Vijay Yadav yadav

Vijay Yadav yadav loksewa students

06/06/2026

✍🏾सगरमाथा (Mount Everest) बारे जान्नै पर्ने रोचक तथ्य (Facts):-................................................................................................
विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा सुरुआतमा Peak XV नामले चिनिन्थ्यो।
नेपालका इतिहासकार बाबुराम आचार्यले यस पर्वतलाई ‘सगरमाथा’ नाम दिएका हुन्, जसको अर्थ “आकाशको निधार” वा “स्वर्गको शिखर” हुन्छ।

प्रसिद्ध भूगोलविद् माइकल कर्गालेले सन १९३३ मा सगरमाथालाई “तेस्रो ध्रुव (Third Pole)” को उपाधि दिएका थिए।

सगरमाथाको भौगोलिक अवस्थिति.............................................
महादेश: एशिया

देश: नेपाल

प्रशासकीय क्षेत्र: सोलुखुम्बु जिल्ला, प्रदेश नं. १

अक्षांश/देशान्तर: २७° ५९’ उत्तर, ८६° ५५’ पूर्व

पर्वतमाला: महालङ्गुर हिमाल, हिमालय

हाल सरकारी मान्यता प्राप्त उचाइ: ८,८४८.८६ मिटर (२०२० काे संयुक्त सर्वेअनुसार)

सगरमाथा आरोहणका प्रमुख ऐतिहासिक कीर्तिमानहरू..........................................................
१. पहिलो सफल आरोहण

२९ मे १९५३ मा न्यूजिल्याण्डका सर एडमण्ड हिलारी तथा नेपालका तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको चुचुरो टेक्ने पहिलो मानव बने।

२. पहिलो पटक दुई पटक आरोहण गर्ने व्यक्ति

नवाङ गोम्बु शेर्पा सगरमाथा दुई पटक चुम्ने पहिलो आरोही (दोस्रो आरोहण– २० मे १९६५)।

३. महिला द्बारा पहिलो सफल आरोहण

जापानकी जुनको ताबेईले सन् १९७५ मा पहिलो महिला रुपमा चुचुरो पहुँचिन्।

४. अक्सिजनबिना पहिलो आरोहण

८ मे १९७८ मा अष्ट्रियाका पिटर हाब्लर र इटालीका रेनहोल्ड म्यास्नरले बिना अक्सिजन सफल आरोहण गरे।
महिलामा यो कीर्तिमान लिडा ब्रेडी (१४ अक्टोबर १९८८) ले राखिन्।

५. विवाहित जोडीद्वारा एकैपटक आरोहण

स्लोभाकीयाका आन्द्रेज र मारिजा स्ट्रीमफेलिजले ७ अक्टोबर १९९० मा पहिलो विवाहित जोडीका रूपमा सगरमाथा चढे।

६. बाबुछोरा एकसाथ आरोहण

फ्रान्सका जेन नोइल रोसे र छोरा रोसे बर्टट्रेन्डले ७ अक्टोबर १९९० मा एकैपटक चुचुरो चुमे। उनीहरू फर्कँदा ट्यान्डम प्याराग्लाइडिङ गरी आधार शिविर पुगे।

७. पहिलो नेपाली महिला आरोही

पासाङ ल्हामु शेर्पाले २३ अप्रिल १९९३ मा सगरमाथा चढेर पहिलो नेपाली महिला बन्न सफल भइन्।
त्यसपछि लाक्पा शेर्पा (१८ मे २०००) दोस्रो नेपाली महिला बनिन्।

८. अपांगता भएका व्यक्तिद्वारा आरोहण

थोमस हृवीटकर (१९९८): एक खुट्टा कृत्रिम हुँदाहुँदै सफल आरोहण।

एरिक वेहृनमेयर (२५ मे २००१): पहिलो दृष्टिबिहीन आरोही।

९. चुचुरोमै रात बिताउने एकमात्र व्यक्ति

नेपालका बाबुछिरी शेर्पाले सन् १९९९ मा चुचुरोमै २१ घण्टा बिताए।
उनी सबैभन्दा छिटो आरोहण (१६ घण्टा ५६ मिनेट) गर्ने प्रारम्भिक कीर्तिमानी पनि हुन्।

सबैभन्दा छिटो आरोहणको हालको कीर्तिमान

पेम्बा दोर्जी शेर्पा— २१ मे २००४ मा ८ घण्टा १० मिनेटमा आधार शिविरदेखि चुचुरोसम्म।

१०. चुचुरोमै विवाह

नेपालका मोनी मुलेपाती र पेम दोर्जीले ३० मे २००५ मा चुचुरोमै विवाह सम्पन्न गरेका थिए।

