिता वृद्धि गर्न तथा सरकारलाई जनमुखी ढंगले शासन सञ्चालन गर्न प्रतिपक्षको जरूरत पर्दछ,
संवैधानिक परिषद्मा विपक्षी दलका नेता सदस्य रहने, उपसभामुखसरह सुविधा पाउने, राज्यमन्त्रीसरह मयार्दाक्रम हुने, संसदीय दलको कार्यालयको स्थापना, विपक्षी दलको प्रमुख सचेत नियुक्ति हुने व्यवस्था गरिएको छ ।
बेलायतका राजनीतिशास्त्री क्बmगभ िभ्. ाष्लभच ले प्रतिपक्षका कार्यहरू निम्नानुसार हुने उल्लेख गरेका छन् ः–
ड्ड संसदको छलफलमा भाग लिने,
ड्ड नागरिकका हितविपरीतका नीतिको विरोध गर्ने,
ड्ड स्वीकार्य विधिद्वारा आफ्नो नीति परिमार्जन गर्न सरकारलाई बाध्य पार्ने,
ड्ड वैकल्पिक कार्यक्रम प्रस्ताव गर्ने,
ड्ड आगामी चुनाव जित्ने आधार निर्माण गर्ने प्रतिपक्षको भूमिका
ड्ड सरकारको रचनात्मक र सिर्जनात्मक आलोचना,
ड्ड सरकारलाई निरंकुश, स्वेच्छाचारी हुनबाट रोक्ने,
ड्ड सरकारका गलत कार्य, कदम र नीतिविरुद्ध जनमत सिर्जना गर्ने,
ड्ड विधेयकउपर चुनौती दिँदै वैकल्पिक विधि, नीति तथा कार्यक्रम तयार गरी बहसको सिर्जना गर्ने,
ड्ड सरकारलाई संसदप्रति जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने,
ड्ड वैकल्पिक सरकार दिने,
ड्ड सरकार स्वेच्छाचारी भएको अवस्थामा अविश्वास प्रस्ताव गरी वैकल्पिक समीकरण प्रस्ताव गर्ने,
ड्ड छाया सरकार गठन गरी सरकारका काम कारबाहीउपर निगरानी गर्ने,
ड्ड सदनमा प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्न सोधेर उत्तरदायी बनाउने,
ड्ड राष्ट्रिय हित संरक्षण र एकता प्रवद्र्धन गर्न योगदान दिने, ड्ड पारदर्शिता कायम गर्न योगदान दिने ।
प्रतिपक्षको भूमिका अभिवृद्धि गर्ने उपायहरू
ड्ड दलभित्रै खुला छलफल र बहस गरी पार्टीभित्रको आन्तरिक विवादको प्रभाव संसदमा पर्न नदिने,
ड्ड सरकारका नीति तथा कार्यक्रमलाई गुण र दोषका आधारमा
समर्थन र विरोध गर्ने,
ड्ड आन्तरिक लोकतन्त्रको अभ्यासलाई प्रभावकारी बनाउने,
ड्ड वैकल्पिक विचारलाई बहसको विषय बनाउने,
ड्ड गैरसरकारी विधेयक प्रस्तुत गर्ने परिपाटी थालनी गर्ने,
ड्ड सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सत्तापक्षबीच समन्वयमा जोड दिने,
ड्ड स्वार्थमा आधारित सहमतीय राजनीतिलाई प्रश्रय नदिने ।
निष्कर्ष
संघीय लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षलाई न्यखभचलmभलत ष्ल धबष्तष्लन समेत भनिन्छ । सरकारमा प्रतिपक्षको प्रतिनिधित्व तथा सहभागीता नहुने, राज्यसंयन्त्र सरकारको नियन्त्रणमा रहने, सरकारका मन्त्रीहरूको विचार, धारणा र गतिविधिले सञ्चार माध्यममा उच्च प्राथमिकता पाउने भएकाले प्रतिपक्षका लागि संसद नै आफ्ना धारणा, विचार र अडान सशक्त ढंगले अभिव्यक्त गर्ने औपचारिक थलो भएको कारण सरकार सत्तापक्ष र संसद प्रतिपक्षको भन्ने गरिन्छ ।