११. अर्धनग्न भएर चुचुरोमा बस्ने आरोही

लाक्पा थार्के शेर्पा (२४ मे २००६) — माइनस ४०°C तापक्रममा ४ मिनेट अर्धनग्न बसेर अनौठो कीर्तिमान।

१२. सबैभन्दा वृद्ध उमेरमा आरोहण

पुरुष: जापानका यूचिरो मिउरा – २३ मे २०१३ (८० वर्ष)

यसअघि: नेपालका मिनबहादुर शेरचन (२००८ मा ७६ वर्ष, २०१७ मा दुस्रो प्रयासका क्रममा निधन)

सगरमाथासम्बन्धी अन्य रोचक तथ्यहरू......................................................................
सगरमाथा प्रथम पटक सफल आरोहणको सम्मानमा प्रत्येक वर्ष मे २९ ‘एभरेस्ट डे’ मनाइन्छ।

झण्डै ४,००० प्रयासकर्तामध्ये २,००० भन्दा धेरै सफल आरोहण।

वैज्ञानिक अनुसार सगरमाथाको गठन ६ करोड वर्षअघि भएको हो।

हरेक १० सफल आरोहीमध्ये १ को मृत्यु हुने जोखिम।

भूवैज्ञानिक कारणले सगरमाथा हरेक वर्ष ४ मिलिमिटरले बढिरहेको छ।

जर्ज एभरेस्टले सन् १८४१ मा पहिलोपटक शिखर पहिचान गरे।

सगरमाथामा पाइने दुर्लभ कालो फुद्के माकुरा (jumping spider) चिसोमा जमेको कीरा खाएर बाँच्छ।

मृत्युको मुख्य कारण— हिमपहिरो (Avalanche)।

सगरमाथाको नामकरण र इतिहास..................................................................

सगरमाथा १८५२ मा मात्र आधिकारिक रूपमा विश्वको सबैभन्दा अग्लो पर्वत भनेर प्रमाणित भयो।

सर्वेयर जर्ज एभरेस्टको सम्मानमा सन् १८६५ मा ‘Mount Everest’ नाम राखियो।

यसअघि यो शिखर ‘Peak XV’ भनेर चिनिन्थ्यो।

विभिन्न नामहरू................................
नेपाली/संस्कृत: सगरमाथा — स्वर्गको शिखर / आकाशको निधार

तिब्बती: चोमोलुङ्मा — संसारकी आमा देवी

सगरमाथाको आधुनिक उचाइ र स्थान

सगरमाथाको उचाइ ८,८४८.८६ मिटर (नेपाल–चीन संयुक्त मापन, ८ डिसेम्बर २०२०) मानिन्छ।
यसअघि ८,८४८ मिटर मानिन्थ्यो।

सगरमाथाका पुराना मापन तथा पत्ता लगाउने पृष्ठभूमि...........................................
१८०९: डब्लू. एस. वेबद्वारा धौलागिरी पहिलो ८,०००+ मिटरकाे हिमाल पहिचान।

१८४८: कञ्चनजङ्घाको उचाइ नाप्दा ८,५८६ मिटर दर्ता—त्यतिखेरको विश्वको अग्लो।

१८५२: बङ्गाली गणितज्ञ राधानाथ सिक्दरले सगरमाथा नै सर्वोच्च शिखर भएको पुष्टि गरे।

१८६५: एन्ड्रयू वाघले जर्ज एभरेस्टको सम्मानमा ‘Mount Everest’ नामकरण गरे।

२०१२ (वि.सं. २०१३): इतिहासकार बाबुराम आचार्यले “सगरमाथा” नेपाली नाम प्रचारमा ल्याए।

महत्वपूर्ण तथ्यहरू.......................
१९७७ मात्र यस्तो वर्ष थियो जहाँ सगरमाथामा एकजनाको पनि मृत्यु भएन।

एडमण्ड हिलारीका छोरा पीटर हिलारीले ५ पटक सगरमाथा चढेका छन्।

१९९६ सागरमाथाको सबैभन्दा घातक वर्ष—१५ आरोहीको मृत्यु।

१९८८ मा फ्रान्सका जिन मार्क बोइभिनले शिखरबाट ११ मिनेटमै बेसक्याम्प ओर्लिने कीर्तिमान बनाए।

सबैभन्दा कम उमेरका आरोही: १३ वर्षीय जोर्डन रोमेरो।

एकदिनमा सबैभन्दा धेरै आरोही— १० मे १९९३, ४० जना।

सगरमाथा चढ्न एक आरोहीलाई दिनमा २०,००० क्यालोरी उर्जा आवश्यक।

अहिलेसम्म सबैभन्दा धेरै मृत्यु संख्या नेपालकै नागरिकहरू (४६ जना+)

Address

Sarlahi
Sarlahi

Website

Alerts

Be the first to know and let us send you an email when Vijay Yadav yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share